पोखराको लेकसाइडमा कोटीहोम पक्षधर र महानगर प्रहरीबीच झडप, दर्जनौं घाइते
पोखरा
महानगरपालिका वडा नम्बर ६, लेकसाइड वाराही मैदान क्षेत्रमा कोटीहोम महायज्ञको भूमिपूजा कार्यक्रम आयोजना गर्ने क्रममा हिजो बिहान आयोजक र नगर प्रहरीबीच झडप भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले भूमिपूजाका लागि साइत निकालेको थियो, तर महानगरपालिकाले अनुमति नदिएको भन्दै भूमिपूजन कार्यक्रम रोक्ने प्रयास गर्दा तनाव उत्पन्न भएको हो।
महानगरपालिकाले फेवातालको किनारमा लामो समयसम्म यस्तो कार्यक्रम गर्दा पर्यटकीय गतिविधिमा असर पर्ने र सुरक्षा संवेदनशीलता बढ्ने भन्दै कोटीहोमका लागि अनुमति नदिएको जनाएको छ। नगर कार्यपालिकाको माघ २० गते बसेको बैठकले नेपाल ट्रस्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न पत्र पठाउने निर्णय गरेको थियो। ट्रस्टले भने अनुमति दिइसकेको हुँदा फिर्ता गर्न वा खारेज गर्न नमिल्ने बताएको थियो।
यसअघि, कोटीहोमबारे महानगरपालिका र मानव सेवा फाउण्डेसनबीचको विवाद उच्च अदाल...








