पोखरामा दशैँ टिकाको दिन च्याङ्ग्राको मासु किन्न कुपन
पोखरामा च्याङ्ग्राको मासु किन्न कुपनको प्रयोग गर्नुपर्छ भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। यसपालि दशैँको टिकाको दिन, पोखराको सिर्जनाचोकमा रहेको दाङ भ्याली फ्रेश हाउसमा च्याङ्ग्राको मासु किन्नेको भीडभाड देखिएको थियो।
दाङ भ्याली फ्रेश हाउसले ग्राहकहरूको भीडलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्दै विवादरहित व्यापार गर्नका लागि सजिलो व्यवस्थापनको प्रयास गरेको देखिन्थ्यो। यसरी ग्राहकलाई असन्तुष्टि हुन नदिन उनीहरूले कुपन प्रणाली लागू गरेका थिए।
यसपटक दशैँमा च्याङ्ग्राको मासु महँगो मात्र भएको थिएन, बरु टिकाको दिन च्याङ्ग्राको अभाव नै देखिएको थियो। धेरैले पोखरामा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा पोखराबाहिर पठाइएको कारणले मासु महँगो भएको बताइरहेका थिए। केही मानिसहरूले भने पोखराका फ्रेश हाउस सञ्चालक र खसी व्यापारीहरूले च्याङ्ग्रा ल्याउने व्यापारीहरूबाट बथानै खरिद गरेर खोरमा थन्क्याइदिएक...









