अन्तरिम आदेसले निरन्तरता पायो ,कोटिहोम हुने निश्चित सम्भावना
पोखरा
श्री मानवसेवा फाउन्डेसन नेपाल द्वारा पोखरा लेकसाइडमा हुने भनिएको कोटिहोम महायज्ञ अन्तत तोकिएकै मिति र स्थानमा हुने सम्भावना बढेर गएको छ।
पोखरा महानगर पालिकाले आगामि बैशाख बाट हुने भनिएको गण्डकी कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा परिपत्र गरेपश्चात श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएकोमा मिति २०८१ फागुन महिनाको १ गतेका दिन सम्मानित उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरी कोटिहोम नरोक्नु/नरोकाउनु भनी आदेश दिए सँगै उक्त कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी पोखरा महानगरपालिकाले पुनः उक्त आदेशको विरुद्धमा अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएको थियो।
सोहि निवेदन पश्चात मिति २०८१ फाल्गुन १९ गते सोमवार पेशी चढी संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै ...







