विवसतै विवसताको घेरामा गणतन्त्र दिवस
हिजो देसमा राजतन्त्र थियो राजाबाट राजसस्था बाट मात्रै हैन दरवारिया राजसस्था निकट भाइ भारदार बाट अन्याय अत्याचार भयो नेपालि जनता माथि शोषण दमन भयो मुट्ठि भरका शासकहरुले देसमा मनपरि गरे । नेपालि जनता आफ्नो हक अधिकार वाट वञ्चित हुनु पर्यो। भन्दै नेताहरुले जैले पनि जनताका हक अधिकार सुनिश्चितता का लागि शासक र व्यवस्था परिवर्तन आजको आवस्यकता भन्दै विभिन्न खाले सघर्ष आन्दोलन दसबर्षे जनयुद्ध जनआन्दोलन को घोषणा गरे नेपालि जनताले पनि सातशाल देखि पटकपटक विश्वास गर्दै आए । पटकपटक साथ दिदै आए । जसले गर्दा नेपालिजनताको आवेस र आवेगकै कारण पटकपटक देसमा ठुलो राजनितिक हवाहुरि मात्रै चलेन पुरै भुइचालो नै आएजस्तो गरि पटकपटक पुरानु राज्यसत्ता सरचना लाई भत्काउदै सघिय लोकतान्त्रिक गणतन्त्र सहितको नया राज्यसत्ता स्थापित भयो ।
...








