पोखराका सडक खाल्डाखुल्डी रहित हुने सङ्केत
पोखराका विभिन्न ठाउमा भित्री बाहिरि सडकमा अनगिन्ती खाल्डाखुल्डी परेकै कार आम नगरवासिले सामाजिक सञ्जाल तथा विभिन्न माध्यम बाट चौतर्फि विरोध सहित गुनासो गर्न थाले पछि सडक डिभिजन कार्यालय पोखराले पिच सडक टालटुल गरि कालोपत्रे (प्याच अप ) गर्न मोबाइल इक्युपमेन्ट भेहिकल प्रयोगमा ल्याएको छ । रोड मेन्टिनेन्स भेहिकल (RMV ) नामको उक्त भेहिकल जापान बाट झिकाइएको पोखरा डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर नवराज बास्तोलाले बताउनु भएको छ।
करिब ५ करोड रुपैयाँ पर्ने उक्त गाडीमा सडक पिच गर्न आवश्यक पर्ने सबै सामग्री जडान गरिएको हुन्छ । बाटोको फोहोर सफा गर्ने भ्याकुम पाइप , बिटुमिन स्प्रेअर , गिटि मिक्स्चर सबै उक्त गाडिमा जडित रहेको प्रमुख वास्तोलाले बताउनु भएको छ ।
पिच गर्न आवश्यक पर्ने कच्चा पदार्थ गिटि रोडा समेत सोही गाडिमा हुने भएकोले खाल्डा खुल्डी परेका सडक टाल्न ठाउँ ठाउँमा आगो बाल...








