Thursday, April 30News That Matters

ताजा समाचार

विश्व वातावरण दिवसको अवसरमा आयोजित सर सफाइ कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा आयोजित सर सफाइ कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
बिहिवार । विश्व वातावरण दिवसको अवसरमा पोखरा १७ हिमालयन टोल वरपर साथै हिमालयन अस्पताल परिसरमा सर सफाइ कार्यक्रम सम्पन्न भएको छ।विश्व वातावरण दिवसको अवसरमा विभिन्न सँघ सँस्था द्वारा सयुक्त रुपमा आय‍ोजित कार्यक्रम प्रमुख अतिथि महानगर पालिका वडा नम्बर १७ अध्यक्ष राधिका शाहि य‍ोगिको प्रमुख आतिथ्यतामा हिमालयन आँखा अस्पताल बाट शुभारम्भ गरिएको थियोे सँयुक्तरुपमा आयोजित कार्यक्रम हिमालयन टोल वरपर सर सफाइ गरे पश्चात हिमालयन बोर्डिङ स्कुलमा समापन गरिएको थियोे । आयोजित सर सफाइ कार्यक्रम हिमालयन आँखा अस्पताल परिवार , प्रकृति मानव केन्द्र ,हिमालयन बोर्डिङ स्कुल परिवार ,टोलि अफिस परिवार ,अन्तर्राष्ट्रिय हिमालयन म्युजियम टोल विकास सँस्था, पर्तारोहण सङ्ग्रालय परिवार सहितको सयुक्त सहकार्यमा सर सफाइ कार्यक्रम आयोजना गरिएको ,हिमालयन टोल विकास सँस्थाका अध्यक्ष चन्द्र माया गुरुङले वताउनु भयो । ...
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने: खेलकुदमा राजनीति नभएर नै बिग्रिएको हो  दीपक कोइराला

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने: खेलकुदमा राजनीति नभएर नै बिग्रिएको हो दीपक कोइराला

खेलकुद, ताजा समाचार, मुख्य समाचर
प्रकाश अधिकारी,पोखरा पोखरा, नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको छ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी तथा जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहनेछ। प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब गरी छ वटा शीर्ष महिला टिमहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ। राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ ला ख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। ...
स्वतन्त्र पत्रकारिता, संघर्ष र सफलताको कथा

स्वतन्त्र पत्रकारिता, संघर्ष र सफलताको कथा

ताजा समाचार, फिचर, मुख्य समाचर
पोखरा “२०५५ सालतिरको कुरा हो,” लामो स्वास तान्दै सम्झिन्छन् शिव शर्मा, “त्यो बेलासम्म लेख्ने लत त गहिरिसकेको थियो, तर नवपरिवेश नामको हवाई पत्रिका सम्पादन गरेर आफ्नै छविको खोजी थालेको थिएँ।” त्यो समय न एफएम थिए, न निजी टेलिभिजन। रेडियो नेपाल नै सञ्चारको मुख्य माध्यम थियो। उनी आफ्ना कविता र रचनाहरू त्यहीँ पठाउँथे। रेडियो नेपालको केन्द्र क्षेत्रीय प्रसारण पोखराबाट उनका रचना प्रसारित हुन थाले। सरोज गोपाल बज्राचार्यले सञ्चालन गर्ने ‘आहा! संगीत संसार’ कार्यक्रममा उनका कविता तीनपटक पुरस्कृत पनि भए। त्यसैगरी पूर्णचन्द्र घिमिरेको तीन चरण कार्यक्रममा शिवले लेखेका कथा वाचन हुन्थे। यिनै अनुभवहरूले उनलाई पत्रकारितातर्फ मोड्न थाल्यो। “पत्रिकामा समाचार लेख्न थालेँ, सुरुमा त कसैले पत्तो नै पाएन,” उनी हाँस्दै भन्छन्। यही ‘नपत्ताई लेख्ने’ बाटो हुँदै उनले चेतनापत्र राष्ट्रिय दैनिकबाट मुख्यधारको ...
पोखरामा बढी भाडा असुलेका १५ जना ‘इन ड्राइभ’ चालक नियन्त्रणमा

पोखरामा बढी भाडा असुलेका १५ जना ‘इन ड्राइभ’ चालक नियन्त्रणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरामा 'इन ड्राइभ' सेवामा संलग्न १५ जना चालकले यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा असुलेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। जनगुनासोका आधारमा प्रहरीको टोलीले पोखराका विभिन्न स्थानमा निगरानी गर्दा ती चालकहरूले सवारी भाडा तोकिएभन्दा बढी लिएको पुष्टि भएको प्रहरीले जनाएको छ। सोही अनुसार ती १५ जना चालकलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको र उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलहरूको तस्वीर पनि सार्वजनिक गरेको छ। प्रहरीले यात्रुहरूलाई सहज, सुरक्षित र नियमनसम्मत सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमन तथा कारबाही निरन्तर गरिने जनाएको छ। ...
अल्पत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ

अल्पत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालय, कास्कीले गन्तव्यतर्फ जान नसकेर अलपत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरी स्कर्टिङसहित सुरक्षित रूपमा पठाएको छ। आइतबार बिहान १०:१५ बजेकाे समयसम्म ती यात्रुहरुलाई प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको नेतृत्वमा रहेको संयुक्त प्रहरी टोलीले आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाएको हो। पोखरा महानगरपालिका–७ स्थित पर्यटक बसपार्कबाट काठमाडौँका लागि १४ वटा सवारीसाधन र नारायणगढका लागि ३ वटा सवारीसाधन गरी जम्मा १७ वटा गाडीमार्फत यात्रुहरुलाई पठाइएको जनाइएको छ। सबै सवारीसाधनहरुलाई प्रहरी स्कर्टिङसहित सुरक्षित रूपमा प्रस्थान गराइएको हो। ...
बढी भाडा असुल्ने इन्ड्राइभ चालकहरूमाथि कारबाही, ८ सवारी साधन नियन्त्रणमा

बढी भाडा असुल्ने इन्ड्राइभ चालकहरूमाथि कारबाही, ८ सवारी साधन नियन्त्रणमा

ताजा समाचार
कास्की जिल्लामा इन्ड्राइभ एप प्रयोग गरेर सवारी सेवा दिँदै आएका केही चालकहरूले यात्रुहरूबाट निर्धारित भन्दा बढी भाडा असुलेको गुनासो प्राप्त भएपछि प्रहरीले अनुगमन तीव्र पारेको छ । पोखरा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले जेठ १८ गते राति ८ बजेपछि विभिन्न स्थानहरूमा चेकजाँच गर्दा बढी भाडा असुलेको पाइएका ८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। Screenshot प्रहरीका अनुसार, यातायात व्यवस्था ऐन २०४९ अनुसार ती चालकहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको छ। विज्ञप्तिमा भनिएको छ, "बढी भाडा असुली यात्रु ठग्ने कार्यप्रति निगरानी बढाइएको छ र कानुनी दायरामा ल्याउने काम जारी छ।" प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूको तस्बिर समेत सार्वजनिक गरेको छ। यात्रुहरूको सुरक्षासँगै निष्पक्ष सेवा प्रवाहका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइने क...
सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी

सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी

ताजा समाचार, मुख्य समाचर
पोखरा सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी आइतबार सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले समितिका सयोजक केदार पौडेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मार्फत आज प्रदेस सरकारलाई गैर जिम्मेवारीपुर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ। प्रदेस सरकारको तर्फ बाट एकलौटी रुपमा वार्तामा बोलाएको व्यवसायी हरु नआएको भन्ने भ्रमपुर्ण खवर सँचार माध्यम बाट थाहा पाउँदा दुखि भएको उल्लेख गर्दै यस्ता अर्थहिन अभिव्यक्ति नदिनसमेत आग्रह गर्दछौ भन्दै आफू हरु सकारात्मक वार्ता र सम्वादका लागि २४ सै घण्टा खुल्ला रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। गण्डकी प्रदेश सरकार द्वारा रातो नम्बर प्लेटका दुई पाङग्रे तथा चार पाङग्रे सवारी साधनले सार्वजनिक सवारी साधनले सरह यात्रु ओसारपोसार गर्न पाउने गरी जारी गरेको राइड शेयरिङ नियमावली २०८२ को बिरोधमा सार्वजनिक यातायात व्यवसायी तथा म...
फेवाकिनार वाराहिघाटमा पिल्लर गाड्ने काम शुरु भए सँगै स्थगित ७ पिल्लर गाडिए, ३ फिर्ता

फेवाकिनार वाराहिघाटमा पिल्लर गाड्ने काम शुरु भए सँगै स्थगित ७ पिल्लर गाडिए, ३ फिर्ता

ताजा समाचार, मुख्य समाचर
पोखरा लामो समयदेखि अध्ययन र तयारीमा रहेको फेवातालको सीमा निर्धारण कार्य शनिबारबाट औपचारिक रूपमा सुरु त भयो, तर स्थानीयको चर्को विरोधसँगै स्थगनमा पुगेको छ। गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, संघीय सरकार र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको संयुक्त उपस्थितिमा आइतबार वाराहिघाटमा ६५ मिटर मापदण्डअनुसार पिल्लर गाड्ने काम गरिएको हो। वैज्ञानिक अध्ययन, डिजिटल प्रविधि र १८ महिनाको लामो सर्वेक्षणपछि तय गरिएका १०५५ वटै सीमा विन्दुहरूमा पिल्लर गाड्ने योजना अनुरूपको यो कार्य प्रारम्भिक चरणमै स्थानीयको आक्रोशले रोकिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, तथा सुरक्षा टोलीको उपस्थितिमा पिल्लर गाड्ने कार्य शुरु भएको थियो। सुरक्षाकर्मीहरूको कडा निगरानीबीच पालैपालो नेताहरूले पिल्लर गाडिरहेका थिए भने, अर्कोतर्फ स्थानीय बासिन...
पोखरामा चोरी तथा डाँका प्रकरणमा दुई जना पक्राउ, लाखौंको गरगहना बरामद

पोखरामा चोरी तथा डाँका प्रकरणमा दुई जना पक्राउ, लाखौंको गरगहना बरामद

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको माटेपानीमा भएको चोरी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। कास्की प्रहरीले रातको समयमा भएको उक्त चोरी घटनापछि अनुसन्धान गर्दै जाँदा दुई जनालाई चोरीका सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा जिल्ला नवलपरासी कावासोती नगरपालिका–११ स्थायी घर भई हाल कञ्चनपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय तेजेन्द्र खड्का र जिल्ला पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएका ३२ वर्षीय टिकराम विक रहेका छन्। प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले उनीहरूलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अन्य स्थानहरूमा पनि चोरी गरेको स्वीकारेका छन्। हालसम्म उनीहरूको साथबाट करिब तीन लाख ४४ हजार रुपैयाँ बराबरका गरगहना र अन्य सामान बरामद गरिएको छ। बरामद ...
स्कुटरको ठक्करबाट घाइते भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मृत्यु, चालक फूलवारीबाट पक्राउ

स्कुटरको ठक्करबाट घाइते भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मृत्यु, चालक फूलवारीबाट पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–८ स्थित सृजनाचोक र सभागृह चोकको बीच सडक खण्डमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका मादी गाउँपालिका–५ सिक्लेसका ईच्छा क्षेत्री (विष्णुबहादुर बुढाथोकी) को उपचारको क्रममा मृत्यु भएको छ। घटना जेठ १२ गते राति करिब १०:५० बजे भएको हो। सडक पार गर्दै गरेका बुढाथोकीलाई तत्काल नम्बर नखुलेको स्कुटरले ठक्कर दिएर चालक फरार भएको थियो। सूचना प्राप्तलगत्तै प्रहरी चौकी बैदामबाट खटिएको टोलीले गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि जेठ १४ गते मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेको स्कुटर चालकको खोजीका क्रममा कास्की प्रहरीले जेठ १४ गते नै पोखरा–११ फूलवारी चोकबाट काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई स्कुटरसहित पक्राउ गरेको हो। पक्राउ परेका महर्जनसँगै प्र. ३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ। महर्जनल...