पृथ्वी बस व्यवसायी कम्पनी प्रालिद्वारा फास्ट चार्जिङ मेसिन सञ्चालन
पोखरा, १२ सोमबार – पोखराको जिरो किमी फिर्के नजिकै रहेको यातायात व्यवसायीहरूको सबैभन्दा पुरानो संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले आफ्नै कार्यालय परिसरमा फास्ट चार्जिङ स्टेसनको शुभारम्भ गरेको छ।
कम्पनीद्वारा आफ्नै कार्यालयमा जडान गरिएको फास्ट चार्जिङ मेसिनको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले सोमबार शुभारम्भ गर्नु भयो।
चार्जिङ मेसिनको उद्घाटनपछि संरक्षक अधिकारीले विगतमा कम्पनीले पेट्रोल पम्प सञ्चालन गर्दै आएको भए पनि आजको प्रविधियुक्त युगमा विद्युतीय सवारी साधन भित्रिएसँगै समयानुकूल सुविधा उपलब्ध गराउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो।
उहाँले सो चार्जिङ मेसिन कम्पनीको पहिलो प्रयास भएको उल्लेख गर्दै, भविष्यमा आम व्यवसायीलाई अझ सहज हुने गरी चार्जिङ स्टेसनको सेवा विस्तार गर्न कम्पनी सफल हुनेमा आफू पूर्...









