महानगर र छोरेपाटन विद्यालय तथा स्थानीयबीचको विवादले : पातले छाँगो (डेभिज फल) मा ताला बन्दी
पोखरा
बिहीबार गण्डकी प्रदेशकै पर्यटकीय राजधानी पोखराको अत्यन्तै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा-१७ पातले छाँगो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन्।
लामो समयसम्म विवादित रहेको, पर्यटकीय महत्त्व बोकेको, ठुलै आम्दानी हुने सो क्षेत्रमा महानगरपालिकाले आफ्नो स्वामित्वमा राख्ने गरी प्रवेश टिकट लगायत सम्पूर्ण आम्दानी आफैंले राख्ने उद्देश्यका साथ बिहीबारबाट महानगरका कर्मचारी उपस्थित गराएर काम कारबाही थालेपछि सोही विद्यालय व्यवस्थापन समिति सहितको उपस्थितिमा स्थानीयले ताला लगाएका हुन्।
आजै बिहीबार उनीहरूले पर्यटकहरू प्रवेश गर्ने मूल गेटमा नै तीनवटा साङ्ले ताला लगाएका छन्।
बिहीबार बिहान नगर प्रहरी र स्थानीय बीच केहीबेर झडप पनि भएको छ। विद्यालय र स्थानीयले दशकौंदेखि विद्यालयले भोगचलन गर्दै आएको त्यस क्षेत्रलाई महानगरले स्वामित्व हरण गरेर ठेक्कामा लगाउन न...









