पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीको रूपमा सपथ
पोखरा ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले आज राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरिन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाएका थिए, र यो प्रक्रिया संविधानको धारा ६१ अनुसार सम्पन्न भएको हो।जेनजी आन्दोलनको बदलिँदो परिस्थितिलाई चिर्दै देशले पहिलो महिला प्रधानमन्त्री पाएको हो। छ महिनाभित्र निर्वाचन गर्ने गरी उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।सपथ समारोहमा उनका श्रीमान् दुर्गा सुवेदी, उपराष्ट्रपति रामप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रपति सल्लाहकार सुनिल थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विदेशी कूटनीतिक समुदायका वरिष्ठ व्यक्तित्व उपस्थित थिए।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् गठन र कार्यविभाजनको निर्णय सार्वजनिक गर्दै प्रारम्भिक रूपमा अर्थ, उद्योग, वाणिज्य ...









