राजनीतिका नाममा नाङ्गिदै र नङ्ग्याउदै
सम्वैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र अन्त्य सगै देसमा सँघिय लोकतान्त्रिक गणतन्त्र आयो जुन गणतन्त्र आएपछि कसैले जनता द्वारा जनताले जनताकै लागि जनताकै छोरालाई शासक बनाउनका लागि हजारौं नेपाली जनताले सहिद वेपत्ता घाइते भएर ल्याइएको व्यवस्था हो भनेर त कसैले हैन जनताको नासो जनतालाइ नै भनेर पुर्व राजा ज्ञानेन्द्रले सजिलै दलहरुका हातमा शासन सत्ता थमाएका हुन् भनेर व्याख्या गर्न थाले।
फेरिपनि आम नेपाली जनतामा एउटा उत्साह पैदा भयो अब देसमा शुशासन शान्ति अमन चयन कायम हुने भो जनताका मौलिक हक अधिकार सुनिस्चित हुने भए भन्नेमा आम नेपालि जनता ढुक्क भए । अब दस बर्षे जनयुद्द गरेर आएको माओवादि र डेड दसक शासन सत्ता चलाएका काङग्रेस र एमाले साथै सघर्षरत मधेसवादि दल लगायतका सबैदल हरु एक ठाउमा उभिएर जनतासग माफि माग्दै लोकतान्त्रिक पद्धति विपरित कुनैपनि...








