पोखराको पुम्दीभुम्दीमा शनिबार पहिलो : ऐतिहासिक पर्वतीय दौड
पोखरा
अत्यन्तै रमणिय पर्यटकिय स्थल पुम्दीभुम्दीमा शनिबार प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ हुने भएको छ। प्रतियगितामा स्वदेसि तथा बिदेसि साथै विभिन्न उमेर समूह गरि १०४ जना धावकले भाग लिने भएका छन् ।
पोखरा क्लिक द्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालसहित बेलायत र ब्राजिलका गरी ३ राष्ट्रका ७१ पुरुष र ३३ महिला धावकले भाग लिने जनाइएको हो । जसमा सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत प्रतियोगितामा भाग लिने भएका छन् ।
विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको प्रतियोगितामा सँयोजक दिननाथ वरालेले बताए ।
खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र...









