नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्री पाण्डेलाई कास्की शाखाले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझायो
पोखरा
चैत्र १८/सोमबार /राजावादि दुर्गा प्रसाइको नेतृत्वमा भएको आन्दोलनको क्रममा एभिन्युजकर्मि पत्रकार राजेस रजकको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासँघ आन्दोलित भएको छ ।नेपाल पत्रकार महासँघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासँघ गण्डकी प्रदेस तथा पत्रकार महासँघ कास्कीले रजकको हत्या सगै देसमा भएका अराजक गतिविधि प्रति सिङ्गो पत्रकार जगत गम्भीर भएको जनाउदै ध्यानाकर्षण पत्र बुझाएको छ।पत्रकार महासघ गण्डकी प्रदेस अध्यक्ष रमेस पौडेलको नेतृत्वमा पत्रकार महासँघ पदाधिकारी तथा सदस्य साथै नागरिक समाज मानवधिकारकर्मि सहितको उपस्थितिमा अध्यक्ष रमेस पौडेलले पत्र वाचन गरि गण्डकी प्रदेस माननीय मुख्यमन्त्रि सुरेन्द्र पाण्डे ज्यु मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै सोही अवसरमा मुख्य...









