Sunday, April 19News That Matters

मुख्य समाचर

नेकपा (बहुमत) कार्यकर्ताहरूको रिहाइको माग गर्दै पोखरामा मसाल जुलुस

नेकपा (बहुमत) कार्यकर्ताहरूको रिहाइको माग गर्दै पोखरामा मसाल जुलुस

ताजा समाचार, मुख्य समाचर
पोखरा , नेकपा (बहुमत)ले राष्ट्रघाती, भ्रष्टाचारी, दलाल, मिटरव्याजी र घुसखोरहरूमाथि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ। शुक्रबार पोखरामा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले यस्तो चेतावनी दिएका हुन्। सोही अवसरमा पार्टीका नेताहरूले इँटाभट्टामा मानिस जिउँदै जलाएर हत्या गर्ने अभियोगमा दोषी ठहर भइसकेका पूर्वमन्त्री महमद अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई कालोमोसो दलेको आरोपमा केन्द्रीय सदस्यहरू अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतो पक्राउ परेको घटनाको विरोध पनि जनाएका थिए। हालै अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कालोमोसो दलिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा (बहुमत) का नेता तथा कार्यकर्ताहरूको रिहाइको माग सहित कास्की प...
कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै

कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज महाआरती हुने भएको छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आज बेलुका ६ बजे महाआरती हुदैछ। कोटिहोममा आज बेलुका महाआरती भएको हुँदा सम्पूर्ण भक्तजनलाई सहभागी जनाउन आग्रह गरिएको छ । यसै गरी आज नै कोटिहाममा भजन प्रस्तुत गर्नका लागि चर्चित लोकदोहोरी गायक राजु परियार र लोक दोहोरी गायक सम्झना भण्डारी आउने संयोजक ढकालले जानकारी दिए । यसै गरी आज  देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ ।  त्यसै गरी हवन कुण्डमा रहेका  इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ । त्यसै गरी आज नै राष्ट्रिय भजन प्रतियोगिताको प...
पोखरामा सुनचाँदी व्यवसायीसँग ५० लाख रुपैयाँ माग्दै धम्की दिने तीन जना पक्राउ

पोखरामा सुनचाँदी व्यवसायीसँग ५० लाख रुपैयाँ माग्दै धम्की दिने तीन जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलका सञ्चालकसँग ५० लाख रुपैयाँ माग्दै धम्की दिने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, सोही पसलमा कार्यरत एक महिलाले पसल सञ्चालकमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै ५० लाख रुपैयाँ माग्ने योजनासहित जिल्ला मोरङ र संखुवासभामा बसोबास गर्ने आफ्ना दुई जना पुरुष साथीहरूलाई पोखरा बोलाएकी थिइन्। ती तीन जनाले मिलेर पसल सञ्चालककी श्रीमतीलाई पोखरा–६, लेकसाइडस्थित एक होटलमा बोलाई एक सातासम्म बार्गेनिङ गर्दै “जिन्दगीभर पुग्ने धनसम्पत्ति, बस्ने घर र व्यवसायको व्यवस्था गरिदिनु, नत्र तिम्रो श्रीमानमाथि विभिन्न मुद्दा हालेर सडाइदिन्छौं” भन्दै धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेका थिए। प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ती तीनैजनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट सा...
सुनचाँदी व्यवसायी संघ , सुनचाँदी रत्न तथा  हस्तकला महासंघ र आभूषण व्यवसायी  संघले संयुक्त आन्दोलन घोषणा गरेका छन 

सुनचाँदी व्यवसायी संघ , सुनचाँदी रत्न तथा  हस्तकला महासंघ र आभूषण व्यवसायी  संघले संयुक्त आन्दोलन घोषणा गरेका छन 

ताजा समाचार, मुख्य समाचर
पोखरा, नेपाल सरकारको २०८२/८३ को बजेटमा सुन, चाँदी र बहुमूल्य पत्थरमा लाग्ने कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरूले पोखरामा संयुक्त पत्रकार सम्मेलन गरी शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी संघ, कास्की, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्की, र नेपाल हस्तकला महासंघ संयुक्त रूपमा प्रस्तुत भएको पत्रकार सम्मेलनमा कर वृद्धि नीति विरुद्ध स्पष्ट असन्तुष्टि व्यक्त गरेका छन । कार्यक्रम सञ्चालन संघका महासचिव पवन सुनारले गरेका थिए। सरकारको कर नीतिको विरोधमा काला पट्टी बाँध्ने, पसलमा प्लेकार्ड राख्ने, र पसलमै विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरे। उनका अनुसार देशभरका करिब २५,००० सुनचाँदी व्यवसायीहरू एकजुट भएर आन्दोलनमा उत्रन लागेका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण ...
पोखरामा कोटिहोमको पूर्णाहुति, मानव सेवा फाउन्डेसनलाई २ रोपनी जग्गा दान

पोखरामा कोटिहोमको पूर्णाहुति, मानव सेवा फाउन्डेसनलाई २ रोपनी जग्गा दान

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएको छ। अमेरिकाबाट आएका धर्मगुरु कालिदास वावा (काली बाबा) ले पूर्णाहुति गरेका हुन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले लामो यात्रापछि पूर्णाहुति गर्न आएकोमा काली बाबाप्रति आभार व्यक्त गरे। काली बाबाले बालयोगेश्वरलाई यज्ञ सम्राटको उपमा दिँदै भने, "यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ, त्यो हिम्मत साथ बालयोगेश्वरले गर्नुभयो। यज्ञ सम्राट, यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु।" पूर्णाहुति पश्चात हवन, पाठ परायण, व्रतबन्ध, चौरासी पूजा लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन्। चार सयभन्दा बढी ब्राम्हणलाई सम्मानपूर्वक बिदाइ गरिएको छ। वैशाख १९ गते विधिवत् सुरु भएको कोटिहोममा १०८ भागवत महापुराण, ४ वेद पाठ, सप्त चण्डी,...
सवारी दुर्घटना गरी फरार रहेका प्रतिवादी पक्राउ

सवारी दुर्घटना गरी फरार रहेका प्रतिवादी पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्कीको पोखरामा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएपछि फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८२ जेठ २६ गते बिहान करिब ५:२३ बजे पोखरा महानगरपालिका–१५, आदर्श टोलस्थित अमिनतारा जाने भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए। सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले घटनास्थलको अवलोकन गर्दा मृतकको शरीरमा विभिन्न भागमा चोटपटक देखिएको र नजिकै हेम्बर पनि भेटिएको थियो। घटनाबारे गम्भीर अनुसन्धान सुरु गर्दै जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले ट्याक्टरसहित चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पकवादी गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा–१४, छिनेडाँडामा बसोबास गर्दै आएका २...
पोखरामा तामाको तार चोरीमा संलग्न चार जना पक्राउ

पोखरामा तामाको तार चोरीमा संलग्न चार जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की — जिल्लामा पटक-पटक नेपाल टेलिकमको तामाको तार चोरी हुने घटनाको अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको बताएको छ । मिति २०८२।०२।०८ गतेदेखि पोखरा महानगरपालिका वडा नं. १४ छिनडाँडामा नेपाल टेलिकमको कपर केबल र अन्य सामान चोरी हुने घटनाहरु बढ्दै गएपछि नेपाल टेलिकम पोखरा कार्यालयले प्रहरीलाई पत्राचार गरी कारबाहीको माग गरेको थियो। प्रहरी टोलीले अनुसन्धान गर्दा चोरी गरिएका तामाको तार तथा अन्य सामानहरु कबाडी पसलहरूमा बेच्न खोजिएको खुल्न आएको थियो। मिति २०८२।०२।२३ गते वडा नं. १२ डिगालेथर र वडा नं. ८ स्थित कबाडी पसलमा छापा मार्दा चोरीका तामाको तार फुटाई बेच्न तयारी अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मनोज कुमार सिंह (२२), करन कुमार शाह (२७), मुकेश कुमार (४२) र श्याम बहादुर तामाङ (३१) रहेका छन्। उनीहरू भारत बिहार र ...
नेसपाका १४ नेता माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

नेसपाका १४ नेता माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहका अवसरमा नेसपाका १४ जना नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा समुह पार्टी परित्याग गरी माओवादी केन्द्रमा समाहित भएको हो। उहाँहरूलाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष स्वागत गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले नवप्रवेशीहरूप्रति विश्वास व्यक्त गर्दै पार्टी सुदृढीकरणमा महत्वपूर्ण योगदान हुने अपेक्षा व्यक्त गर्नुभयो। सम्मेलनमा अन्य शीर्ष नेताहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो। ...
खेलकुद पत्रकार मञ्च गण्डकी र हिमाल कलेजबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न, फुड फेष्ट–२०८२ को सुरुवात

खेलकुद पत्रकार मञ्च गण्डकी र हिमाल कलेजबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न, फुड फेष्ट–२०८२ को सुरुवात

ताजा समाचार, मुख्य समाचर
पोखरा हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनेमिक एकेडेमिकले आयोजना गर्न लागेको ‘हिमाल फुड फेष्ट–२०८२’ को सुरुवात मैत्रीपूर्ण फुटसल खेलमार्फत गरिएको छ। फेष्टको पूर्वसन्ध्यामा आयोजित उक्त खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र कलेजका शिक्षकबीच प्रतिस्पर्धा भएको थियो। पोखरास्थित स्पोर्ट्स क्यासलमा सम्पन्न खेलमा खेलकुद पत्रकार मञ्च गण्डकीले ८–६ को गोल अन्तरले विजयी हात पारेको छ। मैत्रीपूर्ण भए पनि खेल निकै प्रतिस्पर्धात्मक र रमाइलो बनेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा एकेडेमिकका अध्यक्ष चेतनाथ भण्डारीले यस्तो खेलले पत्रकार र शिक्षकबीचको सम्बन्ध अझै बलियो बनाउने विश्वास व्यक्त गरे। उनले भने, “खेलकुदले स्वास्थ्य र अनुशासन दुबैलाई सँगसँगै डोर्‍याउँछ, र यस्तो आयोजना हामी सबैलाई नजिक ल्याउने सेतु बनेको छ।” त्यसैगरी, पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमाल कले...
दुर्घटना न्युनिकरण तथा सचेतनाका लागि गण्डकी प्रदेसभर ट्राफिक सप्ताह२०८२ शुभारम्भ

दुर्घटना न्युनिकरण तथा सचेतनाका लागि गण्डकी प्रदेसभर ट्राफिक सप्ताह२०८२ शुभारम्भ

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेसले जिम्मेवार चालक म ,जिम्मेवार पैदलयात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारि भन्ने मुल भन्ने मुल उदेश्य सहित बढ्दो दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ ट्राफिक सप्ताह आज आइतबार प्रभातफेरि कार्यक्रम सहित सुरु गरेको छ। पछिल्लो समय बढ्दो सवारी दुर्घटनाबाट जनधनको क्षति हुँदै आइरहेको र यसको न्यूनिकरणका लागि नागरिक नै सचेत हुन आवश्यकता रहेकाले जनचेतना जगाउने उदेस्य सहित गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको हो ।आज पहिलो दिन ट्राफिक सप्ताह शुभारम्भ समारोहका बीच गण्डकी प्रदेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ट्राफिक सप्ताह शुभारम्भको सुरुवात गर्नु भयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान वहादुर थ...