Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

ढोरपाटन दैनिक २३ औं वर्षमा, पोखरामा वार्षिकोत्सव सम्पन्न

ढोरपाटन दैनिक २३ औं वर्षमा, पोखरामा वार्षिकोत्सव सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा — बागलुङबाट सुरु भई पोखरा हुँदै गण्डकी प्रदेशसम्म यात्रा तय गरेको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ। आइतबार पोखरामा विशेष समारोहको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले ढोरपाटन दैनिक बागलुङमा जन्मिएर पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको पहिचानसम्म पुग्नु गर्वको कुरा भएको बताए। “बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा गर्ने हिम्मत राखेको ढोरपाटन अझ स्थापित हुनेछ,” भन्दै उनले सञ्चारमाध्यमको भूमिका अझ सबल हुने विश्वास व्यक्त गरे। आचार्यले व्यक्तिगत प्रसङ्ग स्मरण गर्दै भने, “म पनि कुनैबेला सानो रूपमा सञ्चार क्षेत्रमा जोडिएको थिएँ। आफ्ना बाबाको सच्यकोषको पैसाले खोलेको र आफ्नो लगानी सकिँदा मैले पत्रकारिताको वास्तविक मर्म बुझ्ने मौका पाएँ।” उनले प्रविधि बदलिँदै गए पनि पत्रपत्रिकाको महत्व कहिल्यै नघट्ने स्पष्ट पार...
मोटरसाइकलको ठक्करबाट चेकजाँचमा खटिएका प्रहरी घाइते

मोटरसाइकलको ठक्करबाट चेकजाँचमा खटिएका प्रहरी घाइते

ताजा समाचार, मुख्य समाचर, सडक सरोकार
पोखरा पोखरा ६ जरेवरमा चेकिङका लागि खटिएका प्रहरी कमाण्डर चेकिङ्कै क्रममा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका छन् ।गए राति करि १२ बजे देखि ३ बजेका लागि वप्रका बैदाम बाट (प्रवह )पुर्ण वहादुर बरामको कमाण्डमा खटिएको ४ जनाको टोलिले सवारी चेकजाँच गर्नेक्रममा अन्दाजी १२.४५ बजे रातिको समयमा जिरो किमि तर्फबाट हल्लनचोक तर्फ जाँदै गरेको ध२ प ४३७१ नम्बरको एनएस मोटरसाइकलले रुपन्देही मर्चवार गाउपालिका वडा नम्बर ४ घर भइ गण्डकी प्रदेस प्रहरी कार्यालय पोखरा दरबन्दी भइ हाल वप्रका बैदाममा कार्यरत बर्ष २६ प्रज परशुराम धोबिलाइ ठक्कर दिएपछि गम्भीर घाइते भइ खुट्टा फ्याक्चर भएका उनलाई मेट्रोसिटि अस्पताल सृजनाचोकमा उपचारका लागि पठाइएको जिल्ला ट्राफिक प्रहरी कास्कीले जनाएको छ। दुर्घटना भए लगत्तै वप्रका बैदाम बाट सुमीत कुशवाहको कमान्डमा खटिएको ७ जनाको टोलिले कास्की जिल्ला रुप गाउपालिका वडा नम्बर ७ बस्ने बर्ष २...
मुस्ताङ चोकमा बिहानै सवारी दुर्घटना दुई गम्भीर घाइते

मुस्ताङ चोकमा बिहानै सवारी दुर्घटना दुई गम्भीर घाइते

ताजा समाचार, मुख्य समाचर
पोखराको मुस्ताङ चोकमा आज बिहान सवेरै सवारी दुर्घटना भएको छ।पृथ्वी चोकतर्फ बाट जाँदै गरेको थ १ ख ७९२९नम्बरको टिपर र राष्ट्र बैक चोक तर्फ बाट मुस्ताङचोक हुँदै विरौटा तर्फ मोड्दै गरेकोप्र ३-०२-०१३ प ५८०४ नम्बरको मोटरसाइकल बिच आज बिहान करिब ५.५५ बजे एक आपसमा ठक्कर खाइ मोटरसाइकल सवार दुई युवा कास्की जिल्ला पोखरा २१ बस्ने बर्ष २२ का सुमन गौतम र पोखरा १७ बस्ने बर्ष २२ का सुगम श्रेष्ठ गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भइ टाउको छातिमा चोट लागेको र गौतमको गण्डकी मेडिकल कलेज नया बजारमा उपचार भइरहेको छ भनेटाउको र छातिमा चोट लागि गम्भीर घाइते श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेकोकास्की ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना भए लगत्तै वप्रका बैदाम बाट प्रनि मुकुन्द सिग्देलको कमाण्डमा खटिएको टोलिले दुर्घटना स्थलमा घाइते लाई उपचारका लागि पठाए लगत्तै टिपर साथै धादिङ...
सात युवाको पहलः भेट्रान्स भलिबल प्रतियोगिताबाट संकलित रकम शिक्षामा लगानी

सात युवाको पहलः भेट्रान्स भलिबल प्रतियोगिताबाट संकलित रकम शिक्षामा लगानी

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रथम अमलाचौर–चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिता गत २०८१ फागुन २९ गतेदेखि चैत २ गतेसम्म युवाहरूको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रमबाट बचत भएको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने आयोजकहरूले प्रतिबद्धता जनाएका थिए। आर्वा अमलाचौरका युवाहरू मार्फत संकलित रकम आयोजकहरूले स्वास्थ्य र शिक्षामा लगानी गर्ने प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा सहयोग गरिएको हो। भलिबलप्रेमी, मानवभावका व्यक्तिहरू तथा साथीभाइ शुभचिन्तकहरूबाट जम्मा २ लाख ७७ हजार ५९१ रुपैयाँ संकलन भएको थियो। कुल खर्च २ लाख १७ हजार ५ रुपैयाँ भएको र कार्यक्रमपछि ६० हजार ५८६ रुपैयाँ बचत भएको आर्थिक संयोजकहरूले जनाए। २०८१ साल चैत १ गतेदेखि २०८२ साल साउन २८ गतेसम्मको ब्याजसहित जम्मा रकम ६१ हजार ३३६ रुपैयाँ पुगेको छ। कार्यक्रममा श्री अधिकारी र अमृतराज परियार खेल संयोजकको रूपमा, देवेन्द्र परियार, सुरज अधिकारी र शम्भ...
ए नेता जोरि शत्रु नहसाउ अबता

ए नेता जोरि शत्रु नहसाउ अबता

विचार/लेख
ल है आयो गाइजात्रा ,यता गयो गाई जात्रा, उता गयो गाइजात्रा, माथि देखि तलसम्म, उतादेखि यतासम्म जताततै गाई जात्रै गाइजात्रा , सरकारमा गाइजात्रा सदनमा गाइजात्रा सडकमा गाइजात्रा ,कतै नेताहरुकै जात्रा कतै कार्यकर्ताको जात्रा ,कतै भाइजात्रा दाइजात्रा, देवरजात्रा, भाउजू जात्रा बाउजात्रा ,जताततै जात्रैजात्रा, सहयोगि चाहियो ,पिए चाहियो ,यता नियुक्ति उता नियुक्ति अघिपछि जताततै नियुक्ति आफ्नैलाइ मात्रै , कस्तो पढेर मात्रै नहुनि ,कित पैसा कि त पाटिकै हुनु पर्नि, युवाहरु जागिर नपाएर भौतारिएर रुनु पर्नि। स्वदेसमा बसेर के गर्नि कि त तिम्रै अघिपछि हिड्नु पर्नि, कि त बिदेस खाडि तिरै लाग्नु पर्नि,ल भने ए नेता स्वदेसमा बसेर के गर्नि,। स्वास्थ्यमा जात्रा, शिक्षामा जात्रा, खेलकुदमा जात्रा यातायातमा जात्रा , विमानस्थलमा जात्रा ,अख्तियार अदालतमा जात्रा न्यायालयमा जात्रा ,जताततै जात्रै जात्रा , सबै मन्त्री ...
बुटिक एसोसियसन नेपाल द्वारा ,पोखरा डिजाईनर्स फेशन वीक २०२५ आयोजना

बुटिक एसोसियसन नेपाल द्वारा ,पोखरा डिजाईनर्स फेशन वीक २०२५ आयोजना

ताजा समाचार, मुख्य समाचर
पोखरा - वुटिक एशोसियन नेपालले यहि श्रावण ३० गते शुक्रबार पोखरा डिजाइनर्स फेसन विक २०२५ आयोजना गर्ने भएको छ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बद्लिदो फेसन सगै डिजाइनर मोडल तथा कारीगरहरूको क्षमता तथा प्रतिभालाइ थप वृद्धि गर्न बल पुग्ने अपेक्षा सहित उनिहरुको क्षमता र प्रतिभालाइ प्रस्तुत गर्नेअवसर प्रदान गर्ने उद्देश्यले फेशन शाे आयोजना गर्न लागिएको वुटिक एसोसिएन नेपालले मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। आयोजित प्रस्तुत वीकमा देसैभरका उत्कृष्ट मोडलहरुले र्याम्पमा उत्रिएर पाेखराका डिजाइनरहरू सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, ईन्दिरा लामिछाने, स्वेता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीष मगर, रेनु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङले तयार पारेका ड्रेस मार्फत प्रस्तुति दिने छन्। अभिनेत्र...
पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।

पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।

ताजा समाचार, मुख्य समाचर
गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको संयमन, पारदर्शिता र पेशागत पत्रकारिताको प्रवर्द्धनलाई संस्थागत रूप दिन सोमबार पोखरामा प्रदेश प्रेस रजिष्ट्रार कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिए। स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य हुने भन्दै उनले प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर ऐतिहासिक कदम चालेको बताए। “यस कार्यालयले कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शितामा नयाँ आयाम थप्नेछ। सञ्चार माध्यमहरू व्यवस्थित हुने मात्र होइन, पत्रकार र संस्थाबीचको आपसी विश्वास पनि मजबुत बन्छ,” मुख्यमन्त्री पाण्डेले भने। प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा यो कार्यालय महत्वपूर्ण आ...
‘अपरेसन यलो मेटल’ पोखरामा ६.४ केजी अवैध सुनसहित ११ जना पक्राउ

‘अपरेसन यलो मेटल’ पोखरामा ६.४ केजी अवैध सुनसहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
गण्डकी प्रदेश प्रहरीले‘अपरेसन यलो मेटल’अन्तर्गत पोखराको विभिन्न क्षेत्रबाट ६.४ केजी अवैध सुन र ठूलो मात्रामा चाँदीसहित ११ जनालाई पक्राउ गरेको छ। कास्की जिल्ला, पोखरा महानगरपालिका–२, ३, ४ र ९ का क्षेत्रमा अवैध सुन–चाँदी कारोबार भइरहेको भन्ने गोप्य सूचना केही समयदेखि प्रहरीलाई प्राप्त भएको थियो। सोही आधारमा २०८२ साउन २३ गते अपराह्न ४ बजेतिर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली परिचालन गरी ‘अपरेसन यलो मेटल’ सञ्चालन गर्दै छापामारी कारबाही गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार पक्राउ परेकामा भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा बसोबास गर्दै आएका ११ जना छन्। ती हुन्– राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक साम...
सलामि मात्रै नखाउ मलामि बनाउ

सलामि मात्रै नखाउ मलामि बनाउ

विचार/लेख
गाइजात्रा बिशेषाङ्क ब्यङ्गवाण। राजतन्त्र गयो गणतन्त्र आयो ,भन्नै पर्छ प्रस्न गर्नै पर्छ। सहिद घाइते वेपत्ता परिवार सर्वहारा सर्वसाधारण नेपाली जनताले के पायो ।राजतन्त्र भित्ता लायौ ,गणतन्त्रका नाममा भ्रष्ट दलाल माफियाले सत्ता पायौ। खानुसम्म खायौं ,युवा जतिलाइ बिदेस पठायौ, उध्योग कलकारखाना बेचि खायौ, जनतालाई झुक्कयाउनु सम्म झुक्क्यायौ, गणतन्त्रका नाममा  जनतालाइ सपना बाड्यौ, पाटिको नीति सिद्धान्त छाड्यौ ,जनताले के पाए, जे पाउने नेताले पायौ, नेता मन्त्री कर्मचारी मिलेर घुस कमिसन खायौ, जनताले दुख सास्ती पाए।। पालैपालो सत्तामा गयौं ,सरकार चलायौ जनताको मनमा आगो जलायौ । कहिले भाले काङ्ग्रेस बन्यौ, कहिले कम्युनिस्ट बन्यौ भाले,तिम्लाइ हजुरबाले मात्रै कहाँ हो र ,भोट हाले बाले ,आज आएर तिमी सत्तामा पुगेर नि ,हजुरबा बा मात्रै कहाँ हो र, छोरा नाति समेत कोहि बिदेसा त कोहि स्वदेसमै अलपत्र पर्न थाले ,...

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच ताल संरक्षण तथा रोजगारी सिर्जनासम्बन्धी समझदारी

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बीच वातावरणीय संरक्षण, तालहरूको सरसफाइ तथा रोजगारी सिर्जनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। बिहीबार सम्पन्न उक्त समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। नगर प्रमुख आचार्यका अनुसार, तालहरूको दिगो संरक्षण, वातावरणीय सन्तुलन, पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै सिपमूलक तालिम र रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले परियोजना अघि सारिएको हो। नेपालको अग्रणी व्यापारिक समूहमध्ये एक लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको पर्यावरण संरक्षण र सामुदायिक समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै सो समझदारी सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। परियोजनाअन्तर्गत पोखराका तालहरूमा फैलिए...