फागुन ३ गतेपोखरा भ्रमण बर्ष २०२५ औपचारिक घोषणा हुने
पोखरा
पर्यटकिय राजधानी पोखरामा विभिन्न निकाय सँघ सँस्था को सहयोग र सहकार्यमा पोखरा भ्रमण बर्ष २०२५ अौपचारिक घोषणा समारोह फागुनमा पहिलो साता हुने भएको छ।
https://youtu.be/W7RCDioSnA4
शुक्रबार पोखराको सभागृहमा आयोजित मुल समारोहको पहिलो वैठक तथा छलफल कार्यक्रममा अगामी ३ फागुनमा विधिवत रुपमा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले वताए ।
पोखरा भ्रमण वर्ष सफल पार्न आयोजित मुल समारोह बैठकलाई सम्बोधन गर्दै प्रमुख आचार्यले आगामी ३ फागुन विहान ११ बजे नेपाल सरकारका उच्च पदस्त ब्यक्तित्ब साथै विभिन्न नियोगका कुटनितिज्ञ राजदुत साथै विभिन्न सँघ सँस्था तथा निकाय प्रमुख हरुको उपस्थितीमा पोखरा भ्रमण वर्षको शुभारम्भ गरिने बताए
भ्रमण वर्ष सफल बनाउनका लागि आफ्नै नेतृत्वमा एक हजार पचास सदस्यीय मुल समारोह समिति निर्माण गरिएको आचार्यल...









