संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता : शैक्षिक सुधार, प्रशासनिक सहजता र विद्यार्थी हितको रक्षा
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा संयुक्त विद्यार्थी सङ्गठनहरूको साझा प्यानलका साथ चुनावमा होमिएका उमेद्वारहरुले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । अनेरास्ववीयु, अखिल क्रान्तिकारी, अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्य समूह र अनेरास्ववियु बहुमतको संयुक्त प्यानलका साझा उमेदरवारहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
उनीहरूको घोषणा पत्रमा समग्र पृथ्वीनारायण क्याम्पसको शैक्षिक सुधार, प्रशासनिक कार्यका सिलसिलामा विद्यार्थीहरूले भोग्नु परेका जटिलताहरूको समाधानमा खबरदारी, विद्यार्थी हकहितको वकालत, शैक्षिक वातावरणमा सुद्धिकरण र क्याम्पसको सर्वाङगिण विकासका तमाम विषयहरूमा आफ्नो सरोकार र चासो व्यक्त गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
विभिन्न कारणले धमिलिएको क्याम्पसको शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री बनाउँदै सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा...









