एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा नया बर्ष शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
चैत्र ३ बुधबार। एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा आयोजित नयाँ वर्ष २०८२ शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन साथै ट्राफिक सँचेतना मुलक कार्यक्रम बुधबार ३ गते सम्पन्न भएको छ।आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि शोभा पाण्डेले दिप प्रज्ज्वलन सहित कार्यक्रमको उदघाटन गर्दै ट्राफिक प्रहरी नागरिक सुरक्षाकै लागि सडकमा खटिने निकाय रहेको उल्लेख गर्दै , नेपाल सरकारको आदेस पालक भएको वताउदै ट्राफिक प्रहरी ऐन कानुन ट्राफिक पालना गराउने निकाय रहेको वताउनु भयो ।
सोही क्रममा स्वरोजगार यातायात व्यवशायि हरुलाइ आफुले सडकमा ट्राफिक नियम उलङ्घन गर्ने जो कोहिलाइ पनि नछाड्ने वताउदै कसै प्रति पनि पुर्वाग्रह नराखि न्याय दिने प्रतिवद्दता जनाउनु भयो ।यदि मापसे चेक जाचको क्रममा व्रेथ लाइजरले मापसे देखाउछ भने थोरै पिएको भन्दैमा उम...









