कुलमानलाई हटाएको विरोधमा जनता असन्तुष्ट, सामाजिक सञ्जालमा आक्रोशको बाढी!
पोखरा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गरी उनको ठाउँमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको छ। सरकारको यो निर्णयप्रति सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त गरिएको छ।
सरकारले कुलमानमाथि विद्युत खरिद सम्झौतामा मूल्य बढाएको, कार्यसम्पादन मूल्यांकनमा विवरण नबुझाएको, प्राधिकरणको नाफा ‘फेक’ देखाएको जस्ता आरोप लगाएको थियो। कुलमानले सातबुँदे जवाफ दिँदै आफूविरुद्ध कुनै कारबाही हुन नपर्ने दाबी गरेका थिए।
सामाजिक सञ्जालमा धेरैले सरकारको निर्णयको विरोध गरेका छन्। कतिपयले “अब लोडसेडिङ फर्कने निश्चित छ” भन्दै सरकारलाई चुनौती दिएका छन् भने, केहीले “विनाश काले विपरीत बुद्धि” भन्दै सरकारकै आलोचना गरेका छन्।
इन्भर्टर, मैनबत्ती, सोलार व्यवसाय फेरी चल्ने भन्दै व्यंग्य गर्नेहरूको संख्या बढ्दो छ। कोही “हिजो मैनबत्ती बनाउने तालिम लिएकाहरू ...









