दाङ भ्याली फ्रेस हाउसमा १२ लाख ३० हजार रुपैयाँ चोरी : एकजना पक्राउ
पोखरा
जिल्ला प्रहरी कार्यालय, कास्कीले १२ लाख ३० हजार रुपैयाँ नगद चोरी अभियोगमा एकजनालाई पक्राउ गरेको छ। मालेपाटनस्थित ‘दाङ भ्याली फ्रेस हाउस’का संचालक संगिता भण्डारीको कोठामा राखिएको रकम चोरी भएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।प्रहरीका अनुसार घटना २०८२ साउन २ गते राति करिब ११:३० बजे घटेको हो। सोही आधारमा खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले अनुसन्धान गर्दै जाँदा कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं. ९ का २३ वर्षीय ओमबहादुर भुजेललाई ३ गते राति करिब १०:३० बजे पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका भुजेलको साथबाट चोरी भएको भनिएको नगदमध्ये ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित दुई थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढ...









