Thursday, April 23News That Matters

ताजा समाचार

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७, बिरौटामा आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। मानवसेवा फाउण्डेशन नेपालद्वारा आयोजित यस विराट धार्मिक अनुष्ठानको पूर्वसन्ध्यामा आइतबार संकल्प सभा तथा पत्रकार भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार कोटिहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक जागरण र समृद्धि हो। उनले गण्डकी क्षेत्रको धार्मिक महत्त्व, सांस्कृतिक सम्पदा र सनातन परम्पराको गौरव कोटिहोममार्फत चिनाउन खोजिएको बताए। संकल्प सभामा विविध सहयोगी व्यक्तिहरूले महायज्ञका लागि आर्थिक तथा भौतिक सहयोगको घोषणा गरेका थिए। आयोजकले उनीहरूप्रति सम्मान प्रकट गर्दै कृतज्ञता व्यक्त गर्‍यो। सो अवसरमा महायज्ञअघि सञ...
आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

ताजा समाचार, मुख्य समाचर
पोखरा भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेक...
श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको संकल्प सभा तथा पत्रकार भेटघाट

श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको संकल्प सभा तथा पत्रकार भेटघाट

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को आन्तरिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिंदै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले संकल्प सभा आइतबार सम्पन्न हुने वताउनु भएको छ । श्री मानव सेवा फाउण्डेशन नेपाल तथा सनातन धर्मानुयायीहरूको संयुक्त आयोजनामा हुन लागेको संकल्प सभा चैत २४ गते बिहान ११:०० बजे रॉयल महल ब्याङ्क्वेट, पोखरा–१७ मा आयोजना हुनेछ। महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार संकल्प सभामा संकल्प पत्र वाचन, मूल आयोजक समिति गठन, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा कोटिहोम समितिको बैठक समेत गरिनेछ। ...
प्रथम एलिट भलिबल कप–२०८१ वैशाख १ गतेसम्म पोखरामा

प्रथम एलिट भलिबल कप–२०८१ वैशाख १ गतेसम्म पोखरामा

ताजा समाचार, मुख्य समाचर
पोखरा एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा "प्रथम एलिट भलिबल कप–२०८१" चैत २९ देखि वैशाख १ गतेसम्म पोखरा–३, नदिपुरस्थित एकेडेमीको खेलमैदानमा हुने भएको छ। प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा प्रतिस्पर्धा हुनेछ। महिला समूहमा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। पुरुष समूहमा पहिलो हुने टोलीले १ लाख नगद तथा दोस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी प्रदान गरिनेछ। पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार, र अन्य विधाका उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर तथा डिफेन्डरले रु. २ हजार नगद पाउनेछन्। महिलातर्फ उत्कृष्ट खेलाडीलाई रु. ३ हजार र अन्य विधाका खेलाडीले रु. १,५०० नगद पुरस्कार प्राप्त गर्नेछन...
ककनि गाउपालिका स्वास्थ्य महाशाखा भ्रमण ट‍ोलि तथा पोखरा स्वास्थ्य प्रवर्दन केन्द्र बिच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

ककनि गाउपालिका स्वास्थ्य महाशाखा भ्रमण ट‍ोलि तथा पोखरा स्वास्थ्य प्रवर्दन केन्द्र बिच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा /पोखरा महानगर पालिका सहरि स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा बाग्मति प्रदेस नुवाकोट रानिपौवा ककनि गाँउपालिका स्वास्थ्य स्वँय सेविका भ्रमण ट‍ोलि बिच , नया बजार केन्द्र परिसरमा चैत्र २० गते बिहिवार अनुभव भेटघाट आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउपालिकाको नीति तथा कार्यक्रम अन्तरगत महिला स्वास्थ्य कर्मिको असल अभ्यास आदानप्रदान तथा भ्रमण कार्यक्रम अन्तरगत ककनि गाउपालिका उपमेयर मिठु तमाङको नेतृत्वमा आएको भ्रमण ट‍‍ोलि लाई शहरी स्वास्थ्य प्रवर्द्धन प्रमुख कुस्मराज पौडेल साथै गण्डकी प्रदेस पार्षद सञ्चारकर्मि तथा सुचना अभियन्ता शिबराज बस्ताकोटि शिवदाइले एक कार्यक्रमका बिच स्वागत गर्नु भएको छ।कार्यक्रममा ककनि गाउपालिकाको तर्फबाट उपमेयर मिठु तमाङ वडा अध्यक्ष पदम् वहादुर श्रेष्ठ वलामि साथै ककनि स्वास्थ शाखा प्रमुख धमनसिह राई साथै स्वास्थ्य स्वँय सेविका समेतको टोलि र प‍ोखरा शहर...
पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१: प्रवेश निःशुल्क नेपाली लोकसंगीतको सम्मानमा विशेष कार्यक्रम

पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१: प्रवेश निःशुल्क नेपाली लोकसंगीतको सम्मानमा विशेष कार्यक्रम

ताजा समाचार, मनोरन्जन
पोखरा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सम्मानमा 'पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१' आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०८१ साल चैत्र २२ गते शुक्रबार पोखरा सभागृहमा दिउँसो ३ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ।​ प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार, कार्यक्रममा पुरुषोत्तम न्यौपानेले आफ्ना १८ लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ। साथै, उहाँको जीवनीमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिनेछ। सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको छ।​ पुरुषोत्तम न्यौपाने नेपाली लोकदोहोरी क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहनु भएको छ। २०४६ सालमा 'बलाम देवीथान' बोलको गीतबाट सांगीतिक यात्रा प्रारम्भ गर्नु भएका न्यौपानेका 'झिलझिल सितारा', 'ऐना हेरेर', 'फूलको बासना', 'श्रीखण्ड चन्दन', 'मिर्मिमुन...
राजनीति भनेको सेवा हो।ब्यक्तिगत लाभका लागि हैन, जनताको हितका लागि हो।-मन्त्री थापा

राजनीति भनेको सेवा हो।ब्यक्तिगत लाभका लागि हैन, जनताको हितका लागि हो।-मन्त्री थापा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकार बाट सुविधा पाउने सरकारि निवास मात्रै नभएर आफुले पाएको तलब भत्ता विभिन्न सँघ सस्थालाइ सहयोग गरेर सामाजिक सेवामा खर्च गरि वास्तविक लोकतान्त्रिक इतिहास बनाउन सफल हुनु भएको छ। वहाले गएको वर्षमा मात्र आफुले पाएको सरकारी तलव भत्ता सहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवाका लागि प्रदान गर्नु भएको छ। प्रदेश सभा सचिवालय र मन्त्रालयबाट २०८० फागुन देखि हाल सम्म बैक खातामा जम्मा भएको प्राप्त रकम ९ लाख ९ हजार ९४ रुपैयाँ सहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक सेवामा खर्च गर्दै आएको वताउनु भएको छ । वहाले मँगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैठक भत्ता मासिक पारिश्रमिक र अन्य सुविधा समेत सामाजिक सेवामा खर्च गरेको पत्रकार बिच जानकारी गराउ...
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्री पाण्डेलाई कास्की शाखाले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझायो

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्री पाण्डेलाई कास्की शाखाले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझायो

ताजा समाचार, मुख्य समाचर
पोखरा चैत्र १८/सोमबार /राजावादि दुर्गा प्रसाइको नेतृत्वमा भएको आन्दोलनको क्रममा एभिन्युजकर्मि पत्रकार राजेस रजकको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासँघ आन्दोलित भएको छ ।नेपाल पत्रकार महासँघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासँघ गण्डकी प्रदेस तथा पत्रकार महासँघ कास्कीले रजकको हत्या सगै देसमा भएका अराजक गतिविधि प्रति सिङ्गो पत्रकार जगत गम्भीर भएको जनाउदै ध्यानाकर्षण पत्र बुझाएको छ।पत्रकार महासघ गण्डकी प्रदेस अध्यक्ष रमेस पौडेलको नेतृत्वमा पत्रकार महासँघ पदाधिकारी तथा सदस्य साथै नागरिक समाज मानवधिकारकर्मि सहितको उपस्थितिमा अध्यक्ष रमेस पौडेलले पत्र वाचन गरि गण्डकी प्रदेस माननीय मुख्यमन्त्रि सुरेन्द्र पाण्डे ज्यु मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै सोही अवसरमा मुख्य...
हेमजामा १३औं राष्ट्रिय आलु महोत्सवको तयारी तिब्र , विविध कार्यक्रम प्रमुख आकर्षण

हेमजामा १३औं राष्ट्रिय आलु महोत्सवको तयारी तिब्र , विविध कार्यक्रम प्रमुख आकर्षण

ताजा समाचार, मुख्य समाचर
पोखरा हेमजा, कास्की – “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ” “आलु एक परिकार अनेक” भन्ने नाराका साथ १३औं राष्ट्रिय हेमजा आलु महोत्सव-२०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। पोखरा महानगरपालिका-२५, हेमजामा चैत्र २४ गतेदेखि वैशाख ३ गतेसम्म महोत्सव आयोजना गरिँदैछ। कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित महोत्सवमा आलुका अनगिन्ती परिकार, आलुको पहाड निर्माण, कृषि उपज प्रदर्शन तथा चर्चित कलाकारहरूको बेजोड प्रस्तुति हुने महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, "महोत्सव कृषकको चाड हो।" पत्रकार सम्मेलनका क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका प्रवक्ता एवं वडा नं. २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले हेमजालाई कृषि राजधानीको रूपमा विकास गर्न तथा यस्ता महोत्सवहरूले कृषि पर्यटनलाई अगाडि...
स्ववियु निर्वाचनमा सहभागिता जनाउने अखिल (क्रान्तिकारी) को घोषणा

स्ववियु निर्वाचनमा सहभागिता जनाउने अखिल (क्रान्तिकारी) को घोषणा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा, १७ चैत— अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन प्रक्रियासम्बन्धी उठाएको असहमति समाधान भएपछि निर्वाचनमा सक्रिय सहभागिता जनाउने घोषणा गरेको छ। यसअघि, जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सन्दर्भमा क्याम्पस प्रशासन र निर्वाचन समितिले अखिल (क्रान्तिकारी) को माग बेवास्ता गर्दै चैत ५ गते निर्वाचन प्रक्रिया अघि बढाएपछि संगठनले विरोधस्वरूप तालाबन्दी गरेको थियो। अन्ततः प्रशासन र निर्वाचन समितिले नयाँ प्रक्रियाबाट मनोनयन अघि बढाउने सहमति गरेपछि संगठनले उक्त निर्णयलाई स्वागत गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुने प्रतिबद्धता जनाएको छ। अखिल (क्रान्तिकारी) ले निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्दै अन्य विद्यार्थी संगठनहरूलाई पनि निष्पक्ष प्रतिस्पर्धाका लागि तयार रहन अपिल गरेको छ। "विद्यार्थी अ...