Friday, May 1News That Matters

ताजा समाचार

पोखरा मासवारमा चितुवा देखिएपछि स्थानीय त्रसित

पोखरा मासवारमा चितुवा देखिएपछि स्थानीय त्रसित

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको वडा नम्बर ७ मासवारमा चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। मंगलबार करिब दिउँसो ३ बजे पैदल यात्रुले स्थानीय शोभा चन्द्र बरालको घरको कम्पाउन्डभित्र चितुवा देखिएको बताएका थिए। त्यसपछि स्थानीयहरूले डिभिजन वन कार्यालय, कास्कीलाई जानकारी गराए। सूचना प्राप्त लगत्तै पोखरा वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य तथा डिभिजन वन कार्यालय, कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्काल उद्धार प्रक्रिया अघि बढायो। चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिई पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरिएको छ। चितुवा देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो भने केही समय चितुवा हेर्नेको भिडसमेत लागेको थियो। डिभिजन वन कार्यालय, कास्कीको वन्यजन्तु नियन्त्रण टोलीले चितुवालाई सुरक्षित रूपमा उद्धार गरेपछि स्थिति सामान्य बनेको छ। ...
२०औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तिव्र , पर्यटकलाई २० प्रतिशत  छुटको व्यवस्था

२०औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तिव्र , पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्था

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाली संस्कृति संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन, र आन्तरिक तथा बाह्य पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पोखरामा  २०औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तिव्र रूपमा अघि बढाइएको छ। महोत्सव चैत ३० देखि वैशाख १ गतेसम्म फेवाताल किनारको ड्यामसाइडदेखि खहरेसम्म सञ्चालन हुनेछ।  नेपाली नयाँ वर्षलाई भव्य रूपमा मनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्दै मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवमा सांस्कृतिक झाँकी, लोकदोहोरी, भजन, चुट्का, पप कन्सर्ट, पर्यटक दौड प्रतियोगिता, मौलिक तथा रैथाने खानाको प्रदर्शनी, हस्तकला तथा कृषि सामग्री प्रदर्शनी लगायतका कार्यक्रम समावेश गरिएका छन्। महोत्सव नि:शुल्क रहेको महोत्सव संयोजक एवं अध्यक्ष होटल संघ पोखरा नेपालका लक्ष्मण सुवेदीले बताउनु भयो । नेपाली संस्कृतिको संरक्षण र पर...
संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता : शैक्षिक सुधार, प्रशासनिक सहजता र विद्यार्थी हितको रक्षा

संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता : शैक्षिक सुधार, प्रशासनिक सहजता र विद्यार्थी हितको रक्षा

ताजा समाचार, मुख्य समाचर
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा संयुक्त विद्यार्थी सङ्गठनहरूको साझा प्यानलका साथ चुनावमा होमिएका उमेद्वारहरुले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । अनेरास्ववीयु, अखिल क्रान्तिकारी, अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्य समूह र अनेरास्ववियु बहुमतको संयुक्त प्यानलका साझा उमेदरवारहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनीहरूको घोषणा पत्रमा समग्र पृथ्वीनारायण क्याम्पसको शैक्षिक सुधार, प्रशासनिक कार्यका सिलसिलामा विद्यार्थीहरूले भोग्नु परेका जटिलताहरूको समाधानमा खबरदारी, विद्यार्थी हकहितको वकालत, शैक्षिक वातावरणमा सुद्धिकरण र क्याम्पसको सर्वाङगिण विकासका तमाम विषयहरूमा आफ्नो सरोकार र चासो व्यक्त गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । विभिन्न कारणले धमिलिएको क्याम्पसको शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री बनाउँदै सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा...
स्थानीयको समस्या लाई समाधान गर्ने सर्तमाबिहिवार देखि फोहोर फाल्न दिने सहमति

स्थानीयको समस्या लाई समाधान गर्ने सर्तमाबिहिवार देखि फोहोर फाल्न दिने सहमति

ताजा समाचार, मुख्य समाचर
पोखरा पाेखरा मा छरपरष्ट जताततै थुप्रिएको फोहोर पोखरा महानगर पालिकाले अन्तत: फेरि बिहिवार उठाउने भएको छ।महानगरपालिकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ घाेषणा गरेकाे थियाे ।तर भ्रमण वर्ष मनाइरहँदा यतिबेला पाेखराका चाेक-चाेकमा फाेहाेरका डङ्गुर थुप्रिएका छन् । जसले गर्दा पर्यटनको राजधानी पाेखरा कुरुप मात्र हाेइन दुर्गन्धित बनेकाे छ । हुन त महानगरकाे लागि याे नयाँ विषय पनि हाेइन यसभन्दा अगाडि पनि यसरी नै पोखराका सडकभरि समयमा फाेहाेर नउठ्दा छरिएको अवस्था थियाे । ल्याण्डफिल साइटमा स्थानीय बासिन्दाकाे अवरोधका कारण पोखरामा चार दिनदेखि फाेहोर उठ्न नसकेको हाे। जसले गर्दा पाेखराकाे अति व्यस्त बजारहरु चिप्लेढङ्गा, महेन्द्रपुल, न्यूराेड, सृजनाचाेक, नयाँबजार लगायतका ठाउँहरुमा फाेहाेरकाे दुर्गन्धले मुख छाेप्दै आवातजावत गर्नुपर्ने बाध्यता एकातिर...
राम गुरुङ अध्यक्षमा निर्वाचित, पोखरा फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा नयाँ नेतृत्व

राम गुरुङ अध्यक्षमा निर्वाचित, पोखरा फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा नयाँ नेतृत्व

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको अध्यक्षमा अग्रज फोटो पत्रकार राम गुरुङ निर्वाचित भएका छन्। संघको नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, तथा सदस्यहरूमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्। रिक्त सहसचिव र तीन सदस्यहरू पछि मनोनयन गर्ने निर्णय निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए। अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले गरेका थिए। उनले फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा भएको बताउँदै समाचारका लागि फोटो अनिवार्य रहने उल्लेख गरे। ‘समाचार लेखियो, समयसँगै पुरानो हुन सक्छ, तर फोटो कहिल्यै पुरानो हुँदैन,’ उनले भने। नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारको जति महत्व छ, त्योभन्दा ...
अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरु,वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा कोटिहोम महायज्ञ हुने निर्णय भएको हो । सोमबारको बैठकले पोखरामा हुँन लागेको उक्त कोटिहोम महायज्ञ सबै मिलेर सफल पार्ने निर्णय भएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बैठकपछि जानकारी दिए । त्यस्तै मंगलबार बिहान पोखरा महानगरपालिकाको ४३ औं कार्यापालिकाको बैठक बसी ५ सदस्यिय विबाद स...
इन्स्योरेन्सको लोभले आफ्नै पसलमा आगजनि पक्राउ परे लोहार

इन्स्योरेन्सको लोभले आफ्नै पसलमा आगजनि पक्राउ परे लोहार

ताजा समाचार, मुख्य समाचर
पोखरा खडेरी हुने बित्तिकै जताततै आगलागीको डर हुन थाल्छ। सरकारि सुरक्षा निकायले समेत आगलागी बाट बच्ने बिभिन्न सुरक्षाका उपायको अवलम्बन गर्न सुचना प्रवाह गर्छन्। आगलागी या त बिजुलि सट भएर या त ग्यास ,पुजाकोठा बाट आगो लागेका खवर आउछन् ,हो त्यस्तै पोखराको न्युरोडमा रहेको एक पसलमा अचानक आगलागि भएको खवर फैलिन्छ।बिभिन्न सुरक्षा निकाय स्थानीय लगायतको सहयोगमा आगो निभाइन्छ। बजारमा विध्युत सट भएर आगो लागेको गाइगुइ चल्छ। तर घटनास्थल लाई नजिकै बाट नियालेको कास्की प्रहरी भने उनलाई शङ्काको घेरामा राखेर चुपचाप आफ्नो अनुसन्धान लाई अगाडि बढाउदै जान्छ फलत आम नगरवासिले सोचे भन्दा फरक अकल्पनिय योजना सहितको घटना बाहिर आउछ हो त्यस्तै भएको छ पोखराको न्युरोडमाइन्सुरेन्सको लोभमा परी आफ्नै पसलमा आगो लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ भुइको टिप्छु भन्दा ग‍ोजिको पोखिय...
गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा दुर्घटना न्युनीकण प्रशिक्षण

गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा दुर्घटना न्युनीकण प्रशिक्षण

ताजा समाचार, मुख्य समाचर
पोखरा गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए । यस्तै गण्डकी ममझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए । नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसी वारे प्रशिक्षण दिएका थिए । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रमा बोल्दै ...
कोटिहोम विवाद: विश्व हिन्दु महासंघको आपत्ति, महानगर प्रवक्तामाथि विश्वासघातको आरोप

कोटिहोम विवाद: विश्व हिन्दु महासंघको आपत्ति, महानगर प्रवक्तामाथि विश्वासघातको आरोप

ताजा समाचार, मुख्य समाचर
पोखरा कोटिहोम भूमिपूजनका क्रममा भएको झडपलाई लिएर विश्व हिन्दु महासंघ कास्कीले कडा आपत्ति जनाएको छ। महासंघकी उपाध्यक्ष पार्वता पौडेलले नारी दिवसकै नजिक महिलामाथि अमानवीय व्यवहार भएको भन्दै घटनाप्रति दुःख व्यक्त गरिन्। महासंघका वरिस्ठ उपाध्यक्ष शंकर खरालले पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरले धार्मिक द्वन्द्व मच्चाउन खोजेको आरोप लगाए। उनले सत्यतथ्य लेख्न पत्रकारहरूलाई आग्रह गर्दै, आफ्नो अडियो सार्वजनिक गरेर महानगर प्रवक्ता मोति तिमिल्सिनाले विश्वासघात गरेको दाबी गरे। उक्त अडियोमा खरालले "कोटिहोम रोके उडाई दिने" भन्दै आपत्तिजनक भाषा प्रयोग गरेको सार्वजनिक भएको छ। यसैबीच, विश्व हिन्दु महासंघ नेपाललगायत विभिन्न धार्मिक संस्थाहरूले पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत महानगरको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। महासंघका अध्यक्ष जगन्नाथ कोइरालाले पोखरा महानगर र प्रहर...
पोखराको लेकसाइडमा कोटीहोम पक्षधर र महानगर प्रहरीबीच झडप, दर्जनौं घाइते

पोखराको लेकसाइडमा कोटीहोम पक्षधर र महानगर प्रहरीबीच झडप, दर्जनौं घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका वडा नम्बर ६, लेकसाइड वाराही मैदान क्षेत्रमा कोटीहोम महायज्ञको भूमिपूजा कार्यक्रम आयोजना गर्ने क्रममा हिजो बिहान आयोजक र नगर प्रहरीबीच झडप भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले भूमिपूजाका लागि साइत निकालेको थियो, तर महानगरपालिकाले अनुमति नदिएको भन्दै भूमिपूजन कार्यक्रम रोक्ने प्रयास गर्दा तनाव उत्पन्न भएको हो। महानगरपालिकाले फेवातालको किनारमा लामो समयसम्म यस्तो कार्यक्रम गर्दा पर्यटकीय गतिविधिमा असर पर्ने र सुरक्षा संवेदनशीलता बढ्ने भन्दै कोटीहोमका लागि अनुमति नदिएको जनाएको छ। नगर कार्यपालिकाको माघ २० गते बसेको बैठकले नेपाल ट्रस्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न पत्र पठाउने निर्णय गरेको थियो। ट्रस्टले भने अनुमति दिइसकेको हुँदा फिर्ता गर्न वा खारेज गर्न नमिल्ने बताएको थियो। यसअघि, कोटीहोमबारे महानगरपालिका र मानव सेवा फाउण्डेसनबीचको विवाद उच्च अदाल...