सवारी दुर्घटना गरी फरार रहेका प्रतिवादी पक्राउ
पोखरा
कास्कीको पोखरामा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएपछि फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८२ जेठ २६ गते बिहान करिब ५:२३ बजे पोखरा महानगरपालिका–१५, आदर्श टोलस्थित अमिनतारा जाने भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए।
सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले घटनास्थलको अवलोकन गर्दा मृतकको शरीरमा विभिन्न भागमा चोटपटक देखिएको र नजिकै हेम्बर पनि भेटिएको थियो।
घटनाबारे गम्भीर अनुसन्धान सुरु गर्दै जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले ट्याक्टरसहित चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पकवादी गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा–१४, छिनेडाँडामा बसोबास गर्दै आएका २...









