हेम्जा आफू महोत्सव सम्पन्न महोत्सवमा चार करोड को व्यापार
पोखरा
हेम्जा आलु एक प्रकार अनेक भन्ने मुल नारा सहित आयोजित १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सम्पन्न भएको छ।
आयोजकका अनुसार गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्ममा ४१ लाखको आलु बिक्री भएको छ ।महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल समेत गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाका अनुसार महोत्सवमा कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल रहेका थिए एक लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ।
अन्तिम दिन बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले हेम्जा आलु महोत्सवले हेम्जा मात्रै नभइ समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको वताउनु भयो ।महानगर पालिकाले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्...









