Friday, June 5News That Matters

मुख्य समाचर

ढाडभरि भगवानको ट्याटु खोपेर भाइरल भएकी सजना, भन्छिन् :अझै  पूरा भएको छैन

ढाडभरि भगवानको ट्याटु खोपेर भाइरल भएकी सजना, भन्छिन् :अझै पूरा भएको छैन

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराकी सजना तिवारी टिकटक र रील्समा भाइरल भएकी छन्, कारण हो, उनले आफ्नो ढाडभरि खोपेको भगवानको ट्याटु। सजनाले ट्याटु दुई वर्ष अगाडि खोपेको र यसमा लगभग डेढ लाख खर्च भएको बताइन्। भाइरल भएपछि सजना अचम्मित छिन् र शुभेच्छुकहरूको फोन र म्यासेजको चापले व्यस्त छिन्। यसलाई भाइरल हुनकै लागि गरेको भन्ने प्रश्नमा उनले भने, "म आध्यात्मिक व्यक्तित्वको हुँ र भगवानप्रति पूर्ण विश्वास छ। भगवान शिव र हनुमानजी मलाई मनपर्छ, त्यसैले ट्याटु खोपेको हुँ।" सजना आफ्नै संगी स्वस्तिका भट्टराईले टिकटकमा अपलोड गरेको ढाडको ट्याटुको भिडियोले लाखौँ भ्यूज पाएको छ र भाइरल बनेको छ। उनले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने, दुवै हातमा विभिन्न आकृतिका ट्याटु छन्। ट्याटु खोप्दा निकै दुख झेल्नुपरेको र एक महिना धेरै केयर गर्नुपरेको अनुभव सुनाइन्। सामाजिक सञ्जालमा आएको प्रतिक्रियामा ...
पोखरामा खुल्यो एस्तो होटल : १५० मै पेटभरी मासुभात

पोखरामा खुल्यो एस्तो होटल : १५० मै पेटभरी मासुभात

ताजा समाचार, भिडियो, मुख्य समाचर
पोखरा आजकल सादा खाना पनि २०० रुपैयाँभन्दा कममा पाउन गाह्रो भएको अवस्थामा अर्घाखाँचीबाट पोखरामा आएका हुमबहादुर घर्ति मगरले खान मिल्ने होटेल खोल्नु भएको छ। उहाँको होटेलमा १५० रुपैयाँमै माछा भात वा कुखुराको मासु भात पेटभरि खान सकिन्छ। Dadagharekhabar.com यसबाट केवल आर्थिक मन्दीको असरलाई ध्यानमा राखेर सेवा प्रदान गरिएको छैन, यो समाजसेवा पनि हो, हुमबहादुर घर्ति मगरले भन्नुभयो। बढ्दो महँगाईका बीच आम सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले होटेल सञ्चालन गरिएको उहाँको भनाइ छ। यसबाट केवल आर्थिक मन्दीको असरलाई ध्यानमा राखेर सेवा प्रदान गरिएको छैन, यो समाजसेवा पनि हो, हुमबहादुर घर्ति मगरले भन्नुभयो। बढ्दो महँगाईका बीच आम सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले होटेल सञ्चालन गरिएको उहाँको भनाइ छ। सस्तो मूल्यमा स्वादिलो र सन्तोषजनक खाना उपलब्ध गराउने यस्तो प्रयासलाई स्थानीयहरूले...
५८७ जना प्रनिको सरुवा : कास्कीमा महिला प्रहरी प्रनि पाण्डे

५८७ जना प्रनिको सरुवा : कास्कीमा महिला प्रहरी प्रनि पाण्डे

ताजा समाचार, मुख्य समाचर
गण्डकी प्रदेसकै राजधानी तथा महानगर द्वारा घोषित पर्यटकिय राजधानी पोखरा कास्कीले यस पटक महिला ट्राफिक प्रहरी प्रमुख पाउने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा लुम्बिनी प्रदेस ट्राफिक प्रहरी कार्यालय ५ नम्बर प्रदेस बाट प्रनि शोभा पाण्डेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा भएको छ। उनी स‍ोमवार मात्र हाजिर हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रनानि तथा सुचना अधिकारि राजिव विष्टले वताए । हाल कास्की रहेका प्रनि भानु शर्माक‍ो जिप्रका नवलपरासी सरुवा भएको छ।हालैमात्र प्रहरी प्रधान कार्यालयले ५८७ जना प्रहरी निरिक्षक इनस्पेक्टरको सरुवा गरेको थिय‍ो। ...
गण्डकी प्रदेस विभिन्न जिल्लामा बाढि पहिरो सडक अवरुद्ध : सचेत रहेर यात्रा गर्न प्रदेस ट्राफिक प्रहरिको अनुरोध

गण्डकी प्रदेस विभिन्न जिल्लामा बाढि पहिरो सडक अवरुद्ध : सचेत रहेर यात्रा गर्न प्रदेस ट्राफिक प्रहरिको अनुरोध

ताजा समाचार, मुख्य समाचर
पोखरा शुक्रबार गण्डकी प्रदेसका विभिन्न ठाउमा बाढि पहिरोकै कारण विभिन्न ठाउमा सडक अवरुद्ध भएको गण्डकी प्रदेस ट्राफिक कार्यालयले जनाएको छ। महिला हरुको महान् चाड हरितालिका तिजको बेला आम नागरिक एकठाउ बाट अर्को ठाउमा आवतजावत गर्दा बर्षाको कारण बाडि पहिरो गई सडकअरु भत्किएकै कारण कसैले पनि यात्राम अलपत्र पर्न नपरोस् भन्नका लागि गण्डकी प्रदेस ट्राफिक प्रहरिले सुचना जारि गरेको छ। बिहिवार २० गते गएराति बर्षाको कारण गण्डकी प्रदेशमा विभिन्न ठाउमा पहिरो गई केही ठाउमा रहेका सडक अबरोध भएका छन । कास्की जिल्ला स्थित अन्नपुर्ण गाउपालिका १० धिचुक स्थित नयाँपुल-घान्द्रुक भित्री सडकखण्डमा पहिरो आई बाटो अबरोध भएको छ। तनहुँ व्यास-१२ घाँसिकुवा पोखरा-मुग्लिङ सडकखण्ड अन्तर्गत पृथ्वीराजमार्ग सडकखण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको छ।म्याग्दी बेनी नगर पालिका ४ घुमाउने भिर बेनि-जोमसोम सडकखण...
बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखराको टिम

बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखराको टिम

खेलकुद, मुख्य समाचर
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखराको फ्रेन्चाइज नेपाल टि ट्वान्टी प्रा.लिले ३ करोड ५७ लाख रुपैयाँमा खरिद गरेको छ। यो रकम एनपिएलमा फ्रेन्चाइजको मूल्य निर्धारणको शीर्ष स्थानमा रहेको छ।काठमाडौंको फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेसन प्रा.लिले प्राप्त गरेको छ। चितवनको फ्रेन्चाइज चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँमा प्राप्त गरेको छ।विराटनगरको फ्रेन्चाइज एम ए डी ड्रिम स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा खरिद गरेको छ।लुम्बिनीको फ्रेन्चाइज फर्चुन हेल्थ कियरले १ करोड ७६ लाख ४ हजार रुपैयाँमा प्राप्त गरेको छ।जनकपुरको फ्रेन्चाइज ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँमा प्राप्त गरेको छ।कर्णालीको फ्रेन्चाइज हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको छ।सुदुरपश्चिमको फ्रेन्चाइज इम्पियर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ ...
बाटो जिर्ण तथा  सवारीसाधनको सुरक्षा चुनौती देखाउदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी

बाटो जिर्ण तथा सवारीसाधनको सुरक्षा चुनौती देखाउदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी

ताजा समाचार, मुख्य समाचर
बागलुङ बागलुङमा मंगलबार भव्य कार्यक्रमसहित उद्घाटन भएको बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। व्यवसायीहरूले सवारीसाधन बसपार्कमा लैजान अस्वीकार गरेपछि यस्तो अवस्था सिर्जना भएको हो। उनीहरू बाटोको खराब अवस्थालाई र सवारीसाधनको सुरक्षालाई प्रमुख चुनौतीका रूपमा देखाएका छन्। फोटो सामाजिक सञ्जाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चालक र सहचालकलाई टीका लगाउँदै बसपार्कको औपचारिक शुभारम्भ गरेका थिए। बागलुङ नगरपालिका–४ दावगह्मामा अवस्थित यो आधुनिक बसपार्क २३ वर्षको प्रतीक्षापछि सञ्चालनमा आएको हो। फोटो सामाजिक सञ्जाल व्यवसायी विष्णुराज पन्तका अनुसार सुरक्षाको अभावका कारण सवारी साधनहरू बसपार्कमा राख्न नसकिएको हो। यससँगै, नगरपालिकाले व्यवसायीसँग सम्झौता गर्ने प्रक्रिया अझै पूरा गर्न बाँकी रहेको जानकारी दिएको छ। उनीहरूले यातायात व्यवसायीसँग लिखित सम्झौतामा हस्ताक्षर गरेर म...
पोखरामा कार पार्किङ गर्ने क्रममा कार सेती खोंचमा खस्यो : दुई जनाको शकुसल उद्धार

पोखरामा कार पार्किङ गर्ने क्रममा कार सेती खोंचमा खस्यो : दुई जनाको शकुसल उद्धार

ताजा समाचार, मुख्य समाचर
पोखराको-२०८१ / ५ / १९ , कार पार्किंग गर्ने क्रममा सेती नदी खोंचमा खस्दा दुई जना घाइते भएका छन्। पोखरा ११ स्थित मेडिपल्स हस्पिटल पछाडि बुधबार साँझ ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा सेती नदी खोँचमा खस्दा दुई जना घाइते भएका छन्। उक्त कारसँगै सेती खोँचमा खसेका कार धनी पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय छोरी सितल आचार्य घाइते भएका हुन्। पार्किङ गर्नेक्रममा ब्याक गर्दै गर्दा कार सेती खोचमा खसेको थियो। उक्त कारसँगै सेती खोँचमा खसेका कार धनी पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय छोरी सितल आचार्य घाइते भएका हुन्। पार्किङ गर्नेक्रममा ब्याक गर्दै गर्दा कार सेती खोचमा खसेको थियो। कार खसेपछि कास्की प्रहरीले उनीहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ...
आईन आमा कि चर्चित गायिका बिष्णु माझिको (संसद) भवनको को बैठकमैं चर्चा

आईन आमा कि चर्चित गायिका बिष्णु माझिको (संसद) भवनको को बैठकमैं चर्चा

ताजा समाचार, मुख्य समाचर
पोखरा, बुधबार, भदौ १९, २०८१ , विष्णु माझी नेपालकी एक रहस्यमयी ठानिएकी एक कुशल लोकगायिका हुन्। उनी २०३५ सालमा स्याङ्जा जिल्लाको चापाकोटमा जन्मिएकी भनिएपनि जन्म मिति विष्णु माझीको व्यक्तिगत जीवन धेरै गोप्य रहेको छ,जसकारण उनको सही जन्म मिति वा उमेरबारे ठ्याक्कै पुष्टि गर्न कठिन छ अपुष्टनै छ । यही कारणले गर्दा उनको जन्म मिति र उमेरबारे भिन्न-भिन्न अनुमानहरू पाइन्छन्। विष्णु माझीले आफ्नो जीवनलाई सार्वजनिक नजरबाट टाढा राख्ने निर्णय गरेकी छिन्। उनी आफ्नो परिवारसँगै गोप्य. जीवन बिताइरहेकी छन् र पारिवारिक जीवनबारे धेरै जानकारी उपलब्ध छैन। उनका श्रीमान् सुन्दरमणि अधिकारी नै उनका व्यवस्थापक हुन् र उनीहरूले आपसी सहमतिमा विष्णु माझीलाई सार्वजनिक रूपमा नदेखाउने निर्णय गरेको चर्चा छ। माझीले आफ्नो पारिवारिक जीवनलाई गोप्य राख्न रुचाउँछिन्, तर यो गोपनीयता र उनका गीतहरूको लोकप्रियताबीचको वि...
सडक डिभाईडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना एक को निधन एक घाइते

सडक डिभाईडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना एक को निधन एक घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा - १७ छोरेपाटन देखि विरौटा तर्फ आउदै गरेको  ग १५ प ३२१ नम्बरको एनएस मोटरसाइकल मङ्लवार राति करिव १२.१५ बजे अनियन्त्रित भई सडक डिभाईडरमा ठक्कर खाएपछि बिजुलिको पोलमा ठोक्किन गई दुर्घटना भएको छ। कास्की ट्राफिक प्रहरिका अनुसार दुर्घटनामा मोटरसाईकल चालक  पर्वत कुस्मा नगरपालिका १४ घर भै हाल पोखरा १७ बस्ने बर्ष २० का विश्वास विक गम्भीर घाईते भइ गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको छ । मोटरसाईकल पछाडि सवार  पर्वत फलेवास मुड्का घर भई हाल पोखरा १० राम वजार बस्ने बर्ष २० का सुभाष विकको बायाँ हात खुट्टामा चोट लागि उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ भने , दुर्घटना भएको सवारी बैदाम प्रहरिको नियन्त्रणमा रहेको र   दुर्घटना बारे  थप अनुसन्धान भैरहेको कास्की ट्राफिक प्रहरीले जनाएको छ। ...
बस  एम्बुलेन्स एक आपसमा ठक्कर खादा दुर्घटना

बस एम्बुलेन्स एक आपसमा ठक्कर खादा दुर्घटना

ताजा समाचार, मुख्य समाचर
बुधबार १९/कुस्मा पर्वत वाग्लुङ सडक खण्डमा  सवारी दुर्घटना भएको छ। जलजला गाउपालिका ७ धाइरिङ बाट बिमारी लिएर पोखरा तर्फ आउदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र नारायणघाट बाट वाग्लुङ तर्फ जादै गरेको बा प्र० ६ - ००१-ख -०३०० नम्बरको वस कुस्मा नगरपालिका २  अर्मदि घुम्तीमा बुधबार करिव ३ बजेे एक आपसमा ठक्कर खादा दुर्घटना भएको छ। पर्वत कुस्मा प्रहरिका अनुसार एम्बुलेन्स सवार ३ जना  घाइते भएका छन्। घाइते मध्ये कुस्मा नपा वडा नम्वर १ पाङ्दि बस्ने  बर्ष ४५  भगवती क्षेत्री गम्भीर घाइते सोही ठेगाना भएकि  बर्ष ४९ केसरी अधिकारी बर्ष ५२ गिता कुमारि क्षेत्रि घाइते भएको  प्रहरीले जनाएको छ।   आफन्तका अनुसार गम्भीर  घाइते भगवती क्षेत्रि र केसरि अधिकारिको को मणिपाल अस्पतालमा उपचार भइ रहेको छ भने, गिता कुमारी क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ। । वसमा सवार यात्रु सकुशल रहेको र दुर्...