परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
पोखरा, असार २८ – परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ। साधारणसभासँगै सम्पन्न अधिवेशनबाट सुदिप बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिइएको छ।
क्लबका अनुसार, उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा सदस्य सन्जिब गुरुङ रहनु भएको थियो भने अध्यक्षता निवर्तमान अध्यक्ष कमल बरालले गर्नुभएको थियो। कार्यक्रममा एमाले–२२ का पार्टी अध्यक्ष राजेन्द्र बराल, नेकपा माओवादी–२२ का उपाध्यक्ष सनत कुमार बराल, नेकपा समाजवादीका सचिव तथा वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बराल, सिर्जनशील आमा समूहकी अध्यक्ष समुद्र बस्नेत केसीलगायत स्थानीय तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
क्लबले दिएको जानकारी अनुसार नवगठित कार्यसमिति अध्यक्ष सुदिप बराल, उपाध्यक्ष सरस्वती बराल, सचिव दक्षिणा बराल, कोषाध्यक्ष श्रद्धा बराल, वरिष्ठ स...









