Thursday, April 30News That Matters

ताजा समाचार

फेवाताल संरक्षणमा तीनै तहका सरकार एकजुट, सिमांकनका लागि पोल गाड्ने तयारी

फेवाताल संरक्षणमा तीनै तहका सरकार एकजुट, सिमांकनका लागि पोल गाड्ने तयारी

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको फेवाताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउन सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन गर्न अब तीनै तहका सरकार एकसाथ जुटेका छन्। आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म भएका कामको विवरण सार्वजनिक गर्दै फेवा किनारबाट ६५ मिटरभित्र रहेका संरचनाको विस्तृतीकरण पूरा भइसकेको जानकारी दिए। “पहिलो चरणमा ६५ मिटर तोकिएको डिजिटल संकेतमा पोल गाड्ने काम हुन्छ,” उनले भने, “बाराहीघाटमा मैले पहिलो पोल गाडेर सुरुवात गर्नेछु।” उनले पोखरा महानगर प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेतर्फ इशारा गर्दै भने, “दोस्रो पोल मेयर सा’बले र तेस्रो पोल सिडिओ सा’बले गाड्नुहुनेछ।” नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा फेवाताल संरक्षणका लागि अगाडि बढिरहेको भन्दै सम्पूर्ण स...
सार्वजनिक यातायात व्यवसायिको आन्दोलन पोखराका सडक सुनसान

सार्वजनिक यातायात व्यवसायिको आन्दोलन पोखराका सडक सुनसान

ताजा समाचार, मुख्य समाचर
पोखरा शुक्रबार । नेपाल सरकार गण्डकी प्रदेस सरकारले यातायात व्यवस्था ऐन २०४९ विपरीत गरेको निर्णयको प्रति आपत्ति जनाउदै विरोधमा सार्वजनिक व्यवसायी आन्दोलनमा उत्रिएर सार्वजनिक यातायात बन्द गर्ने घोषणा सगै सार्वजनिक सवारी ठप् पारेपछि आज शुक्रबार बिहानै देखी गण्डकी प्रदेस राजधानी पोखराका सडक सुनसान देखिएका छन्। गण्डकी प्रदेस सरकारले यातायात व्यवस्था ऐन २०४९ दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ समेतको बर्खिलाप गरि ऐन विपरीत राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिएर नियमावली लागू गरेपछि आज १६ गते शुक्रबार यातायात व्यवसायीले प्रदेश भर आ आफ्ना सवारी घर ग्यारेज थन्क्याएर सडकमा निस्के पछि गण्डकी प्रदेस राजधानी पोखरा सुनसान देखिएको हो।सार्वजनिक सवारि बन्दका कारण गण्डकी प्रदेसमा मात्रै १६ हजार भन्दा माथि सार्वजनिक सवारी शुक्रबार घर ग्यारेजमा थन्किएका छन्। आज शुक्रबार १६ गते बिहा...
सार्वजनिक यातायात व्यवसायी सङ्घर्ष समिति द्वारा देशैभर सार्वजनिक सवारी ठप्प पार्ने चेतावनी

सार्वजनिक यातायात व्यवसायी सङ्घर्ष समिति द्वारा देशैभर सार्वजनिक सवारी ठप्प पार्ने चेतावनी

ताजा समाचार, मुख्य समाचर
पोखरा बिहीबार। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले जेठ १६ गते शुक्रबारदेखि गण्डकी प्रदेशभर सम्पूर्ण सार्वजनिक सवारी साधन घर ग्यारेजमा राखी सेवा बन्द गर्ने घोषणा गरेको छ।समिति द्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा आफ्ना सबै मागहरू सम्बोधन नभएको अवस्थामा १६ गते शुक्रबार गण्डकी प्रदेशमा बन्द गर्ने घोषणा गरिएको छ।केन्द्रीय संयुक्त सङ्घर्ष समिति द्वारा जारी विज्ञप्तिमा १९ गतेबाट देशैभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरू आफ्ना घर ग्यारेजमा राखी नेपालभर सार्वजनिक यातायात बन्द हुने प्रेस विज्ञप्ति मार्फत सङ्घर्ष समिति गण्डकी संयोजक केदार पौडेलले बताएका छन्। नेपालको संविधान २०७२ ले तीनै तहको सरकारको व्यवस्था गरेको अवस्थामा आम नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन समन्वयकारी भूमिका निर्वाह गर्ने ठाउँमा गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायात क्षेत्रलाई आम नागरिकको पहुँचमाथि प्रभाव...
कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम

कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अंक प्राप्त गरेका थिए । यसैगरी कुश्मा पर्वतस्थित नमूना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रीत्तिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल...
टाइगर कपमा २१ लाख नाफा, अब छैठौं संस्करणको तयारी

टाइगर कपमा २१ लाख नाफा, अब छैठौं संस्करणको तयारी

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा, १४ जेठ – टाइगर ग्रुप अफ पोखराको आयोजनामा सम्पन्न एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण खुला भलिबल प्रतियोगिता सम्पन्न हिसाव सार्बजनिक गरेको छ। प्रतियोगितामा खर्च भएको सम्पूर्ण रकम पारदर्शी रूपमा सार्वजनिक गर्दै आयोजकले पत्रकार सम्मेलनमार्फत विस्तृत आर्थिक विवरण समेत प्रस्तुत गरेका छन्। भद्रगोल ढंगले आयोजना हुने आरोप लाग्ने गरेका धेरैजसो प्रतियोगिताको तुलनामा टाइगर कपले सबै विवरण सार्वजनिक गर्नुले उदाहरणीय अभ्यास गरेको छ। कुल आम्दानी एक करोड ७१ लाख ८९ हजार ५७१ रुपैयाँ रहेकोमा कुल खर्च एक करोड ५० लाख ८८ हजार ५६५ रुपैयाँ भएको र बचत २१ लाख १ हजार ६ रुपैयाँ रहेको आयोजकको प्रतिवेदनमा उल्लेख छ। मुख्य प्रायोजक एनसेल, सहप्रायोजक सुश्री मिडिया, साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा प्रतियोगिता सम्पन्न गरिएको अध्यक्ष नारायण प्रसाद...
पृथ्वी बस व्यवसायी कम्पनी प्रालिद्वारा फास्ट चार्जिङ मेसिन सञ्चालन

पृथ्वी बस व्यवसायी कम्पनी प्रालिद्वारा फास्ट चार्जिङ मेसिन सञ्चालन

ताजा समाचार, मुख्य समाचर
पोखरा, १२ सोमबार – पोखराको जिरो किमी फिर्के नजिकै रहेको यातायात व्यवसायीहरूको सबैभन्दा पुरानो संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले आफ्नै कार्यालय परिसरमा फास्ट चार्जिङ स्टेसनको शुभारम्भ गरेको छ। कम्पनीद्वारा आफ्नै कार्यालयमा जडान गरिएको फास्ट चार्जिङ मेसिनको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले सोमबार शुभारम्भ गर्नु भयो। चार्जिङ मेसिनको उद्घाटनपछि संरक्षक अधिकारीले विगतमा कम्पनीले पेट्रोल पम्प सञ्चालन गर्दै आएको भए पनि आजको प्रविधियुक्त युगमा विद्युतीय सवारी साधन भित्रिएसँगै समयानुकूल सुविधा उपलब्ध गराउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले सो चार्जिङ मेसिन कम्पनीको पहिलो प्रयास भएको उल्लेख गर्दै, भविष्यमा आम व्यवसायीलाई अझ सहज हुने गरी चार्जिङ स्टेसनको सेवा विस्तार गर्न कम्पनी सफल हुनेमा आफू पूर्...
स्वास्थ्य बिमा सेवामा सर्वसाधारण माथि थपिदै सास्ती

स्वास्थ्य बिमा सेवामा सर्वसाधारण माथि थपिदै सास्ती

ताजा समाचार, मुख्य समाचर
पोखरा स्वास्थ्य बिमाबाट आम नागरिकले ३/३ महिनाका लागि पाउने बिमा अौषधि अब भने नपाउने भएका छन्। स्वास्थ बिमा वोर्डले सुचिकृत अस्पताललाइ समयमै तोकिएको बिमा भुक्तानी नगरेकै कारण यस्तो अवस्था आएको छ।सुचिकृतत अस्पतालले भने अब १५/ १५ दिनका लागि मात्रै अौषधि दिन थालेका छन्। जसले गर्दा तिन महिना पछि मात्रै शहरी स्वास्थ्य प्रवर्धन महाशाखामा अौषधि लिन वा अौषधिका लागि सुचिकृत अस्पताल जानका लागि रिफर पेपर लिन आउने सेवाग्राहीले अब भने १५ दिनमा आउनु पर्ने भएको छ।करिव डेढ महिना देखि यस्तो अवस्था आएको शाखा प्रमुख सुवेदिले वताए।यस्तो अवस्था आएपछि आम नागरिकले सेवालिन आउदा १५/१५ दिनमै आउनु पर्नेे हुदा सास्ती पाउनुका साथै शहरि स्वास्थ प्रवर्द्धन महाशाखामा समेत थेग्नै भा पर्ने गरि दिनहु सेवाग्राहीको चाप बढ्दै जान थालेको शहरि स्वास्थ्य प्रवर्द्धन महाशाखा केन्द्र प्रमुख कुस्मराज सुवेदिले वताएका छ...
पोखरामा एमाले र माओवादी नेतृत्वको जुहारी : ओली र बस्नेतको कटाक्ष, प्रचण्डको चेतावनी

पोखरामा एमाले र माओवादी नेतृत्वको जुहारी : ओली र बस्नेतको कटाक्ष, प्रचण्डको चेतावनी

ताजा समाचार, मुख्य समाचर
पोखरा नेकपा एमाले र माओवादी केन्द्रबीच चर्को आरोप-प्रत्यारोपका बीच पोखरा राजनीतिक बहसको केन्द्र बनेको छ। राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशन र माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानले पोखरालाई राजनीतिक रंगमञ्च बनाइदिएको छ। यही कार्यक्रममा एमाले नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डमाथि सत्ता नपाएको झोकमा देश दौडाहामा निस्किएको आरोप लगाउनुभयो। "मान्छे र वनमान्छेको जति फरक छ, केपी ओली र प्रचण्डको त्यति नै फरक छ," भन्दै बस्नेतले प्रचण्डको अभियानमाथि प्रश्न उठाउनुभयो।यता, प्रचण्डले पनि जवाफ फर्काउन पछि परेनन्। प्रचण्डले ओलीप्रति व्यंग्य गर्दै भन्नुभयो, “यदि प्रधानमन्त्री ओलीले मलाई राजावादीसँग मिलेको भनेका हुन् भने, म उनलाई एक पटक मानसिक अस्पताल जान सुझाव दिन्छु।” https://youtu.be/uE_GLhHH2g0 प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आयोजना गरेको प...
“गण्डकी प्रज्ञा प्रतिष्ठानमा ललितकला क्षेत्रको सहभागिता सुनिश्चित गर्न कलाकारहरूको माग”

“गण्डकी प्रज्ञा प्रतिष्ठानमा ललितकला क्षेत्रको सहभागिता सुनिश्चित गर्न कलाकारहरूको माग”

ताजा समाचार, मुख्य समाचर
पोखरा गण्डकी प्रदेशको पुरानो र सक्रिय कला संस्था सिर्जनशील कलाकार समूहले दोस्रो गण्डकी प्रज्ञा प्रतिष्ठानको गठनमा ललितकला क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ। समूहले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालाई सोमबार बुझाएको ज्ञापनपत्रमार्फत पहिलो प्रतिष्ठान गठनमा ललितकला क्षेत्रलाई उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। ज्ञापनपत्र अनुसार, २०२८ देखि सक्रिय रहेको सिर्जनशील कलाकार समूह वि.सं. २०५६ मा स्थापना भएको गण्डकी प्रदेशकै सबैभन्दा पुरानो र सक्रिय गैर–नाफामूलक कला संस्था हो। यसले कलाको विकास, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र नयाँ कलाकारको प्रोत्साहनमा निरन्तर योगदान दिँदै आएको छ। ज्ञापनपत्रमा भनिएको छ, "गण्डकी प्रदेशमा प्रज्ञा प्रतिष्ठानजस्तो महत्वपूर्ण संरचना गठन गर्दा ललितकला क्षेत्रको उपस्थिति नहुनु अन्यायपूर्ण छ। अब...
माओवादी केन्द्रको जनसभा जेठ १० मा, अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन हुने

माओवादी केन्द्रको जनसभा जेठ १० मा, अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले यही जेठ १० गते चिप्लेढुङ्गामा विशाल जनसभा गर्ने भएको छ। ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत आयोजना हुने जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। पहिला शहीदचोकमा गर्ने भनिएको यो जनसभा अहिले चिप्लेढुङ्गामा सर्ने तयारी भएको छ। कार्यक्रममा पोखराका ३३ वटै वडाबाट प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न प्रतिनिधि छनोट गरिएको छ। पार्टीको हालै सम्पन्न विस्तारित बैठकले वडागत प्रतिनिधि, स्वयंसेवक परिचालन, प्रचारप्रसार, आतिथ्य, आवास, लेखन तथा रिपोर्टिङसम्बन्धी जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न समिति गठन गरेको छ। जनसभा सम्पन्नपछिको महानगर सम्मेलन जेठ २४ गते उद्घाटन भई २५ गते बन्द सत्रसहित सम्पन्न हुने जानकारी दिइए...