पोखरामा ‘कोटिहोम चोक’ नामकरण, कोटिहोम महायज्ञको स्मृतिमा स्थानीयको पहल
पोखरा
ऐतिहासिक गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको स्थानलाई स्थानीयवासीले ‘कोटिहोम चोक’ नामकरण गरेका छन्। माछापुच्छ्रे टोल र पाल्पाली मार्गका नामले चिनिँदै आएको उक्त स्थान अबदेखि कोटिहोम चोकका रूपमा चिनिने भएको हो।
आज स्थानीयको सक्रियतामा बोर्डसहित कोटिहोम चोकको औपचारिक नामाकरण गरिएको हो। स्थानीय समाजसेवी शारदा पंगेनीका अनुसार, “हाम्रो पालोमा यस्तो दिव्य कोटिहोम महायज्ञको साक्षी हुन पाउनु भाग्यको कुरा हो। भावी पुस्ताले पनि यो ऐतिहासिक अवसरलाई सम्झन सकून् भन्ने हेतुले चोकको नाम कोटिहोमसँग जोडिएको हो।”
त्यस्तै, स्थानीय धनी प्रसाद ढकालले भने, “अहिले त हामीले सानो बोर्ड राखेका छौं, तर आगामी वर्ष कोटिहोम महायज्ञको स्मारकका रूपमा ठूलो प्रवेशद्वार निर्माण गर्ने योजना छ।”
स्थानीय बिनोद केसीले कोटिहोम चोक नामकरणले स्थान पहिचान गर्न सहज हुने र सांस्कृतिक सन्देश फैलाउने...









