Wednesday, April 22News That Matters

मुख्य समाचर

पत्रकार सबिना कार्की शिक्षक आन्दोलनको भिडमा घाइते

पत्रकार सबिना कार्की शिक्षक आन्दोलनको भिडमा घाइते

ताजा समाचार, मुख्य समाचर
शिक्षक आन्दोलनमा भएको झडपका क्रममा समाचार संकलनमा रहेकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी छिन्। प्रहरीद्वारा पानीको फोहोरा प्रहार हुँदा उनको दुबै आँखामा गम्भीर चोट लागेको र अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बताएका छन्।
लायन्स क्लब पोखरा ब्लु स्काईको अध्यक्षमा दीपकराज गिरी निर्वाचित

लायन्स क्लब पोखरा ब्लु स्काईको अध्यक्षमा दीपकराज गिरी निर्वाचित

ताजा समाचार, मुख्य समाचर
पोखरा लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्षमा दिपकराज गिरी निर्बाचित भएका छन् । लायन बर्ष २०२५/२६ को लागी अध्यक्ष पदमा शनिबार भएको निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरी सफलन्यूज डटकमका सम्पादक हुन् ।त्यसैगरी क्लबको प्रथम उपाध्यक्षमा लोक कुमारी क्षेत्री, सचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा रञ्जु गुरुङ निर्वाचित भएका छन् । क्लबका अन्य पदाधिकारी, सदस्य र विभाग प्रमुखहरू वैशाख १९ गते टुङ्गो लगाइने क्लबले जनाएको छ। निर्वाचन कार्यक्रममा बोल्दै रिजन चियर पर्सन तथा क्लबका सस्थापक अध्यक्ष युबराज पौडेलले क्लबलाई दिगो राखी सामाजिक काममा अगाडि बढ्न नयाँ टिम अब्बल रहेको बताए । बिगतमा क्लबले गरेको कामहरु निकै प्रभाबकारी रहेकोले आगामी दिनमा समेत क्लबलाई उत्कृष्ट बनाउन पौडेलले आग्रह समेत गरे । क्लबका पुर्ब अध्यक्ष हरि बरालले क्लबले दीर्घकालीन कामहरुलाई प्राथमिकत...
पोखरामा पनि सञ्चालनमा आयो मनास्लु ब्राण्डको चामल बिक्री केन्द्र

पोखरामा पनि सञ्चालनमा आयो मनास्लु ब्राण्डको चामल बिक्री केन्द्र

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपालको भान्सामा यदि कुनै एक परिकार सधैं अपरिहार्य छ भने त्यो हो, चामल । चामल दैनिक भोजनको मुख्य हिस्सा मात्र होइन, चाडपर्व, पूजाआजा, र सामाजिक संस्कारहरूमासमेत यसको गहिरो भूमिका रहदै आएको छ । चामल उत्पादक तथा विक्री कम्पनी धेरै छन् तर सुपथ मुल्यमा गुणस्तर चामल थोरैले मात्र विक्री वितरण गर्ने गरेको पाइन्छ । नेपालका अन्य सहरमा ख्याती कमाएको भर्गो एग्रो इन्डस्ट्रिज प्रालीले उत्पादन गर्दै आएको मनास्लु ब्राण्डको चामल बिक्री केन्द्र पोखरामा सञ्चालनमा आएको छ । ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित स्थापित भर्गो एग्रो इन्डस्ट्रिजले उत्पादन गरेको चामलको पोखरा बिक्री केन्द्र पोखरा १७ बिरौटामा बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यसै अवसरमा एक विशेष कार्यक्रम गरि उक्त केन्द्रको उद्घाटन गरिएको छ । कम्पनीको उद्योग स्थल नवलपुरको गैडाकोट नगरपालिका–१...
सरकार ढल्छ भन्नू हल्ला मात्रैसरकार ढल्छ ढल्छ भनियो हामिले ढल्दैन ढल्दैन भन्यौ गृहमन्त्री लेखक

सरकार ढल्छ भन्नू हल्ला मात्रैसरकार ढल्छ ढल्छ भनियो हामिले ढल्दैन ढल्दैन भन्यौ गृहमन्त्री लेखक

ताजा समाचार, मुख्य समाचर
पोखरा ।गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको वताउनु भएको छ।शनिबार प्रेस युनियन कास्की द्वारा आयोजित पत्ररकार भेटघाट कार्यक्रममा वहाले सरकार परिवर्तन हुने कुरा हल्लामात्र भएको बताउदै हल्लाका पछि नलाग्न आग्रह गर्नु भएको छ । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको वताउदै ,बिपक्षि बाट सरकार ढल्छ ढल्छ भन्ने निराधार हल्ला फैलाउन ख‍ोजियो हामिले सरकार ढल्दैन ढल्दैन भन्यौ वहाले भन्नू भयो ।सरकार परिवर्तन हुन्छ भन्दै फैलाइएको हल्लामा कुनै सत्यता नभएको वताउदै काम गर्दै जाँदा केही विषयमा विवाद र समस्या आए पनि छलफल बाट सहमतिमा गएर मात्रै सरकार अगाडि बढेको वताउनु भयो। छलफल र सहमति बिना कुनैपनि निर्णय नगरेको जनाउदै, गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई कुनैपनि अप्ठ्यारो नपार्ने वताउनु भयो। पछिल्लो समय संविधान विरोधी गतिविधि देखा परेको ब...
दुई दिने न्याय, कानुन, अदालती रिपोर्टिङ र खोज पत्रकारिता तालिम सम्पन्न

दुई दिने न्याय, कानुन, अदालती रिपोर्टिङ र खोज पत्रकारिता तालिम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा वैशाख ५ र ६ गते दुई दिने अदालती रिपोर्टिङसम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ। पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न तालिममा कानुनी प्रणाली, अदालती प्रक्रिया, खोज पत्रकारिता र न्यायिक संवादका विविध पक्षमा विज्ञ प्रशिक्षकहरूले गहन प्रशिक्षण दिएका थिए। पहिलो दिनको तालिममा गण्डकी प्रदेशका पूर्व सचिव धर्मराज कुइकेलले कानुन के हो, किन आवश्यक छ, कसरी निर्माण हुन्छ, सामाजिक तथा मानवीय व्यवहारमा कानुनको भूमिका कस्तो हुन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभयो। उहाँले अदालती नजिर, राज्यको अवधारणा, कानुनी संहिताको तर्जुमा, बार्हबुँदे अवधारणा, बाह्य प्रभाव, ऐनको ढाँचा, परिच्छेद, दफा, उपदफा र लेखनशैलीमा विशेष जोड दिनुभयो। त्यसैगरी, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव पार्वती लामिछानेले सञ्चार क्षेत्रसँग सम्बन्...
गृहमन्त्री लेखक द्वारा आपतकालीन गोदाम घर हस्तान्तरण

गृहमन्त्री लेखक द्वारा आपतकालीन गोदाम घर हस्तान्तरण

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको पुरानो विमानस्थलमा निर्माण गरिएको प्रादेशिक आपत् कालीन गोदाम घर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गण्डकी प्रदेश सरकारलाई ५ गते शुक्रबार हस्तान्तरण गरिएको हो । शुक्रबार विहान आयोजित कार्यक्रममा पोखराको विमानस्थलमा निर्मित आपत्कालिन गोदाम घर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ। हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै गृहमन्त्री लेखकले भौतिक तथा प्राकृतिक आपत विपद् परेको बेला तत्काल आवस्यकता अनुसार सुरक्षा तथा राहत सामग्री आपूर्ति गर्नका लागि निर्माण गरिएको गोदामघर प्रभावमारि हुने वताउनु भयो ।आफुले जुन प्रयोजनका लागि जुन उदेश्यका साथ बनाइएको हो त्यहि प्रयोजन हुनेछ भन्नेमा विस्वस्त रहेको वताउनु भयो ।...
पत्रकारलाई अदालती रिपोर्टिङसम्बन्धी तालिम

पत्रकारलाई अदालती रिपोर्टिङसम्बन्धी तालिम

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा वैशाख ५ गतेदेखि पोखरामा दुई दिने अदालती रिपोर्टिङसम्बन्धी तालिमशुक्रबार पत्रकार महासंघको हलमा सुरु भएको छ। तालिमका प्रमुख प्रशिक्षक गण्डकी प्रदेशका पूर्व सचिव धर्मराज कुइकेलले ऐन, कानुन र अदालती रिपोर्टिङका विविध विषयमा प्रशिक्षण दिनुभएको छ। तालिम सहयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय गण्डकी प्रदेश तथा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको हो । कुइकेलले कानुन भनेको के हो, कसरी निर्माण हुन्छ, किन आवश्यक छ, सामाजिक तथा मानवीय व्यवहारलाई कानुनले कसरी नियमन गर्छभन्ने विषयमा प्रकाश पार्नुभयो। साथै, अदालती नजिर, राज्यको परिभाषा, कानुनी संहिताको तर्जुमा, अदालती शब्दावलीको प्रयोग र संकलन, कानुन निर्माणमा सैद्धान्तिक सहमति (बार्हबुँदे अवधारणा), पस्चातदर्शी तथा बाह्य प्रभावबारे विस्त...
विश्व कला दिवसमा “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय प्रदर्शनी २०२३ शुरु

विश्व कला दिवसमा “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय प्रदर्शनी २०२३ शुरु

ताजा समाचार, मुख्य समाचर
पोखरा विश्व कला दिवसमा २४ अन्तराष्ट्रिय कलाकार पुरस्कृत । गण्डकी, २ बैशाख । नगेन आर्ट डट कमको आयोजनामाविश्व कला दिवसका अवसरमा २०८२ वैशाख २ गते “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२३ शुरू भएको छ ।प्रतिनिधि सभा सदस्य माननिय डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा १४ देशका १२० कलाकार मध्य छनोटमा परेका ४९ कलाकार, १ एमेच्योर र ६ जना निर्णयकहरु(कुल ५६ कलाकारहरुको प्रदर्शन शुरू भैरहेको संयोजक महेन्द्र बिष्टले बताउनु भयो । प्रतियोगितामा अरनिको अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाटमहविश हसन (पाकिस्तान),लियोनार्दो दा भिन्चि अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट एना निकोडेमो, (इटाली), पाब्लो पिकासो अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डेरियस राफाएलो(ताइवान),जोक्सन पोलक अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट हरेराम जोजु(नेपाल),भिन...
हेम्जा आफू महोत्सव सम्पन्न मह‍ोत्सवमा चार करोड को व्यापार

हेम्जा आफू महोत्सव सम्पन्न मह‍ोत्सवमा चार करोड को व्यापार

ताजा समाचार, मुख्य समाचर
पोखरा हेम्जा आलु एक प्रकार अनेक भन्ने मुल नारा सहित आयोजित १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सम्पन्न भएको छ। आयोजकका अनुसार गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्ममा ४१ लाखको आलु बिक्री भएको छ ।महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल समेत गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाका अनुसार महोत्सवमा कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल रहेका थिए एक लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ। अन्तिम दिन बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले हेम्जा आलु महोत्सवले हेम्जा मात्रै नभइ समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको वताउनु भयो ।महानगर पालिकाले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्...
उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनिएको छ ।पोखरेलीलाई एतिहासिक अवसर

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनिएको छ ।पोखरेलीलाई एतिहासिक अवसर

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू सम्पन्न भएका छन्। यसअघि २०८१ साल फागुन २३ गते कोटिहोम महायज्ञका लागि तय भएको स्थानमा भूमिपूजन गरिए पनि विविध कारणले स्थान परिवर्तन गर्नुपरेको थियो। अब महायज्ञ पोखरा–६, लेकसाइडस्थित बाराहीघाट क्षेत्रमा हुने भएपछि, त्यहीँ हिजो बिहान क्षमा पूजन सम्पन्न गरिएको हो। त्यसपछि, महायज्ञ सञ्चालन हुने श्री सिद्धेश्वर हरिहर मन्दिर परिसरमा हिजो बिहान ११ बजेर १ मिनेटमा भूमिपूजन गरिएको छ। यो पूजन नेपाल पञ्चाङ्ग विकास समितिद्वारा सिफारिस गरिएको उत्तम साइतमा सम्पन्न गरिएको हो। त्यसैगरी, हिजै ११:११ बजे विधिवत रूपमा यज्ञ कुण्ड खनिएको छ। उक्त भूमिपूजन कार्यक्रममा विभिन्न स्वामीज्यूहरू, पोखरा महानगरपालिका–१७ का अध्यक्ष राधिका शाही, सामाजिक...