येसकारण ढिला भएको रहेछ कक्षा १२ को नतिजा यति गते पक्का आउछ
राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ ।उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । ‘साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । चाँडै नै हुन्छ,’जंगबहादुर अर्यालले भने ।देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बोर्डले उल्लेखगरेको छ । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम हुदै छ ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।
देशभरबाट ५ हजार...








