अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय अध्यक्षमा : योद्धा प्रविणाको उमेदवारि
कास्कीमा जन्मिएर सघर्ष र जनयुद्धले हुर्काएकी प्रविणा अधिकारिले अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्ष पदमा उम्मेदवारी दिएकि छन्प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
कास्कीको माछापुच्छ्रे तत्कालिन अवस्थामा जनयुद्ध शुरु भएसगै माओवादीको आधार इलाका थियो । त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। उनको घरलाइ सेल्टर बनाइएको थियोे भने उनको घरमा तत्कालीन योद्धा हरुका माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे । जसले गर्दा उनी सानै उमेरमा पनि माओवाद विचार धार बाट प्रभावित हुँदै गइन।
त्यतिबेला उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् नयाँहरु कुरा खोज्ने ...









