मणिपाल हस्पिटल तथा पोखरा इलेक्ट्रोनिक मोबाइल व्यवशायिक सँघ बिच स्वास्थ सेवा सम्झौता
पोखरा
इलेक्ट्रोनिक तथा मोबाईल व्यावसायिक संघ कास्की तथा मणिपाल हस्पिटल प्रशासन बिच आज बुधबार २४ गते स्वास्थ्य क्षेत्रका बिभिन्न सेवामा छूट सुविधा हरू उपलब्ध गराउने सम्झौता भएको छ।
मणिपाल हस्पिटल प्रशासन का ceo श्री अनिल ओडूविल तथा सस्थाका अध्यक्ष चिन्तामणि खरेल बीच हस्ताक्षर गरी सम्झौता गरीएको छ।
सोहि सम्झौताका लागि कृष्ण मोहन श्रेष्ठ , रोशन अधिकारी,कृष्णप्रसाद गौतम लगायतले पहल गर्नु भएको थियो। सम्झौता हस्ताक्षर गर्दै सघका अध्यक्ष खरेलले सम्झौतामा पहल गरि सहयोग गर्नु हुने मणिपाल व्यवस्थापन तथा प्रशासन लगायत सबैमा धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियोे ।सोही अवसरमा व्यवशायि सँघका महासचिव रामचन्द्र तिवारी लगायत पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
यो भिडियो पनि हेर्नुहोस:-
https://youtu.be/R9Xlt_LVyCo
...









