असार १५ : पोखरामा रोपाइँ महोत्सवहरूको रौनक, कृषि–पर्यटन प्रवर्द्धनमा उत्साह
प्रकाश अधिकारी ,पोखरा
‘मानो रोपेर मुरी फलाउने’- भन्ने नेपाली उखानलाई आत्मसात गर्दै यस वर्षको असार १५ मा पोखराका विभिन्न ठाउँमा आयोजना गरिएका रोपाइँ महोत्सवहरू उल्लासपूर्वक सम्पन्न भएका छन्। धान खेतीप्रति सम्मान, कृषकप्रतिको कदर र कृषि–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित महोत्सवहरूले पोखरालाई कृषि पर्यटनको आकर्षक गन्तव्यको रूपमा थप उचाइमा पुर्याएको छ।
गुँदेतालमा २०औँ रोपाइँ महोत्सवपोखरा महानगरपालिका वडा नं. २६ स्थित गुँदेताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २०औँ असारे रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भयो। 'पर्यटन सबै मौसमका लागि' भन्ने मूल नारासहित आयोजित महोत्सवमा परम्परागत हल गोरुद्वारा धान रोपाइँ, हिलो छ्यापाछ्याप, रस्साकस्सी, माछा समाउने, र विविध सांगीतिक प्रस्तुतिहरूले सहभागी तथा दर्शकलाई भरपूर मनोरञ्जन दिलायो।
गुँदेतालमा आयोजित पत्रकारहरूको छुट्टै ह...









