उद्घाटनकै क्रममा वेलुन पड्किएपछि प्रमुख अतिथि पौडेल र आचार्य घाइते किर्तिपुर स्थित वर्नअस्पतालमा उपचार हुदै
पोखरा
पोखरा भ्रमण बर्ष २०२५ उद्घाटन समारोह पोखरामा भइरहदा उद्घाटनकै क्रममा अचानक वेलुन पड्कन गई प्रमुख अतिथि उप प्रधानमन्त्री तथा अर्थमन्त्रीमाननीय बिष्णु पौडेल तथा पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य जलनबाट घाइते भएका छन्। दिप प्रज्वलन पछि रिमोट द्वारा फायर क्यानडल झिर झिर गरे लगत्तै गेयास भरिएका दुई झुत्ता वेलुन ल्याइएको थियोे ।गणयनसले भरिएका वेलुनका ती झुत्ता मेयर आचार्य साथै प्रमुख अतिथि पौडेलले समात्ने बित्तिकै सबै वेलुन एकसाथ पड्किदा निस्केको आगोको ज्वालाले दुबैलाइ लपेटे पछि भागदौड मच्चिएको थियो । सोही अवस्थामा पौडेल मञ्च तर्फ दौडिएका थिए भने आचार्य मञ्च तल चौर तर्फ दौडिएका थिए। तब मेयर आचार्यको देव्रे भागमा गाला कन्चट साथै कपाल समेत जलेको थियो। प्रलेस मन्त्री विन्दु कुमार थापाको हत्केलामा सामान्य रापले भेटाएको छ भने उनको सुरुवालमा जलेर सानो प्वाल परेको छ।
...









