Tuesday, August 25News That Matters

विचार/लेख

भारत–चीन व्यापारिक नाका र नेपालको कूटनीतिक चुनौती

भारत–चीन व्यापारिक नाका र नेपालको कूटनीतिक चुनौती

विचार/लेख
नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता नेपालको अस्तित्वको मेरुदण्ड हो। तर पछिल्ला वर्षहरूमा लिपुलेक क्षेत्रलाई लिएर भारत र चीनबीच भएका व्यापारिक समझदारीहरूले नेपाललाई गम्भीर राष्ट्रिय प्रश्नको सामना गर्न बाध्य पारेको छ। लिपुलेक नेपालको भूभागमा पर्छ भन्ने कुरा ऐतिहासिक अभिलेख, नक्सा र सन्धि–सम्झौताले स्पष्ट देखाउँछन्। तर पनि नेपालको अनुमति बिना भारत र चीनले उक्त क्षेत्रमा व्यापारिक नाका सञ्चालन गर्ने सम्झौता गर्नुले नेपालको अधिकारमाथि ठाडो चुनौती खडा गरेको छ।लिपुलेक विवाद र नेपालको सिमाना प्रश्नसन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी नेपालको पश्चिमी सीमा हो। सो सन्धि अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालभित्र पर्छन्। तर 1962 पछि भारतले सो भूभागमा आफ्नो सुरक्षाबल तैनाथ गर्‍यो र व्यावहारिक रूपमा नियन्त्रण गर्न थाल्यो। पछिल्लो समय भारतले 2015 मा चीनसँग सम्झौता गरेर लिपुलेक...
देश बनाउने एक आधार : शिक्षा

देश बनाउने एक आधार : शिक्षा

विचार/लेख
शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो। देशलाई समुन्नत, सभ्य र सक्षम बनाउन शिक्षाको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुन्छ। तर पछिल्ला दिनमा शिक्षा क्षेत्र नीतिगत अस्पष्टता, स्वार्थी विचौलियाको दबाब र आन्दोलनले ग्रस्त भएको देखिन्छ।शिक्षा ऐन ल्याउने सरकारी प्रयासलाई शिक्षक संघ–संस्था र निजि बोर्डिङ्ग स्कूल सञ्चालकहरूले खुलेर विरोध गरिरहेका छन्। सरकारी शिक्षकहरूले आफ्नो हित र अधिकार कटौती हुने भन्दै आन्दोलनमा उत्रिएका छन् भने बोर्डिङ्ग सञ्चालकहरूले व्यवसायिक अस्तित्वमा संकट देख्दै विरोध जनाइरहेका छन्। परिणामस्वरूप विद्यार्थी र अभिभावक सीधै असरमा परिरहेका छन्।यसबिच संसद सदस्यहरूलाई धम्की, दबाब र सुरक्षा चुनौती आउने अवस्था देखिनु झन् चिन्ताजनक छ। यसले स्पष्ट गर्छ कि शिक्षा क्षेत्रमा नीतिनिर्मातामाथि विचौलियाको प्रत्यक्ष प्रभाव रहेको छ। शिक्षा क्षेत्र राजनीतिक प्रभाव, निजी स्वार्थ र दवाव समूहको हात...
ए नेता जोरि शत्रु नहसाउ अबता

ए नेता जोरि शत्रु नहसाउ अबता

विचार/लेख
ल है आयो गाइजात्रा ,यता गयो गाई जात्रा, उता गयो गाइजात्रा, माथि देखि तलसम्म, उतादेखि यतासम्म जताततै गाई जात्रै गाइजात्रा , सरकारमा गाइजात्रा सदनमा गाइजात्रा सडकमा गाइजात्रा ,कतै नेताहरुकै जात्रा कतै कार्यकर्ताको जात्रा ,कतै भाइजात्रा दाइजात्रा, देवरजात्रा, भाउजू जात्रा बाउजात्रा ,जताततै जात्रैजात्रा, सहयोगि चाहियो ,पिए चाहियो ,यता नियुक्ति उता नियुक्ति अघिपछि जताततै नियुक्ति आफ्नैलाइ मात्रै , कस्तो पढेर मात्रै नहुनि ,कित पैसा कि त पाटिकै हुनु पर्नि, युवाहरु जागिर नपाएर भौतारिएर रुनु पर्नि। स्वदेसमा बसेर के गर्नि कि त तिम्रै अघिपछि हिड्नु पर्नि, कि त बिदेस खाडि तिरै लाग्नु पर्नि,ल भने ए नेता स्वदेसमा बसेर के गर्नि,। स्वास्थ्यमा जात्रा, शिक्षामा जात्रा, खेलकुदमा जात्रा यातायातमा जात्रा , विमानस्थलमा जात्रा ,अख्तियार अदालतमा जात्रा न्यायालयमा जात्रा ,जताततै जात्रै जात्रा , सबै मन्त्री ...
सलामि मात्रै नखाउ मलामि बनाउ

सलामि मात्रै नखाउ मलामि बनाउ

विचार/लेख
गाइजात्रा बिशेषाङ्क ब्यङ्गवाण। राजतन्त्र गयो गणतन्त्र आयो ,भन्नै पर्छ प्रस्न गर्नै पर्छ। सहिद घाइते वेपत्ता परिवार सर्वहारा सर्वसाधारण नेपाली जनताले के पायो ।राजतन्त्र भित्ता लायौ ,गणतन्त्रका नाममा भ्रष्ट दलाल माफियाले सत्ता पायौ। खानुसम्म खायौं ,युवा जतिलाइ बिदेस पठायौ, उध्योग कलकारखाना बेचि खायौ, जनतालाई झुक्कयाउनु सम्म झुक्क्यायौ, गणतन्त्रका नाममा  जनतालाइ सपना बाड्यौ, पाटिको नीति सिद्धान्त छाड्यौ ,जनताले के पाए, जे पाउने नेताले पायौ, नेता मन्त्री कर्मचारी मिलेर घुस कमिसन खायौ, जनताले दुख सास्ती पाए।। पालैपालो सत्तामा गयौं ,सरकार चलायौ जनताको मनमा आगो जलायौ । कहिले भाले काङ्ग्रेस बन्यौ, कहिले कम्युनिस्ट बन्यौ भाले,तिम्लाइ हजुरबाले मात्रै कहाँ हो र ,भोट हाले बाले ,आज आएर तिमी सत्तामा पुगेर नि ,हजुरबा बा मात्रै कहाँ हो र, छोरा नाति समेत कोहि बिदेसा त कोहि स्वदेसमै अलपत्र पर्न थाले ,...
भ्रष्ट ,वेथिति र अस्थिरताको राजनीति

भ्रष्ट ,वेथिति र अस्थिरताको राजनीति

विचार/लेख
देसमा जति दल हरुले जन्म लिदै गए । सबै दल देस र जनता भन्दापनि सत्ता स्वार्थमा केन्द्रित राजनीतिमा अलमलिदै गए। देसमा पुराना ठुला भनिएका दलहरु झन् दिनप्रतिदिन भ्रष्ट वेथिति र अस्थिरताको राजनीतिका शिकार बन्दै गए। पछिल्लो समयमा जति दलहरुको उदय भयो ती दलहरु समेत भ्रष्टाचार र विवादै विवादको घेरामा पर्दै गए। जसले गर्दा देसैभर भएका दलहरुलाइ देस र जनताको भन्दा पनि आफ्नै फुस्किदै गएको लगुटि समहाल्न पनि धौ धौ हुँदै गयो । नेपाली जनताको वेहाल भो देस दिनप्रतिदिन आर्थिक ओरालो लाग्न थाल्यो उत्पादनमा ह्रास आउन थाल्यो । उध्योग धन्दा कल कारखाना शून्य अवस्थामा पुग्न थाले । स्वास्थ्य शिक्षा मात्रै हैन राजनीति समेत अब्बल व्यवसाय व्यापार बन्न थाल्यो । देस विकास गर्ने नाममा खोला नाला पहाड पखेरु प्राकृतिक सम्पदा ठेक्का पट्टामा दिने सेटिङको व्यापार हुन थाल्यो । दिनप्रतिदिन युवाशक्ति विदेस पलायन हुन बाध्य भएर ...
सत्ता राजनीतिमा देखिएको अराजकता

सत्ता राजनीतिमा देखिएको अराजकता

राजनिति, विचार/लेख
देसमा जब सँघिय लोकतान्त्रिक गणतन्त्र आयो तब नेपालि जनता रैति बाट प्रजा हुँदै सार्वभौम सत्ता सम्पन्न राष्ट्रको नागरिक हुन पाएकोमा अत्यन्तै खुसि थिए।तर नेपालका दसकौ इतिहास बोकेका राजनितिक दल र खुब सत्ता शासन र विधिको शासनको अनुभव भएका नेताहरुको अकर्मण्यताकै कारण आज आएर नेपाली जनता यति दुखि छन् कि यति पिडित छन् कि यसको अनुुमान लगाउन पनि सकिने अवस्था छैन।  नेपाली जनताको मनमा  कति असन्तुष्टि छ भन्ने कुरा सुन्न र हेर्न चोक बजारमा जानै नपर्ने भैसकेको छ।सामाजिक सञ्जालमा देखिएका पोष्ट र ती बोल्न पनि नमिल्ने सुन्न पनि नसकिने  खालका हजारौं कमेन्ट नै पर्याप्त छन्। किन भने नेपालमा लोकतन्त्र आएपछि हिजोको राजतन्त्रको अवस्था भन्दा पनि देसमा भ्रष्टाचार र अराजकता बढ्दै गयो।हिजो लाइनमा लागेर भोट हालेका जनताकै अगाडि कुनै लाज सर्म नमानि  भ्रष्टाचार गर्ने नेताहरु झन् सान सँग अगुवा पछुवा ...
सच्चा मार्गदर्शक महान् नेता (श्यामदाइ)

सच्चा मार्गदर्शक महान् नेता (श्यामदाइ)

विचार/लेख
नेपालको कम्युनिस्ट इतिहासलाई फर्किएर हेर्दा २००६ शाल देखी स्थापित भएको कम्युनिस्ट पाटि आज सम्म आइपुग्दा यति फैलिएर गयो कि  धन्न धन्न कम्युनिस्टकै एकल सरकार समेत बन्यो। यतिबेला पनि काङ्ग्रेस सँग सहकार्य गर्दै बनेको कम्युनिस्ट सरकारले नै देस चलाएको छ। यहाँ सम्म कि सत्तापक्ष पनि कम्युनिस्ट प्रतिपक्ष पनि कम्युनिस्ट हुदा पनि देसले र वास्तविक विपन्न गरिव दुखि सुकुम्बासी सर्वहारावर्गले र कम्युनिस्ट पाटिप्रति विश्वाास र आस्था राख्ने आम नेपाली जनताले लोकतन्त्रको अनुभुती गर्न पाएका छैनन् ।कम्युनिस्ट का नाममा र वहानामा नेपाली जनतालाइ झुक्याएर बर्षौदेखि सत्ता राज गरेर आलिसान महलमा बस्ने कम्युनिस्ट हरुकै कारण आज पनि निष्ठावान् असल इमानदार वास्तविक कम्युनिस्ट नेताहरु ओझेलमा परिरहेका छन्।  यहासम्म कि, असल कम्युनिस्ट खोज्न कोदोमा तोरि खोजे जस्तो हुन थालेको छ । कम्युनिस्ट पाटिमा नाममा कतै टाउ...
कस्तो राजनीति सिङ न पुच्छर

कस्तो राजनीति सिङ न पुच्छर

विचार/लेख
हुन ता नीति मध्येको सबैभन्दा महत्त्वपूर्ण निति भनेकै राजनीति हो भनिन्छ । चाहे त्यो सानो सँस्था होस्, चाहे पाटि होस्, चाहे राष्ट्रनै किन नहोस् ,त्यसभित्र रहेर स्वँय त्यसभित्र बाधिएर  विधिको परिधि भित्र रहेर  त्यसलाई विधि, प्रकृया, नियम ,कानुन ,नियमावलि , आचरण, सहितको सवैधािन शुशासनयुक्त राज्य सँचालनका लागि बनाइने नीति लाई राजनीति भनिन्छ  र यसरी व्यवस्थित नीति ऐन कानुन निर्माता तथा सँचालकलाइ राजनितिज्ञ भनिन्छ । राजनितिज्ञले यस्तै गरि गर्ने  राजनितीले सिङ्गो देस मात्रै हैन विश्व व्यवस्थित भएर चल्न सक्छ। यदि यहि राजनीति गर्नेले राज्य सँचालन नीतिमा अलिकति पनि गडबड गर्ने हो भने, उहीँ गैल भैस पानिमे भनेजस्तै हुन सक्छ, देस डुब्न सक्छ देस हाक्ने डुब्न सक्छ । डुङ्गा पल्टिएपछि डुङ्गामा यात्रा गर्ने हरुले मात्रै हैन  खियाउनेले पनि पानी खान्छ।भन्नेकुरा विशेष गरेर असल राज...
सँसदिय भाडभैलो जो भ्रष्ट उहीँ पहिलो

सँसदिय भाडभैलो जो भ्रष्ट उहीँ पहिलो

विचार/लेख
देसमा लोकतन्त्र आएको यतिका बर्ष हुदा अझै पनि नेपाली जनताले लोकतन्त्र ता आयो खै कहाँ कहाँ आयो भन्नू पर्ने अवस्था फेेरि पनि आएको छ।विगतका परिणामले मात्रै ह‌ैन वर्तमानमा सँसदमा राजजिनामाको माग सहित विरोध सगै माननीय ज्यु हरुका गलागाड जस्ता प्रस्न र तर्कहरु सहितका अभिव्यक्ति सँगै आर्थिक बजेट प्रस्तुत र सँसदिय परिणामले समेत आम नेपाली जनताले यस्ता प्रस्न गर्नु पर्नेअवस्था सृजना गरेको छ। सँसदमा भएको बजेट र विकासका बिषयका कुरा त नाम र वहाना मात्रै हुन्। पछिल्लो समय त झन् सँसद त कसले कसलाई सकाउने भित्तामा पुर्याउने कसले कसलाई हिलो छ्याप्ने भन्ने खालका वहस गर्ने अभिव्यक्ति दिने एकले अर्को लाई हिलो छ्याप्ने चोखिने वा चोखिने हिले थलो बनेको छ। यतिका बर्ष सँसदमा जीवन व्यतीत गरेर पनि सँसद र साँसद भनेको के हो सँसदको गरिमा भनेको के हो नबुझ्ने नेताहरूको थलो बनेको छ। सायद बर्षभरिमा देस विकास र जनताको भबिष्य ...
नेताहरु माथि उठेको नैतिकताको प्रस्न

नेताहरु माथि उठेको नैतिकताको प्रस्न

विचार/लेख
देसमा लोकतान्त्रिक गणतन्त्र आएको पनि यतिका बर्ष भयो। बर्षौदेखि दल र नेताहरुले बिभिन्न मौसमिवाद लिएर आउदै गरे । जनताका लागि  जतिपनि वाद आएपनि जनताका लागि जुनवाद आएपनि जुन वाद ल्याएपनि जनपक्षियवाद आउन सकेन।पछिल्ला केही बर्ष यता दल र नेताहरुले समाजवादको नारा लाई अगाडि सार्दै आइरहेका छन्। तर यहि समाजवाद भित्र नेताहरु माथिनै चौतर्फी नैतिकताको प्रस्न उठ्न थालेका छन्। चाहे सत्तसिन सत्तापक्ष  पाटिमा रहेका नेताहरु माथि होस्।चाहे प्रतिपक्षि पाटिका नेताहरुमा होस्, सबैमा कुनै न कुनै रुपले नैतिकताको प्रस्नहरु उठि रहेका छन्। फेरिपनि कुनैपनि दलका नेताहरुले नेपाली जनतालाइ नैतिकताको प्रस्नको जवाफ दिन तयार छैनन्। पछिल्लो समयमा त कुनैपनि दल र नेताहरुले आफू माथि उठेको नैतिकताको प्रस्नको जवाफ दिनु नेपाली जनताला दिनुपर्छ भन्ने ठानि रहेका छैनन्। आफैमाथि उठेको नैतिकताको प्रस्नको जवाफ दिन नसक्ने भएपछ...