शिक्षामा राजनीति शैक्षिक क्षेत्रकै दुर्गति
सँसारमा सबैभन्दा ठूलो महान् को हुन् भन्ने बित्तिकै जन्मदिने जन्ममाता ,जन्मदाता पिता विध्यादाता गुरु भनिन्छ।हामी सबैले यहि भन्छौ ।यसो भन्नेपनि हामि नै होउ।तर कहिलेकाही यसो भन्ने हामी हरु नै यति मूर्ख बन्छौ कि एकातिर यस्ता महान् वाणी दिन्छौ अर्कोतिर घरमा मातापिता लाई अपमान गर्छौ उता गुरुलाइ गोरुलाइ चुटे झै गरि चुट्छौ कुट्छौ। तर हामी कहिल्यै पनि यी माता पिता र गुरु भन्ने शब्द र तीन बाट आफुले पाएको जन्म जीवन र विद्या जस्तो कुराको ख्याल गर्दैनौ । बरु अरुबेला खुब सम्झिने र मातातिर्थ आमाको मुख हेर्ने अम्सिमा खुब नाटक गर्ने र आमाकै मुख हेर्ने दिन फेरि सबै कुरा बिर्सिएर गुरुलाइ चुट्न लगाउने चुट्न निर्देसन दिने र तिनै बाट शिक्षा लिएर तिनैलाइ मर्ने गरि चुट्ने पनि हामी नै होउ। वास्तवमा गुरु लाई गुरुको महत्त्व लाई बुझे शिक्ष हुन् । गुरुको महत्त्व लाई नबुझ्ने गोरु नै हुन भन्दा पनि कत्ति नपर्ला। त...




