महेन्द्र भोटे प्रहरी हिरासतमा
पोखरा सुर्यदर्शन सहकारी प्रकरणका रेड कर्नर नोटिस जारी भएका फरार एमाले युवा नेता शिव बहादुर गुरुङ ( महेन्द्र भोटे ) लाई प्रहरी नियन्त्रणमा लिएको छ ।
पोखरा नालाकोमुखमा संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी परेको थियो । सोही कसुरमा मादी गा.पा. वडा नं. १० घर भई हाल पोखरा म.न.पा. १२ लालिगुरास टोल बस्ने वर्ष ३९ का सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका सदस्य शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र जिल्ला स्याङग्जा गल्याङ न.पा. वडा नं.९ बस्ने वर्ष ४२ का सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका सदस्य भविश्वर अर्याललाई अदालतबाट नियन्त्रणमा लिएको हो ।
लामो समयदेखि फरार उनी आज आफै अदालतमा उपस्तिथि भएका थिए । उन...









