स्टार ग्रुपको पाँचौ शाखा जापानको चिवा क्षेत्रमा विस्तार:प्रमुख पण्डित
पोखरा
जापानको फुकुसी र इबाराकी क्षेत्रमा रेष्टुरेन्ट, ग्रोसरी एवम् बार लगायतका व्यवसाय गर्दै आएको सिर्जना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ।
यही सेप्टेम्बर २० तारिखदेखि सेवा सुरु गरेको स्टार ग्रुपको पाँचौं शाखामा नेपाली खानाका परिकारहरू पाइने भएका छन्। साथै, बैठक, सेमिनार तथा पारिवारिक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्न सकिने ठाउँ रहेको कम्पनीका सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो।
चिवा केनको याचिओदाई स्टेशन नजिकै रहेको आवकी भवनको पहिलो तलामा ग्रोसरी र दोस्रो तलामा रेष्टुरेन्ट रहेको छ। जापानीहरू माझ लोकप्रिय रहेको स्टारले नेपालीहरूलाई लक्षित गरेर सेवा विस्तार गरेको हो। मार्टमा सुपथ मूल्यमा सामानहरू पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजर सुनिल...









