Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

कुलमानलाई हटाएको विरोधमा जनता असन्तुष्ट, सामाजिक सञ्जालमा आक्रोशको बाढी!

कुलमानलाई हटाएको विरोधमा जनता असन्तुष्ट, सामाजिक सञ्जालमा आक्रोशको बाढी!

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गरी उनको ठाउँमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको छ। सरकारको यो निर्णयप्रति सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। सरकारले कुलमानमाथि विद्युत खरिद सम्झौतामा मूल्य बढाएको, कार्यसम्पादन मूल्यांकनमा विवरण नबुझाएको, प्राधिकरणको नाफा ‘फेक’ देखाएको जस्ता आरोप लगाएको थियो। कुलमानले सातबुँदे जवाफ दिँदै आफूविरुद्ध कुनै कारबाही हुन नपर्ने दाबी गरेका थिए। सामाजिक सञ्जालमा धेरैले सरकारको निर्णयको विरोध गरेका छन्। कतिपयले “अब लोडसेडिङ फर्कने निश्चित छ” भन्दै सरकारलाई चुनौती दिएका छन् भने, केहीले “विनाश काले विपरीत बुद्धि” भन्दै सरकारकै आलोचना गरेका छन्। इन्भर्टर, मैनबत्ती, सोलार व्यवसाय फेरी चल्ने भन्दै व्यंग्य गर्नेहरूको संख्या बढ्दो छ। कोही “हिजो मैनबत्ती बनाउने तालिम लिएकाहरू ...
श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ। आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः पोखरा महानगरपालिका-१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर गुठीको जग्गा तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि, बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते भूमिपूजनका क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो। त्यसपछि फागुन २६ गते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, पोखरा महानगरका पदाधिकारी, विश्व हिन्दू महासंघका प्रतिनिधि, र महायज्ञ आयोजकबीच बैठक बसेर समस्या समाधान समिति गठन गरिएको थियो। समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः पोखरा १७, बिरौटाको सदा शिवजी सिद्धेश्वर हरिहर मन्द...
पृथ्वीनारायण क्याम्पस (स्ववियु) निर्वाचन सम्पन्न

पृथ्वीनारायण क्याम्पस (स्ववियु) निर्वाचन सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज १० गते आइतबार भएको निर्वाचन सम्पन्न भएको छ ।धेरै बर्षको पर्खाइ पछिकरिब डेड दसक देखि स्थगित भएको चुनाव आज ८१ शालको अन्तिममा आएर बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजेसगै सम्पन्न भएको छ। पहिलाे पटक गत चैत ५ र दाेस्राे पटक चैत ६ गरेर दुई पटक स्थगित भएको निर्वाचन आज १० गते शान्त वातावरणमा सम्पन्न भएको छ। क्याम्पसमा अध्ययनरत बिध्यार्थि कुल ९ हजार २ सय ७० जना मतदाता रहेकाेमा निर्वाचन समितिका अनुसार आज भएको निर्वाचनमा भने ३१.२५% याने २ हजार ८ सय ९७ मत खसेको छ । वि.सं २०६५ सालमा भएको स्ववियु निर्वाचनपछि आजसम्म क्याम्पसमा निर्वाचन हुन सकेकाे थिएन । यतिबेला १६ वर्षपछि भएको निर्वाचनलाई भने चौतर्फी रुपले अत्यन्तै महत्त्वका साथ हेरिएको थियो। । क्याम्पसको स्ववियु अध्यक्ष बन्नका लागि ८ जनाको उम्मेदवा...
ए नेता कहिलेसम्म सत्तास्वार्थको एकता

ए नेता कहिलेसम्म सत्तास्वार्थको एकता

विचार/लेख
पटकपटक व्यवस्था परिवर्तन गरेर पनि नेपाली जनताले कहिल्यै सुखको सास फेर्न पाएनन्। व्यवस्था परिवर्तनका लागि नेपाली जनताले पटकपटक दल र नेताहरुलाइ साथ नदिएका पनि हैनन् ।फेरिपनि जनताले अपेक्षा गरे अनुसार नेताहरुले सपना बाडे अनुसार केही पनि हुन सकेन। जहिले पनि नेपाली जनता दलहरुका लागि साधन मात्रै बनेनन् राजनीतिक स्वार्थका शिकार बन्न पुगे । चाहे त्यो ४६ मा होस् चाहे दसबर्षे जनयुद ६२/६३ जनआन्दोलन होस्।नेपाली जनतानै शिकार बन्दै आए जतिपनि क्षति भएको छ नेपाल नेपाली जनताकै क्षति भएको देखिन्छ ।तर नेताहरुको क्षति हैन प्रगति नै देखिन्छ ।यसको कारणअरुकेहि नभएर जति व्यवस्था फेरिएपनि नेपाली जनताले शासक फेर्न नसकेकै कारण आज सम्म नेपाली जनताले दल र नेताहरु बाट धोका पाउदै आएको अवस्था छ।साच्चिकै भन्नू पर्दा नेपाली जनताले ४७ पछि पनि धोका पाएकै हुन् ६२/ ६३ पछि ८१ मा आइ पुग्दा पनि दल नेताहरु बाट धोका पाएकै छन्। जुन...
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ हुने

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा— पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ को आयोजना गर्ने भएको छ। महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशका नाटकहरू प्रस्तुत गरिनेछन्। वि.सं २०७५ मा पहिलो पटक आयोजना गरिएको पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, मेसेडोनिया लगायतका देशका कलाकारहरूको उपस्थिति रहेको थियो। उक्त महोत्सवले पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।यसै परम्परालाई निरन्तरता दिँदै पोखरा थिएटरले पुनः दोस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेको हो। यस महोत्सवमा पाँच देशका नाटकहरू मञ्चन हुनेछन्, जसले बहुसांस्कृतिक तथा विविध नाट्य अनुभव प्रदान गर्नेछ।फोरम थिएटर र कार्यशालाहरू मार्फत...
छैटौं सिर्जना कप भलिबल प्रतियोगिता घोषणा

छैटौं सिर्जना कप भलिबल प्रतियोगिता घोषणा

ताजा समाचार, मुख्य समाचर
पोखरा सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा छैटौं सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आगामी चैत्र २६-२८ गते पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने भएको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" नारासहित आयोजना हुने यस प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्।आयोजकका अनुसार ५० टिमको सहभागिता अपेक्षा गरिएको छ।विजेता (छात्र/छात्रा) १ लाख ७५ हजार ,उपविजेता (छात्र/छात्रा) ६०/५० हजार , तृतीय स्थान (छात्र/छात्रा) ३५/२५ हजार , सर्वोत्कृष्ट खेलाडी (छात्र/छात्रा) ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिबल पुरस्कार राखिएको संघका महासचिव चन्द्र गिरीले बताउनु भयो । प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारकर्मीहरूको सह...
निर्गुण भजन सम्राट सुवेदिको निधन

निर्गुण भजन सम्राट सुवेदिको निधन

ताजा समाचार, मुख्य समाचर
पोखरा बिहिवार / पोखरा विन्दवासिनि विकास समिति तथा धार्मिक समितिका आजिवन सदस्य निर्गुण भजन सम्राट ७३ बर्षिय शान्त मणि सुवेदिक‍ो आज चैत्र ६ गतेका दिन बिहिवार बिहान करिब १०३० बजे आकस्मिक निधन भएको छ। सुवेदी नेपाल सरकार विध्युत प्राधिकरण पुनरावेदन अदालत जिल्ला अदालतमा सेवा पश्चात् केही बर्ष पहिला अवकास लिनु भएको थियो ।बर्षौ देखि विभिन्न सामाजिक तथा धार्मिक सँघ सँस्थामा आवद्द सुवेदी बोलबम भजन समितिका सँस्थापक अध्यक्ष हुनुका साथै विन्दवासिनि भजन समुहको समेत अध्यक्ष हुनु हुन्थ्यो ।वहाँ पोखरा २ निवासी छविलाल सुवेदिका कान्छा सुपुत्र हुनु हुन्छ।वहाका दुई श्रीमति डिल कुमारी र माया सुवेदी साथै एक छोरि ज्वाइँ नातिनि छन्।वहाको जन्म २००८ असार २७ गते भएको थियो। वहाँ केही महिना यता क्यान्सर र‍ोग बाट पिडित हुनु हुन्थ्यो ।वहाको आजै पोखरा गाइघाटमा धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिएको छ। ...
पोखरा महानगरपालिका उजुरी शाखामा कार्यरत एक कर्मचारी उजुरीको नै शिकार भएका छन्

पोखरा महानगरपालिका उजुरी शाखामा कार्यरत एक कर्मचारी उजुरीको नै शिकार भएका छन्

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिकामा कार्यरत कपिल गिरी २५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो। निगरानीपछि २५ हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको छ । स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा कार्यरत थिए। बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएका उनी केही समय वडा नम्बर १७ मा पनि कार्यरत थिए। हाल अख्तियारले उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ। ...
पोखरामा पहिलो पटक “प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५” हुने

पोखरामा पहिलो पटक “प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५” हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा गण्डकी प्रदेसकै राजधानी पर्यटकिय शहर पोखरामा पहिलो पटक प्रथम नाडा प्रेजेन्टस् वाडा अटो शो २०२५ को आयोजना गरिने भएको छ।नाडा अट‍ोमोबाइल्स एश‍सिएन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अट‍ोमोबाइल्स डिलर्स एशोसियसन द्वारा पोखराको अमरसिह चौरमा चैत्र १४ गते देखि १७ सम्म अट‍ो शो २०२५ को आयोजना गरिने बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वताइएको हो। नविनतम सवारी साधनका बिभिन्न खाले मोडल आधुनिक प्रविधि तथा सेवा प्रदायकहरुको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्टस् वाडा अटो शो २०२५ मा स्थानीय साथै देसैभर बाट डिलर तथा उत्पादक विक्रेता एवं ग्राहकहरुको एकैथलोमा भएको भेलाले गण्डकी प्रदेसमा सवारी साधन सम्वन्भित सबै क्षेत्रको विकास बजारिकरण र विस्तारका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै प्रदर्शनीले विभिन्न व्यवशायिक समस्या हरुको चिनारि गर्नुका साथै समाधानका विकल्पहरु ख‍ोज्न...
पोखरा मासवारमा चितुवा देखिएपछि स्थानीय त्रसित

पोखरा मासवारमा चितुवा देखिएपछि स्थानीय त्रसित

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको वडा नम्बर ७ मासवारमा चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। मंगलबार करिब दिउँसो ३ बजे पैदल यात्रुले स्थानीय शोभा चन्द्र बरालको घरको कम्पाउन्डभित्र चितुवा देखिएको बताएका थिए। त्यसपछि स्थानीयहरूले डिभिजन वन कार्यालय, कास्कीलाई जानकारी गराए। सूचना प्राप्त लगत्तै पोखरा वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य तथा डिभिजन वन कार्यालय, कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्काल उद्धार प्रक्रिया अघि बढायो। चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिई पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरिएको छ। चितुवा देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो भने केही समय चितुवा हेर्नेको भिडसमेत लागेको थियो। डिभिजन वन कार्यालय, कास्कीको वन्यजन्तु नियन्त्रण टोलीले चितुवालाई सुरक्षित रूपमा उद्धार गरेपछि स्थिति सामान्य बनेको छ। ...