पोखराका इलेक्ट्रोनिक्स व्यवसायी तथा मोबाइल वितरक संघले ल्याए ‘चाडपर्व उपहार कुपन योजना–२०८२’, ३ लाख कुपन वितरण गर्ने लक्ष्य
पोखरा
पोखरामा पहिलोपटक ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ औपचारिक रूपमा सुरु गरिएको जानकारी पत्रकार सम्मेलन बाट दिएको छ । कास्की जिल्लास्थित मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायमा संलग्न ३१० भन्दा बढी प्रतिष्ठानको संयुक्त पहलमा सुरु भएको यस योजनाको उद्देश्य चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षित गर्दै स्थानीय व्यापार प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्।
साउन १५ गतेदेखि सुरु भई माघ १५ गतेसम्म सञ्चालन हुने यो योजना अन्तर्गत सहभागी पसलहरूबाट मोबाइल वा इलेक्ट्रोनिक सामान खरिद गर्ने ग्राहकहरूले उपहार कुपन पाउनेछन्। "मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार, बाइक स्कुटर हातमा" भन्ने मूल नाराका साथ अघि बढाइएको योजनामा करिब ३ लाख कुपन वितरण गरिनेछ।हरेक महीनाको एकचोटी १०५ जनाले विशेष भाग्यशाली उपहार जित्ने आयोजकको भनाई रहेको छ ।
यस योजनामा भाग्यशाली ५०६ जना ग्राहकले...









