“कोटिहोम हुन दिदैनौ ” – मेयर “कुनैपनि हालतमा कोटिहोम गरेरै छाडछौ- “- बालयोगेश्वर महाराज
पोखरा
पोखरा महानगरपालिका-१८, सिमपानीस्थित कैलाश धाम शिवमणि मन्दिर र पोखरा-६, बैदामस्थित मुक्तेश्वर शिव मन्दिर मुक्तिधामको सर्वाङ्गिण विकाससँगै, गण्डकी प्रदेशका विपन्न, अभिभावकविहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन-पोषण, संरक्षण तथा सहयोगार्थ एक ऐतिहासिक धार्मिक महायज्ञ आयोजना गरिँदैछ।
श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को नाममा आयोजना गरिने यो कार्यक्रम आगामी २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा-६, लेकसाइडको बाराहीघाट क्षेत्रमा हुनेछ। आयोजक मानव सेवा फाउण्डेसन नेपाल तथा विभिन्न धार्मिक संस्थाहरूले महायज्ञलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।
महायज्ञको मुख्य उद्देश्य पोखरालाई "मुक्तिद्वार"को रूपमा चिनाउनुका साथै गण्डकी प्रदेशका धार्मिक सम्पदाको प्रचार-प्रसार...









