Thursday, April 23News That Matters

Author: डाँडाघरे खबर

राष्ट्रपतिद्वारा एस्ता विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा एस्ता विधेयक प्रमाणीकरण

ताजा समाचार, मुख्य समाचर, राजनिति
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम

पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम

ताजा समाचार
पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम शाखा अध्यक्ष विकास जङ्ग कुँवरको अध्यक्षता र कास्कीका  प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको प्रमुख आतिथ्य मा २०८१ असार २९ गते शनिबार  सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.जि.अ. ले युवा हरुले देशमा नै पसिना बगाउन सके यो मुलुक साच्चिकै समृद्ध  बन्ने कुरा बताउनु भयो । शाखा अध्यक्षले आफ्नो कार्यकालमा विभिन्न ठाउँबाट सहयोग पुराउनुहुने सबैलाई सम्झदै कृतज्ञता व्यक्त गर्नु भएको थियो साथै  आफ्नो कार्यकालमा उत्कृष्ट भुमिका निर्वाह गर्नेलाई हौसला स्वरुप सम्मान गर्दै वार्सिक कार्य प्रतिवेदन पेस गर्नु भएको थियो । त्यस लगत्तै पहिलो पाइला नेपाल पोखरा शाखाका संस्थापक सल्लाहकार सन्तोष न्यौपानेको नेतृत्वमा तीन सदस्यीय  निर्वाचन मण्डल घोषण गर्दै आफनो कार्यकाल समापन भएको घोषणा गर्नुभएको थियो । सोही निर्वाचन मण्...
सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहाल

सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहाल

ताजा समाचार, मुख्य समाचर
काठमाडौँ — नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुने गरी काम गर्ने बताएका छन् । देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिबद्धता व्यक्त गरे ।सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहालमन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुने गरी काम गर्ने बताए । उनले सडकसम्बन्धी नीतिलाई क्रमशः प्राथमिकताको आधारमा अघि बढाउने समेत बताए ।मन्त्री दाहालले भने, 'समस्याहरु धेरै छन् । सडक दुर्घटनाका कुराहरु हामीले दिनानुदिन भोगिरहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने ? भन्ने विषय चुनौतीपूर्ण छ । त्यसलाई कुन ढंगले गर्न सक्छौँ ? तपाईहरुसँग छलफल गरेर समाधान ग...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ 

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ 

ताजा समाचार, मुख्य समाचर
पोखरा असार ३० गते । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ । गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए । आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मा एउटा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको उल्लेख गर्नुभएको छ । ट्रम्पले लेख्नु भएको छ, ‘‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले...

पूर्व पश्चिममा अवैध लागूऔषध सहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
मोरङको , पथरी शनिश्चरे नगरपालिका-९ जरायो टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्रराज राई, २९ वर्षीय सनम मगर र ३२ वर्षीय बिरेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँकेको , नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ७ सय ७० मिलिग्राम सहित बैजनाथ गाउँपालिका-२ बिकाशनगर बस्ने कैलाली चुरे गाउँपालिका-५ घर भएका २० वर्षीय मोहन राना मगरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरीको , धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लाग...
आइतबार ५ बजेसम्मको समय दिइएकाले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ सपथ गराइने भएको छ ।

आइतबार ५ बजेसम्मको समय दिइएकाले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ सपथ गराइने भएको छ ।

ताजा समाचार, मुख्य समाचर, राजनिति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ५ बजेसम्मको समय दिइएकाले आइतबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ सपथ गराइने भएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए । आज भन्दा ३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका थिए । ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त...
वान पर्पोज र ऋचा बजिमय मेमोरियल फाउन्डेसनको नि:शुल्क पाठेघरको मुखको तथा स्तन क्यान्सर जाँच शिविर

वान पर्पोज र ऋचा बजिमय मेमोरियल फाउन्डेसनको नि:शुल्क पाठेघरको मुखको तथा स्तन क्यान्सर जाँच शिविर

जन संदेश, ताजा समाचार
काठमाडौं, नेपाल – जुलाई ६, २०२४ – वान पर्पोजले ऋचा बजिमय मेमोरियल फाउण्डेशनसँगको सहकार्यमा बूढानीलकण्ठ माध्यमिक विद्यालय, बुढानीलकण्ठमा जुलाई ६, २०२४ मा नि:शुल्क पाठेघरको मुख तथा स्तन क्यान्सर सचेतना तथा परीक्षण शिविर सफलतापूर्वक आयोजना गरेको छ । शिविरमा राष्ट्रिय क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, नेपाल क्यान्सर सहायता समूह, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्सको सहयोग रहेको थियो । डाक्टरहरू र क्यान्सर पीडितहरूबाट बहुमूल्य परामर्श प्राप्त गर्दै शिविरबाट १३० भन्दा बढी सहभागीहरूले लाभ उठाए। सत्रहरूले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षणहरू र रोकथामका उपायहरू सहित महत्त्वपूर्ण जानकारीहरू समेटेका थिए। थप रूपमा, सहभागीहरूले दुबै क्यान्सरहरूको लागि स्क्रीनिंगहरू प्राप्त गरे। वान पर्पोजकी ...
भ्रष्टाचार भित्रै भ्रष्टाचार

भ्रष्टाचार भित्रै भ्रष्टाचार

विचार/लेख
देसमा यतिबेला जति सरकार को चर्चा चलि रहेछ त्यो भन्दापनि बढि भ्रष्टचार भित्र भइ रहेको भ्रष्टचारको चर्चा चलि रहेछ। चिया पसल देखि होटल बार रेष्टुरेन्ट कफिसप बारिका कान्ला खेत खलिहान चौर चौतारि सार्वजनिक स्थल जहातहि को बन्नेछ प्रधानमनत्रि सरकार कुन कुन पाटिले चलाउलान् भन्ने भन्दा पनि आम जनतामा भ्रष्टचार भित्र भ्रष्टचार भएको अनुमान लगाइ रहेका छन् । जहातहि भ्रष्टाचार कैे चर्चा मात्रै चलि रहेछ। नचलोस् पनि किन ? जति पनि भ्रष्टचार भएका छन् तिनमा ठुला ठुला भनिएका पाटिकै ठुला ठुला भनिएका नेता मात्रै हैन उनका परिवारजन आफन्तजन अगुवा पछुवा  हरुकै नाम जोडिएर , मुछिएर आइ रहेको अवस्था छ।चाहे प्रधानमन्त्री  मन्त्री सासद ठुला नेताहरु हेभिचेयर देखि लाइट चेयर घुम्ने कुर्चिदेखि नघुम्ने कुर्चि   सम्मका कर्मचारी  देखि लिएर अगुवा पछुवा सम्मका कोहि न कोहि कुनै न कुनै  भ्रष्टाचार मा मुछिएका...
भ्रष्टाचारको दलदलमा राजनीतिक दल

भ्रष्टाचारको दलदलमा राजनीतिक दल

विचार/लेख
हिजो इतिहास बोकेको ठूलो भनिएको उदारवादि प्रजातान्त्रिक भनिएको काङ्ग्रेस होस वा नौलो जनवादिको नीति लिएर आएको जवस मोर्चाकै बलमा धानिएको एमाले कम्युनिस्ट होस् वा दसबर्षे जनयुद्ध लडेर आएको सिङ्गो देसमै व्यवस्था परिवर्तन सहित पुरै सँघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन र शासकीय स्वरुप परिवर्तनका लागि जेठो माहिलो  भनिएका दल  एमाले काङ्ग्रेस लाइ समेत  हातमा हात साथमा साथ भन्दै अघि बढ्न बाध्य गराउने क्षमता भएको माओवादि होस्। चाहे राजतन्त्रदेसमा जतिनै व्यवस्था परिवर्तन गरेपनि र शासक फेरेपनि पटकपटक नेपाली जनताले नेपालका दल हरुलाइ अवसर दिएर हेरेपनि नेपालमा जतिनै ठुला ठुला राजनितिक दर्शनका कुरा गरेर नेताहरुले भाषण गरे पनि विपिवाद मार्कसवाद लेनिनवाद माओवाद समाजवाद पुजिवाद श्रमवादका कुरा गरि रहेपनि नेपालका नेताहरुमा देखिएको स्वार्थ लोभ लालचकै कारण नेपालका राजनीतिक  दलहरु समेत  भ्रष...
लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र वान पर्पोजले श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम आयोजना गरेको छ

लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र वान पर्पोजले श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम आयोजना गरेको छ

ताजा समाचार, मुख्य समाचर
काठमाडौं, असार १७, २०८१ – लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथले वान पर्पोजका साथ सीतापाइलाको हरिसिद्धीस्थित श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलको उद्देश्य युवा विद्यार्थीहरूलाई दिगो अभ्यासहरूको महत्त्व, विशेष गरी फोहोर व्यवस्थापनमा शिक्षित गराउने थियो। कार्यक्रमले कक्षा ४ देखि कक्षा १० सम्मका ३९० विद्यार्थीहरूलाई फोहोर घटाउने, पुन: प्रयोग गर्ने र उचित व्यवस्थापन गर्ने सिद्धान्तहरूमा केन्द्रित अन्तरक्रियात्मक सिकाइहरूमा संलग्न गराएको थियो। यी गतिविधिहरू मार्फत, विद्यार्थीहरूले आफ्नो दैनिक जीवनमा दिगो फोहोर व्यवस्थापन अभ्यासहरूको महत्त्व बुझ्न सक्षम भए। कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक, दिगोपन विषयमा क्विज थियो, जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखियो। सही जवाफ दिनेहरूले उपहारहरू प्राप्त गरे, जसबाट उनीहरू...