Tuesday, September 15News That Matters

Author: डाँडाघरे खबर

मेयर आचार्य द्वारा वडा नम्बर २३ भञ्ज्याङमा खेलमैदान उद्घाटन

मेयर आचार्य द्वारा वडा नम्बर २३ भञ्ज्याङमा खेलमैदान उद्घाटन

ताजा समाचार, मुख्य समाचर
पोखरा प‍ोखरा महानगरपालिका वडा नं.२३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेलमैदानको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा रहेको मैदानमा निर्माण गरिएको पोखरा हाइ अल्टिच्चुड खेल मैदानको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको पञ्चासे भञ्ज्याङलाई आगामी दिनमा जैविक विविधता र धार्मिक तथा पर्यटनको हबका रूपमा विकास गरिने मेयर आचार्यले बताउनु भएको छ। सोहि क्रममा मेयर आचार्यले पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै मेयर आचार्यले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास सग सम्वन्धित निकायहरु सग साझेदारि तथा सहकार्य गरिरहेको बताउनुभयो । ...
पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवशायि सँघ कास्कीको अधिवेशन सम्पन्न सर्वसम्मत अध्यक्षमा खरेल

पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवशायि सँघ कास्कीको अधिवेशन सम्पन्न सर्वसम्मत अध्यक्षमा खरेल

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कास्कीको २४औँ साधारण सभा तथा १२औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनले चिन्तामणि खरेलको नेतृत्वमा १३ सदस्यीय कमिटी सर्वसम्मत बाट चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटा ,उपाध्यक्षमा जनकराज सुवेदी ,महासचिव रामचन्द्र तिवारी ,कोषाध्यक्ष दुर्गानाथ लामिछाने ,सचिव तिर्थराज देवकोटा ,सदस्यहरुमा क्रमश:वुद्दि वहादुर थापा, दुर्गा सुवेदी ,पदमराज पौडेल ,नरेन्द्रराज पण्डित बिदुर बिसि ,तारापति सापकोटा (शिब) अर्जुन त्रिपाठी चयन भएका छन्। खरेलले यस अघि पनि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए भने यस अधिवेशनमा आफूलाई विश्वास गरि सर्वसम्मत बाट चयन गरिएकोमा सिङ्गो सँघ सम्पूर्ण व्यवसायीहरु धन्यवाद दिँदै संघको विकास र विस्तारका लागि अघि बढ्ने जनाउदै कुनै पनि हालतमा आफुप्रति सिङ्गो सघले गरेको विश्वास लाई कहिल्यै मर्न...
के सरकारका दिनगन्ती  शुरु भएकै हुन् त

के सरकारका दिनगन्ती शुरु भएकै हुन् त

विचार/लेख
देस यतिबेला पिडै पिडाले रन्थनिएको छ। नेपालि जनता अलमलमा छन् ।सहकारि पिडित अन्यौलमा छन् ।दल हरुमा अराजकताको पराकाकाष्ठ देखिएको यहासम्म कि सुरक्षा निकाय ,न्यायालयप्रति समेत प्रस्न चिन्ह लाग्न थालेको छ ।सुरक्षा निकाय देखि न्यायालयमा समेत राजनितिक प्रभाव पर्न थालेका सङकेतहरु देखिन थालेका छन् ।नेताहरु एक अर्को आरोप प्रत्यारोपमा उत्रिएका छन्। यहाँ सम्मकि एकले अर्कोको धोति फुस्काउन र नङ्याउनमै व्यस्त छन्। नेताहरु देस र जनताको भन्दापनि पाटि र कार्यकर्ता प्रति चिन्तित छन्।सरकार आफ्नै धोति फुस्किएको समेत थाहै नपाएझै गरि रहेकोछ। सत्तासीन पाटिहरु सडकमै उत्रिएर बेमौसमि गाइ जात्रा देखाऊन थालेका छन् ।प्रमुख प्रतिपक्षि दल समेत के बोल्ने के नबोल्ने भनेजस्तो गरि अलमलमा छ। दोस्रो प्रतिपक्षी र सत्तासिन पाटिका नेताहरुमा यस्तो कपटै कपटपुर्ण दोहोरि चलि रहेको छ। यहाँ सम्मकी जबसम्म पाटिहरु समाप्ती हुदैनन् तबस...
“बागलुङ हनुमानको नाच: परम्परा,पहिचान र सांस्कृतिक गौरवको प्रतीक”

“बागलुङ हनुमानको नाच: परम्परा,पहिचान र सांस्कृतिक गौरवको प्रतीक”

ताजा समाचार, मुख्य समाचर
पोखरा धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्व बोकेको हनुमानको नाच बागलुङको विशेष सांस्कृतिक सम्पदा हो। बाग्लुङको बाघ चोकमा हुनमान नाच कार्यक्रम गरिन लागेको छ , नाचले नेपाली समाजमा मात्र होइन, विश्वभरि हिन्दू धर्मावलम्बीहरूको ध्यान तान्ने बिश्वास लिइएको छ । यो नाच, जसले भगवान हनुमानको वीरता, भक्ति, र परोपकारको गुणलाई उजागर गर्छ, स्थानीय कला र परम्परालाई जीवन्त राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हनुमान नाचको उत्पत्तिसँग हिन्दू धर्मग्रन्थहरूको गहिरो सम्बन्ध छ। धार्मिक मान्यताअनुसार हनुमान भगवानको भक्ति र पराक्रमलाई जनसमक्ष प्रस्तुत गर्न यस नृत्य परम्पराको सुरुवात गरिएको हो। रामायणका प्रसंगहरूमा आधारित यो नाचले भगवान हनुमानको साहस, आस्था, र समाजप्रतिको सेवाभावलाई चित्रण गर्दछ। बागलुङ नगरपालिकाले यो परम्परालाई जोगाउन विशेष प्रयास गरिरहेको छ। हनुमान नाच संरक्ष...
मोटरसाइकल अनियन्त्रित भइ फिर्केपुलमा दुर्घटना मोटरसाइकलमा सवार तिन जना घाइते भएका छन्।

मोटरसाइकल अनियन्त्रित भइ फिर्केपुलमा दुर्घटना मोटरसाइकलमा सवार तिन जना घाइते भएका छन्।

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगर पालिका वडा नम्बर ४ र ५ अन्तर्गत सपमानामा पर्ने फिर्केपुलमा मङ्गलवार रातिको समयमा करिब११ ४५. बजे बागलुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ आउदै गरेको ग ८ प ४९०७ नम्बरको मोटरसाइकल फिर्के पुलबाट अनियन्त्रित भइ तल खसेको कास्की प्रहरीले जनाएको छ ।चालकले मापसे गरेको र तीन जना सवार मोटरसाइकल तिव्र गतिमा हाकि रहेको अवस्थामा अचानक साघुरो पुल नेर आउदा सवारी गति नियन्त्रण गर्न नसकेकै कारण अनियन्त्रित भइ सवारी दुर्घटना भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ। कास्की ट्राफिक प्रहरीका अनुसार हिजो भएको सवारी दुर्घटना मापसेकै कारण भएपनि, दिनहु भइ रहने कतिपय सवारी दुर्घटना साघुरो पुल भएकै कारणले गर्दा दुर्घटना भइ रहेको छ। पुलबाट अनियन्त्रित भइ अकस्मात तल खोलामा खसेको मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएका छन् ।कास्की ट्राफिक प्रहरीका अनुसार घाइते हरुको ढाँड र करङमा गम्भ...
देस कता जादैछ ?

देस कता जादैछ ?

विचार/लेख
पोखरा यतिबेला भन्नै पर्ने भएको छ कता कति एउटा प्रस्नले जन्म लिन थालेको छ। देस कता जादैछ भन्ने प्रस्नवाचक चिन्ह? आम नेपालि जनताको निधारमा देखिन थालेको छ।आम नेपालि जनताको मन मनमा एउटा डर त्रास र भय सहित देस कता जादैछ भन्ने प्रस्न उठ्न थालेको छ। किन भने सिङ्गो देसैभर अन्यौलता छाएको छ ।देसैभर कतै न कतै कुनै न कुनै कारणले आम नेपालि जनताले सास्ति पाई रहेका छन्।स्वास्थ्य उपचारका लागि अस्पताल जाउ उतै सास्ति, एक ठाउँ बाट अर्को ठाउ जादा सडकमै सास्ती ,बाढि पहिरो धनजनको क्षती र सास्ती, सरकारि कार्यालय सेवा लिन जाउ उतै सास्ती, किसानलाइ सास्ति व्यापारि लाइ सास्ति शिक्षामा बिध्यार्थि लाइ सास्ती, आफ्नो देसमा वेरोजगारिको पिडाले बिदेस जाने युवाहरुलाइ बिदेस जादा ह‍ोस् वा फर्कि आउदा विमानस्थलमा सास्ती,जता जाउ त्यतै सास्ति , कतै सहकारि पिडितलाइ सास्ति , जनतालाई जता जाउ जहा जाउ जताततै सास्ति नै सास्ति,मन्त...
“पाँचौं क्रसकन्ट्री दौड प्रतियोगिता र पर्यटन प्रवर्द्धनको अभियान: स्याङ्जा जिल्लामा नयाँ आयाम”

“पाँचौं क्रसकन्ट्री दौड प्रतियोगिता र पर्यटन प्रवर्द्धनको अभियान: स्याङ्जा जिल्लामा नयाँ आयाम”

ताजा समाचार, मुख्य समाचर
पोखरा सातसय कोल्मा बहाकोट सम्पर्क मञ्च, स्याङ्जा जिल्लामा स्थित एक प्रतिष्ठित सामाजिक संस्था हो, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ। २०७५ सालमा दर्ता भएको यो संस्था विशेष गरी क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्दै आएको छ, र यस वर्ष २०८१ सालको पाँचौं संस्करण २३ डिसेम्बर २०२४ (पौष ८ गते) मा आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा २५ किमि खुल्ला दौड, १० किमि महिला दौड, २१ वर्ष मुनिका लागि दौड र विद्यालय स्तरका दौड समावेश गरिएका छन्। साथै, सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्। प्रतियोगिता संयोजक जीवन प्रसाद पोख्रेलका अनुसार, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पुरस्कार दिइनेछ। खुल्ला दौडका विजेतालाई ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र, महिला दौडका विजेतालाई १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र, २१ वर्ष मु...
राउटे टोली पोखरामा अलपत्र: मेयरसँग भेट नभएर निराश

राउटे टोली पोखरामा अलपत्र: मेयरसँग भेट नभएर निराश

ताजा समाचार, मुख्य समाचर
पोखरा राउटेको मुखियाको आदेशअनुसार सहयोग जुटाउन राउटे समुदायका केहि व्यक्तिहरू पोखरामा आएका छन्। पोखरा आएसँगै प्रमुख व्यक्तिहरूसँग भेट्न नपाएपछि उनीहरू केही निराश भएका छन् र अलपत्र जस्तै भएका छन्। पोखरा आउने मुख्य उद्देश्य भनेको चाडपर्व मनाउन सहयोग जुटाउनु रहेको टोली प्रमुख मुखियाले बताएका छन्। मुखियाले थप जानकारी दिँदै भनेका छन्, "हामी मेयरलाई भेट्नका लागि पोखरा आएका हौं, तर मेयर बिरामी भएकाले हिजो भेट्न सकिएन। मेयरबाट भोलि भेट हुने सन्देश प्राप्त भएको छ।" राउटे समुदायका सदस्यहरूलाई विश्वास छ कि मेयरसँगको भेटले चाडपर्वको लागि आवश्यक सहयोग जुटाउन मद्दत पुर्याउनेछ। यो टोलीका सदस्यहरू पोखरामा राउटे समुदायका लागि विशेष सहयोग र चाडपर्वको लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले आएको बताएका छन्। उनीहरूले भनेका छन् कि राउटे समुदायको सांस्कृतिक धरोहर र पर्व मनाउनका लागि पो...
“पोखरामा ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना, उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार”

“पोखरामा ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना, उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कार”

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा शुक्रबारदेखि शिव ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने भएको छ। चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गर्दै मंसिर ७ र ८ गते उक्त प्रतियोगिता आयोजना गरिने हो। प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टीमले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने दोस्रो स्थानमा रहने टीमलाई नगद २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ, आयोजक शिव भट्टराइले जानकारी दिए। भट्टराइका अनुसार, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १,५०० र ट्रफी तथा बेस्ट कीपरलाई नगद १,००० र ट्रफी दिइनेछ। प्रतियोगितामा सहभागी हुनका लागि टीम दर्ता शुल्क ५,५०० रहेको छ, र आगामी मंसिर ५ गते बेलुका ५ बजे सम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता रानीपौवा स्पोर्ट्स सेन्टरमा हुनेछ। ...
समाचार सङ्कलनका लागि गएका पत्रकार माथि समाचार सङ्कलनकै क्रममा अवरोध तथा दुर्व्यवहार

समाचार सङ्कलनका लागि गएका पत्रकार माथि समाचार सङ्कलनकै क्रममा अवरोध तथा दुर्व्यवहार

ताजा समाचार, मुख्य समाचर
पोखरा प‍ोखरा / जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई समाचार सङ्कलनकै क्रममा कास्की प्रहरीको प्रबक्ता समेत रहेका डिएसपी बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले समाचार सङ्कलन तथा भिडियो लिनेक्रममा अरोध गर्नुका साथै पत्रकार हरुमाथि नै दुर्व्यवहार गरेक़ा छन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई रुपन्देहि बाट पोखरा कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्ब्यबहार गरेको हो। पार्टी सभापति रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याए पछि त्यहाँ शान्तिपूर्ण तरीकाले जम्मा भएका रास्वपाका नेता कार्यकर्ता तथा समर्थक हरुलाई प्रहरीले गिरफ्तार गर्न खोजे पछि फोटो तथा भिडियो खिच्दै रहेका पत्रकारहरुमाथि प...