अर्घौ बजार ब्यवस्थापन समितिको अधिवेशन सम्पन्न
पोखरा महानगरपालिका वडा नं २६/२७मा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिको अधिवेशन शनिवार सम्पन्न भएको छ। १३ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि बेल प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
वर्तमान उपाध्यक्ष समेत रहेका सापकोटा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा धनश्याम ढुगाना,सचिवमा विरेन्द्रराज भुर्तेल,कोषाध्यक्षमा विष्णु प्रसाद लामिछाने,सह सचिवमा कल्पना रानाभाट र सदस्यहरुमा विष्णु वहादुर सुनार,सम्झना लामिछाने,दिपा पौडेल,सुर्यप्रकाश ढुगाना(एस.पी),प्रकाश देवकोटा,सविता वराल,कुल प्रसाद पंगेनी र पबित्रा तिवारी रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ब्यवसायिहरु संगठित भएर अर्घौचोकलाई ब्यापारिक केन्द्र विन्दुको रुपमा व...









