Wednesday, April 22News That Matters

मुख्य समाचर

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, वर्ष खेलाडी बने अरुणा र विश्वास पोखरा नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए । महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शा...
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

ताजा समाचार, मुख्य समाचर
पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनीहरूसँगै आजै नै पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको पनि उपस्थिति रहने छ जसले आज कोटिहोम सङ्गीतमय हुनेछ । शुक्रवार नै टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति  र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आउदैछन् । त्यस अवसरमा प्रमुख प्रशासकीय  अधिकृत बिसीको भजनको भिडियो व...

राष्ट्रिय पत्रकारिता पुरस्कार बाट श्रेष्ठ सन्मानित।

ताजा समाचार, मुख्य समाचर
राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार महासँघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठ सन्मानित हुनु भएको छ।राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वहाँ सहित ६ जना पत्रकार सम्मानित हुनु भएको छ। श्रेष्ठ सहित विमल गौतम, लोग्शरी कुँवर, दीपेन्द्र बान्तवा, डम्बर खतिवडा र सागर पण्डितलाई एक लाख राशिको पुरस्कार प्रदान गरिएको छ ।बुधबार सूचना तथा सँञ्चार प्रविधि मन्त्रालय द्वारा शितल निवासमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वहाहरु पुरस्कृत हुनु भएको छ। त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनु भएको छ। आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिदै ,नेपालको ...
एउटै नम्बरका दुई स्कुटर, सम्बन्धित निकाय वर्षौँदेखि बेखबर

एउटै नम्बरका दुई स्कुटर, सम्बन्धित निकाय वर्षौँदेखि बेखबर

ताजा समाचार, मुख्य समाचर
संसारमा फरक–फरक जन्म र ठाउँका भए पनि उस्तै–उस्तै अनुहार भएका मानिसहरू पनि हुन सक्छन्। एउटै कम्पनी सवारी साधन पनि उस्तै उस्तै हुन सक्छन्। इन्जिन नम्बर च्याचिस नम्बर सवारी नम्बर प्लेट एउटै हुन सक्दैन । तर गण्डकी प्रदेस मातहतमा रहेको यातायात ब्यबस्था कार्यालय सवारी शाखा कास्कीमा भने सुन्ने हरुलाई समेत चकित पार्ने गरि  दर्ता भएका स्कुटर भने एउटै नम्बर भएको पाइएको छ। गण्डकी प्रदेश सरकारको मातहतमा रहेको यातायात कार्यालय प्रदेशमा सबैभन्दा बढी राजस्व उठाउने कार्यालय हो । तर यातायात कार्यालय भित्रै सोरुमका अफिस सञ्चालन गरि सोरुमका कर्मचारीले हालिमुहालि गरेको भन्ने कुरा यथेस्ट प्रमाण यतिबेला फेला परेको छ।  सरकारी अड्डा भित्र सेवा ग्राहिलाइ सेवा दिने काम सरकारी कर्मचारीको भएपनि  नेपालका अधिकास यातायात ब्यबस्था कार्यालयमा सेवाप्रदायसेवाग्राहि बिच मध्यस्थतको रु...
नवौ पोखरा स्पोर्टस् अवार्ड २०८१ नेपाल लाई

नवौ पोखरा स्पोर्टस् अवार्ड २०८१ नेपाल लाई

ताजा समाचार, मुख्य समाचर
पोखरा पत्रकार विजय नेपाल नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ द्वारा सन्मानित हुने भएका छन्।नवौ पोखरा स्पोर्टस् अवार्ड २०८१ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । मञ्चका पूर्व अध्यक्ष केशव पाठक सँयोजक रहेको प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा रहेका थिए । मञ्चद्वारा वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजित नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा उनलाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान ...
कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको बताइन्छ ।कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएक...
जिरो किमी–हल्लनचोक सडकखण्डमा अनियन्त्रित सवारी दुर्घटना, पोलसहित क्षति

जिरो किमी–हल्लनचोक सडकखण्डमा अनियन्त्रित सवारी दुर्घटना, पोलसहित क्षति

ताजा समाचार, मुख्य समाचर
पोखरा जिरो किमी–हल्लनचोक सडकखण्डमा आज बिहान सवारी दुर्घटना भएको छ।आज बिहान करिब ३:४५ बजे जिरो किमीबाट हल्लनचोकतर्फ आइरहेको सवारी अनियन्त्रित भई मिनमार्ट अगाडि डिभाइडर लेनमा ठोक्किएर दुर्घटना भएको हो। डिभाइडरमा ठोक्किएपछि सोही ठाउँमा रहेको सोलार बत्तीको पोल ढलेको छ भने सवारीमा क्षति पुगेको छ। कास्की ट्राफिक प्रहरीका अनुसार चालक सकुशल रहेका छन् र उनलाई प्रहरीको नियन्त्रणमा लिइएको जनाइएको छ। ...
कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने भनाइ

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने भनाइ

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा सम्पन्न ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ अन्तर्गत १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई भावुक वातावरणमा बिदाई गरिएको छ। बिदाईको क्षणमा कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो। ‘प्यार से बोलेन’ भन्ने देवीको प्रिय भनाइ सम्झिँदै भक्तजनसहित आयोजकहरू भावुक बनेका थिए। त्यसबेला स्वयं देवीको आँखामा पनि आँशु टिल्पिलाएका थिए। संकल्पकर्ता विजय कृष्णमूर्तिले देवीलाई फूलमालासहित पूजा गर्दै बिदाई गरे। देवी प्रतिभा र उनको टोलीलाई मानव सेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको हो। बिदाई समारोहमा विजय कृष्णमूर्ति अत्यन्त भावुक बनेका थिए। अभिनन्दन पत्र पढ्दा भक्कानिएर पढ्नै नसक्ने अवस्थामा पुगे, जसले उपस्थित सबैको...
पुष्पलाल पार्कमा धार्मिक तथा पर्यटकिय स्थलका तस्बिर सहित वाल पेन्टिङ

पुष्पलाल पार्कमा धार्मिक तथा पर्यटकिय स्थलका तस्बिर सहित वाल पेन्टिङ

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगर पालिका मेयर धनराज आचार्यले पोखरा भ्रमण बर्ष २०२५ सफल पारौ भन्ने मुल नाराका साथ घ‍ोषणा गरे सगै पोखराका विभिन्न सँघ सँस्थाले आ आफ्नो ठाउबाट सहयोग गर्दै आएका छन्। पर्यटकका लागि पोखराका विभिन्न ठाउमा रहेका मठ मन्दिर पर्यटकिय स्थल हरुको जानकारी दिने उदेश्यले पोखरा महानगरपालिका वडा नं.७ बुलौदी स्थित पुष्पलाल स्मृति पार्कको वालमा पेन्टिङ चित्र हरु कोरिएको छ । पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट सङ्घको सहकार्यमा उक्त वालमा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो । अन्तर्राष्ट्रिय १३६ अौ मे दिवसका अवसरमा १८ बिहिवार पोखरा महानगर पालिका मेयर तथा प्रमुख अतिथि धनराज आचार्यले सो पेन्टिङ वालको अर्गानिक अनावरण गर्दै प्रमुख अतिथि आचार्यले यस्ता सुन्दर मनमोहक दृस्य सहितका बाल पेन्टिङले यसै त प्राकृतिक सुन्दरताले सजिएको पोखरा त्यसमा पनि झन् पोखर...
पोखरामा पत्रकारका लागि डिजिटल साक्षरता तालिम सम्पन्न

पोखरामा पत्रकारका लागि डिजिटल साक्षरता तालिम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा वैशाख ११ देखि १३ गतेसम्म पोखरामा आयोजित ‘पत्रकारका लागि डिजिटल साक्षरता’ तालिम शनिबार सम्पन्न भएको छ। कार्यक्रम कोपिला नेपालले आयोजना गरेको हो भने नेपाल पत्रकार महासंघ कास्कीले समन्वय गरेको थियो। तीन दिनसम्म चलेको यो तालिममा पोखराका २० जना पत्रकारहरूले सहभागिता जनाएका थिए। तालिममा प्रशिक्षक रजनीश भण्डारीले मोबाइल पत्रकारिता, मल्टिमिडिया प्रविधि, कान्भा फर जर्नालिजम्, फोटो पत्रकारिता, भिडियो सम्पादन तथा एआई पत्रकारिता सम्बन्धी ज्ञान तथा सीप प्रदान गरे। भण्डारीले पत्रकारितामा एआईको प्रयोगले काम अझ प्रभावकारी र सहज बनाउने बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके पत्रकारिता क्षेत्र बलियो हुने धारणा राखे। उनले प्रविधिको तीव्र विकाससँगै पत्रकारले नयाँ चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता औंल्याए। इ...