पोखरामा “स्वरसम्राट नारायणगोपाल” पुस्तकको विमोचन: प्रकाश सायमीको बायोपिक चलचित्र बनाउने घोषणा
पोखरा
पोखरा / शनिबार स्वर सम्राट नारायण गोपाल पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भएको छ।पोखराको अग्रपङ्तिमा स्थापित एभरेस्ट एफएम ९३ द्वारा आयोजित विमोचन कार्यक्रममा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, वरिष्ठ साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, लोक गायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपती पदमराज ढकाल, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी लगायतका व्यक्तित्व हरूको उपस्थितीमा एकैसाथ पुस्तक विमोचन गरिएको थियो ।
पुस्तकको विमोचन समारोहमा बोल्दै लेखक र अध्ययनशील व्यक्तित्व प्रकाश सायमीले स्वरसम्राट नारायण गोपालको जीवन कथामा आधारित चलचित्र बनाउने घोषणा समेत गर्नु भएको छ।
सोही अवसरमा वहाले आफूले लेखेको पुस्तक "स्वरसम्राट नारायणगोपाल"बाट बायोपिक चलचित्र निर्माण गर्ने बताउनु भयो ।वहाले तीन...









