ए नेता जोरि शत्रु नहसाउ अबता
ल है आयो गाइजात्रा ,यता गयो गाई जात्रा, उता गयो गाइजात्रा, माथि देखि तलसम्म, उतादेखि यतासम्म जताततै गाई जात्रै गाइजात्रा , सरकारमा गाइजात्रा सदनमा गाइजात्रा सडकमा गाइजात्रा ,कतै नेताहरुकै जात्रा कतै कार्यकर्ताको जात्रा ,कतै भाइजात्रा दाइजात्रा, देवरजात्रा, भाउजू जात्रा बाउजात्रा ,जताततै जात्रैजात्रा, सहयोगि चाहियो ,पिए चाहियो ,यता नियुक्ति उता नियुक्ति अघिपछि जताततै नियुक्ति आफ्नैलाइ मात्रै ,
कस्तो पढेर मात्रै नहुनि ,कित पैसा कि त पाटिकै हुनु पर्नि, युवाहरु जागिर नपाएर भौतारिएर रुनु पर्नि। स्वदेसमा बसेर के गर्नि कि त तिम्रै अघिपछि हिड्नु पर्नि, कि त बिदेस खाडि तिरै लाग्नु पर्नि,ल भने ए नेता स्वदेसमा बसेर के गर्नि,।
स्वास्थ्यमा जात्रा, शिक्षामा जात्रा, खेलकुदमा जात्रा यातायातमा जात्रा , विमानस्थलमा जात्रा ,अख्तियार अदालतमा जात्रा न्यायालयमा जात्रा ,जताततै जात्रै जात्रा , सबै मन्त्री ...



