पोखरामा बोलबम जलयात्राको भब्य तयारी १०८ धारा स्नान, जलघडा सहित ८ किमि पैदल यात्रा साथै १०८ शिवलिङ्गमा जलार्पण गरिने
पोखरा
हिन्दु सनातन धर्मावलम्बी हरुको पोखरामा विगत २४ बर्ष देखि गरिदै आएको श्रावण महिनाको हरेक सोमवार गरिने बोलबमको तयारि तिव्र बनाइएको छ।पोखरा ६ बैदाम केदारेश्वर मन्दिरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत यो बर्षपनि अघिल्ला बर्षभन्दा पनि थप सुधार र परिवर्तन सहित आफ्नो तयारी अन्तिम चरणमा पुगेको केदारेश्वर महादेव मणि सेवाश्रम समितिले जानकारी गराएको छ।यस बर्षको श्रावण महिनामा भने चार सोमबार परेको र जसमा ५ गते १२ गते १९ गते २६ गते परेको छ। पोखरा १ वगर शुक्लागण्डकि गाइघाट पुगेर १०८ धारामा स्नान गरि सेती नदिको जल भरिएका घडासहित भजन किर्तन बाजागाजा झाकि सहित ८ किलोमिटर दुरि पैदल यात्रा सहित केदारेश्वर मन्दिरमा पुगि जल अर्पण गरिने बोलबम सयोजक शँकर खरालले वताए।
बोलबमको नाराले शान्ति पाउन् साराले भन्ने मुलमन्त्रका साथ सञ्चालित बोलबम जलार्पण यात्राको सोही क्रममा भक्तजन हरुलाइ ध...









