समय पनि कति बलवान हुदो रहेछ। समयका अगाडि कसैको केहि लाग्दो रहेनछ।
हरेक कुराको चाहे व्यवस्थाको होस् चाहे शासन सत्ता कुर्चिको होस् समयको कुरा हुदो रहेछ। ससारमा यदि वलवान छ भने समय छ ।त्यो समय राम्रो नराम्रो दुई किसिमको हुदो रैछ। त्यसैले त कहिलेकहि भ्रष्टचारिहरुको मात्रै हैन श्रष्टाचारि इमानदारी जनताको पनि पालो आउदो रहेछ। कहिले जनता यति कमजोर निरिह बेसहारा बन्नु पर्दो रहेछ। कहिले फेरि सबै भन्दा शक्तिशालि आधि वेहरि हुरि भन्दा पनि शक्तिशालि बन्दो रहेछ। हो बङ्गला देसका जनताले कती सम्म सहेका रहेछन् कति सहनसिल रहेछन् कति इमानदार रहेछन् कति निरिह भएर बाचेका रहेछन् कति पीडा सहेर बसेका रहेछन् भन्ने कुरा त्यहाका जनताको सडकमा उर्लेको जनलहरले र उनिहरुमा देखिएको आक्रोसले स्पष्ट सङ्केत गरेको छ। जनता भनेको के हो जनशक्ती भनेको के रहेछ जनता जागे ब्युझिए भने के सम्म हुदो रहेछ कतिसम्म शक्ति प्रदर्सन गर्न सक्दा रहेछन् शासक लाइ कसरि धपाउदा रहेछन् शासकको निवासमा कसरि घेरा...



