Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

इम्बोस्ड नम्बरका नाममा भाषा माथि प्रहार

इम्बोस्ड नम्बरका नाममा भाषा माथि प्रहार

विचार/लेख
देसमा सघिय लोकतान्त्रिक गणतन्त्र आएपनि दल र नेताहरुलाइ उनका कार्यकर्ता तिनका नातापाता आफन्त र आसेपासे हरुलाइ मात्रै आएको हो कि भन्नू पर्ने अवस्था देखिन थालेको छ। आम सर्वसाधारण जनताका लागि यो लोकतन्त्र नआएर  उहीँ पुरानै अवस्था भन्दा पनि झन् जटिल डरलाग्दो अवस्था सृजना हुँदै जान थालेको ता हैन भन्ने कुराको आम नेपाली जनतामा महशुस हुदै जान थालेको छ। समय परिवर्तन भयो ,युग परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो ,विश्व परिवर्तन भयो विश्वकै नेताहरुमा परिवर्तन आयो ,तर हाम्रो देसका पाटि र नेताहरुमा खासै परिवर्तन आएन । यसो यदाकदा परिवर्तन आएपनि देस र जनताका लागि भन्दा पनि नेताहरुकै स्व स्वार्थका लागि परिवर्तन आयो । सविधान सभाले सविधान बनायो पटकपटक फेरिएका सरकार र साँसदले ऐन कानुन नीति निएम नियमावली बनाए। तर ती न त लागु नै हुन सकेका छन् ।न त पुर्णत कार्वन्यन नै हुन सकिरहेका छन्। मात्रै सरकार परिवर...
उत्कृष्ट विद्यार्थी लक्ष्मी विध्या पदकबाट सन्मानित, पत्रकार बिष्ट पुरस्कृत

उत्कृष्ट विद्यार्थी लक्ष्मी विध्या पदकबाट सन्मानित, पत्रकार बिष्ट पुरस्कृत

ताजा समाचार, मुख्य समाचर
आइतबार नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा पोखराको जेष्ठ उध्योग तथा व्यापारीक सँस्था उद्योग वाणिज्य सँघले सञ्चालन गर्दै आएको नेपालको प्रतिष्ठित व्यवशायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका आयोजना गरि तीनजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ। ।उध्योग बाणिज्य सँघको ७१औँ साधारण सभाको उद्घाटन कार्यक्रमको अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको छ भने पत्रकार विष्ट लाई पुरस्कृत गरिएको छ। । यस वर्षको आयोजित सन्मान कार्यक्रममा लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन् । स्थापित विध्या पदक सँगै स्नातकोत्तर विद्यार्थीलाई रु...
मापसे गरि मोटरसाइकल चलाइ दुर्घटना गराउने दुई युवा प्रहरी नियन्त्रणमा

मापसे गरि मोटरसाइकल चलाइ दुर्घटना गराउने दुई युवा प्रहरी नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगर पालिका वडा नम्बर ६ केदारेश्वर मन्दिर गेट अगाडि मोटरसाइकलको ठक्कर बाट एक महिला घाइते भएकि छन्।पोखरा १७ का बर्ष १८ केश गिरिले मापसे गरि हाकेकोम .प्र .०३-०३७ प ९२२५ नम्बरको मोटरसाइकलले भाद्र ११ गते बिहानको करिब ६.३६ बजेको समयमा कास्की पोखरा ६ केदारेश्वर मन्दिर गेट अगाडि फुटट्याकमा पैदल हिडिरहेकि तनहु जिल्ला भिमाद नपा १ घर भइ प‍ोखरा ७ बस्ने बर्ष ४४ कि कमला श्रेष्ठलाई ठक्कर दिदा घाइते भएकि छन् ।बायाँ हातको कुममा चोट लागि घाइते भएकि उनलाई उपचारको लागि मेट्रोसिटि अस्पतालमा लगिएको वप्रका वैदामले जनाएको छ। उपचार पछि करिब ९ बजे उनलाई डिस्चार्ज गरि सकेको बैदाम प्रहरीले जनाएको छ। मापसे गरि सवारी दुर्घटना गराउने युवालाई वप्रका वैदामले नियन्त्रणमा लिएको छ।सोही दिन करिब ७.१० बजे पोखरा ६ सेन्टरपोइन्ट स्थित पार्किङ गरि राखेको BAa 0605 नम्बरको ट्याक्सिलाइ ग ८ प ६७१२ नम्बरको मोटरसाइकलले ठक्क...
पोखरामा लागू औषधसहित एक जना पक्राउ

पोखरामा लागू औषधसहित एक जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरा महानगरपालिका–८ ईन्द्रपुरी मार्गस्थित घरमा लागू औषध लुकाइछिपाइ राखेको अवस्थामा एक जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले सोही स्थानका ४६ वर्षीय रमेश थापाको घर कोठामा खानतलासी गर्दा ब्रुफिनुर्फिन १६१ एम्पुल, डाइजापाम १३५ एम्पुल, फेनेरागन १६४ एम्पुल गरी ४६० एम्पुल लागू औषध, गाँजा ४ किलो १०० ग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान बरामद गरेको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित थापालाई नियन्त्रणमा लिएर जिल्ला अदालत कास्कीबाट छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। ...
पोखरा १३, आर्वा   मडकेल्नामा आजको सवारी दुर्घटना

पोखरा १३, आर्वा मडकेल्नामा आजको सवारी दुर्घटना

ताजा समाचार, मुख्य समाचर
पोखरा सोमबार बिहान करिब ९:४० बजे, आर्वा १३ स्थित मणीदीप देखी पोखरा तर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस दुर्घटना भएको छ। प्रारम्भिक विवरण अनुसार, बस चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालिमा ठोक्किँदै दुर्घटना भएको हो। "बिना बराल प्रत्यक्षदर्शीका अनुसार, अरू सबैलाई चोट लागेको छ – कसैलाई टाउकोमा, कसैलाई नाकमा, कसैलाई खुट्टामा र कसैलाई मुखमा। आफूलाई भने टाउकोमा बढी दुखिरहेको छ भनेर उनले बताइन्।" “डिलमा गएको भए भिर थियो, बाचिने थिएन। कुनामा ठोक्किएर बाचियो। भगवानले आज बचाउनु भयो,” भन्दै उनले घटनाको विवरण सुनाइन्।  बसमा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि गण्डकी अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ। घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।...
विवाद ह‌ैन निर्विवाद पाउनु पर्छ ,सुचना

विवाद ह‌ैन निर्विवाद पाउनु पर्छ ,सुचना

विचार/लेख
समय सन्दर्भ लोकतान्त्रिक व्यवस्था भएको कुनै पनि देसमा सुचनाको हक लोकतन्त्रको आधार भनिन्छ । तर त्यसभन्दा पहिला सुचना भनेको के हो ।सुचनाले लोकतन्त्र लाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारे विशेष गरेर शासक प्रशासकले बुझ्नु र आम नागरिकलाइ बुझाउनु जरुरि छ।त्यसैले हामी सबैले विशेष गरेर लोकतन्त्रवादि होउ भन्ने जो कोहिले पनि सुचना बारे बुझ्नु आवश्यक छ।त्यसैले सुचना भनेको के हो भन्ने बारे वहस गर्नु जरुरी छ।थाहै नभएको कुनैपनि पहिलो जानकारी नै अथवा नया खवर पाउनु नै सुचना हो।कुनैपनि प्रस्न वा जिज्ञासाको जवाफ नै सुचना हो। मानविय जिवनमा गासवास कपास स्वास्थ्य शिक्षा रोजगारको लागि जति महत्त्व हुन्छ र आवस्यकता पर्छ त्यति नै सुचनाको महत्त्व र आवस्यकता हुन्छ। हुन्छ । कुनैपनि देसमा राज्य व्यवस्था सञ्चालन गर्न र त्यो देसका जनचालाइ आत्मसन्मानका साथ सुरक्षित भएर जिउन सुचनाको अत्यन्तै आवश्यक र महत्त्व हुन्छ।सु...
भारत–चीन व्यापारिक नाका र नेपालको कूटनीतिक चुनौती

भारत–चीन व्यापारिक नाका र नेपालको कूटनीतिक चुनौती

विचार/लेख
नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता नेपालको अस्तित्वको मेरुदण्ड हो। तर पछिल्ला वर्षहरूमा लिपुलेक क्षेत्रलाई लिएर भारत र चीनबीच भएका व्यापारिक समझदारीहरूले नेपाललाई गम्भीर राष्ट्रिय प्रश्नको सामना गर्न बाध्य पारेको छ। लिपुलेक नेपालको भूभागमा पर्छ भन्ने कुरा ऐतिहासिक अभिलेख, नक्सा र सन्धि–सम्झौताले स्पष्ट देखाउँछन्। तर पनि नेपालको अनुमति बिना भारत र चीनले उक्त क्षेत्रमा व्यापारिक नाका सञ्चालन गर्ने सम्झौता गर्नुले नेपालको अधिकारमाथि ठाडो चुनौती खडा गरेको छ।लिपुलेक विवाद र नेपालको सिमाना प्रश्नसन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी नेपालको पश्चिमी सीमा हो। सो सन्धि अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालभित्र पर्छन्। तर 1962 पछि भारतले सो भूभागमा आफ्नो सुरक्षाबल तैनाथ गर्‍यो र व्यावहारिक रूपमा नियन्त्रण गर्न थाल्यो। पछिल्लो समय भारतले 2015 मा चीनसँग सम्झौता गरेर लिपुलेक...
देश बनाउने एक आधार : शिक्षा

देश बनाउने एक आधार : शिक्षा

विचार/लेख
शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो। देशलाई समुन्नत, सभ्य र सक्षम बनाउन शिक्षाको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुन्छ। तर पछिल्ला दिनमा शिक्षा क्षेत्र नीतिगत अस्पष्टता, स्वार्थी विचौलियाको दबाब र आन्दोलनले ग्रस्त भएको देखिन्छ।शिक्षा ऐन ल्याउने सरकारी प्रयासलाई शिक्षक संघ–संस्था र निजि बोर्डिङ्ग स्कूल सञ्चालकहरूले खुलेर विरोध गरिरहेका छन्। सरकारी शिक्षकहरूले आफ्नो हित र अधिकार कटौती हुने भन्दै आन्दोलनमा उत्रिएका छन् भने बोर्डिङ्ग सञ्चालकहरूले व्यवसायिक अस्तित्वमा संकट देख्दै विरोध जनाइरहेका छन्। परिणामस्वरूप विद्यार्थी र अभिभावक सीधै असरमा परिरहेका छन्।यसबिच संसद सदस्यहरूलाई धम्की, दबाब र सुरक्षा चुनौती आउने अवस्था देखिनु झन् चिन्ताजनक छ। यसले स्पष्ट गर्छ कि शिक्षा क्षेत्रमा नीतिनिर्मातामाथि विचौलियाको प्रत्यक्ष प्रभाव रहेको छ। शिक्षा क्षेत्र राजनीतिक प्रभाव, निजी स्वार्थ र दवाव समूहको हात...
पोखराको ऐतिहासिक टुंडिखेलमा तेस्रो तीज महोत्सव हुने

पोखराको ऐतिहासिक टुंडिखेलमा तेस्रो तीज महोत्सव हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको ऐतिहासिक टुंडिखेल मैदानमा आगामी भदौ ६ गतेदेखि १५ गतेसम्म तेस्रो ऐतिहासिक तीज महोत्सव–२०८२ आयोजना हुने भएको छ। इन्द्रेणी एकिकृत विकास केन्द्र (इन्द्रेणी युवा क्लब) ले महोत्सवको आयोजना गर्ने जनाएको छ।आयोजक समितिका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार महोत्सवमा करिब १५० भन्दा बढी व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, बालउद्यान, झाँकी प्रदर्शन, उद्घाटन समारोह र सम्मान कार्यक्रम हुने छन्। महोत्सवलाई सफल बनाउन ६४ लाख ५० हजार खर्च हुने र झण्डै ६९ लाख आम्दानी हुने अनुमान गरिएको छ। प्राप्त बचत रकम करिब ४ लाख ५० हजार रहनेछ, जसलाई सामाजिक संरचना र टुंडिखेल मैदान व्यवस्थापनमा खर्च गरिनेछ। महोत्सवको विशेष आकर्षणमा आमा समूहबीच हुने तिज गीत प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ढिकी–जाँतो जस्ता परम्परागत सीप प्रतियोगिता र खेलौ फाल्ने प्रतियोगिता रहनेछन...
जिल्ला प्रशासन कार्यालय प्रमुख शर्माको आतिथ्यतामा कास्की कोट पोखरा सम्पर्क समिति द्वारा दरखाने कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय प्रमुख शर्माको आतिथ्यतामा कास्की कोट पोखरा सम्पर्क समिति द्वारा दरखाने कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा -२ भाद्र -कास्की कोट पोखरा सम्पर्क समितिले महिलाहरुको चाड हरितालिका तिज दरखाने कार्यक्रम २ गते सोमवार सम्पन्न गरेको छ।समितिले कास्कीकोट र पोखराआइ पेशा व्यवशाय गर्दैबसोबास गरि रहेका कास्की कोटका दिदिबहिनी हरुलाइ विगतका बर्ष जस्तै यस बर्ष पनि दरखाने कार्यक्रमको आयोजना गरेको हो। आयोजित दर खाने कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख रुद्रादेवि शर्माले दिप प्रज्वलन गरि उद्घाटन गर्दै महिला हरुका लागि तिज महत्त्वपूर्ण पर्वको रुपमा रहेको वताउदै यस्ता चाड पर्वमा गरिने कार्यक्रम बाट केहि रकम छुट्याएर दुखि विपन्न परिवारका बालबच्चा हरुलाइ शिक्षा प्रदान गर्नका लागि सुझाउदै आगामी बर्ष यस्तै कार्यक्रम बाट केही रकम छुट्याएर यस्ता सहय‍ोगि कार्यक्रम गर्न आग्रह गरिन् । उपस्थित सबैमा महिला हरुको विशेष पर्वको रुपमा मानिदै आइरहेको तिजको छुट्टै महत्त्व रहेको उल्लेख गर...