राधेश्याम मुल्मीलाई २०८० को ‘ललितकला पुरस्कार’ र ‘सोम वज्राचार्य स्मृति संगीत पुरस्कार रामभक्त जोजेजुलई प्रदान
पोखरा
पोखरामा आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकार तथा प्राध्यापक राधेश्याम मुल्मीलाई 'ललितकला पुरस्कार २०८०' र वरिष्ठ संगीतकार एवं गायक रामभक्त जोजेजुलाई 'सोम वज्राचार्य स्मृति संगीत पुरस्कार २०८०' प्रदान गरिएको छ।
ललितकला पुरस्कारका संस्थापक दुर्गा बरालले आफ्नो नाम नराखी ‘ललितकला पुरस्कार’ नामकरण गरी उत्कृष्ट त्याग गरेको कार्यक्रममा विशेष अतिथि कवि तीर्थ श्रेष्ठले बताए। उनले पुरस्कारले प्राज्ञिक क्षेत्रका वरिष्ठ कलाकारहरूको योगदानलाई सम्मानित गरेकोमा खुशी व्यक्त गरे।
दुर्गा बरालले आफ्नो पहिल्यै प्राप्त गरेको पुरस्कारलाई संकलन गरी त्यसबाट कोष स्थापना गरी ‘ललितकला पुरस्कार’ स्थापना गरेका थिए। कार्यक्रममा वक्ताहरूले दुर्गा बरालको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कला र संस्कृतिका लागि गरिएको त्यागलाई उदाहरणीय भने , त्यसैबाट अहिले सम्म पुरस्कारहरू प्रदान गरिँ...









