चर्को आवाज गरि पड्काउदै मोटरसाइकल गुडाउनेहरू प्रहरी खोरमा, पटका पडकायो वा बेचेको पाइएमा हदसम्मको कारवाही गरिने
पोखरा ,
बुधबार २९/ पोखरा, कास्की — प्रहरीले Operation 365 संचालन गरेसँगै चालकसहित दर्जनौँ मोटरसाइकल नियन्त्रणमा लिएको छ।कास्की प्रहरीले यो अपरेसन अन्तरगत ३६५ दिन नियमित चेकजाँच गर्ने अभियानको रूपमा सुरु गरेको हो।
मोटरसाइकलको स्वरूप परिवर्तन गराई ठुलो आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने र शान्ति–सुव्यवस्था खलल पार्ने गतिविधि बढिरहेको भन्ने व्यापक जनगुनासो आएपछि, सोही आधारमा २०८२।०६।२७ गते साँझदेखि जिल्ला प्रहरी कार्यालय कास्कीले "Operation 365" संचालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले अपरेसन 365 सुरु गरेसँगै जिल्ला मातहतबाट समेत एकै समयमा प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्दै हिँड्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाजमा सवारी चलाउने, शान्ति–सुव्यवस्थामा खलल पार्ने र प्रहरीसँग झै–झगडा गर्ने चालक र सवारी साधन निय...









